02/10/2026
🇳🇵आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू,
म्युनिख तथा वरपर रहनुभएका नेपाली संघ–संस्था एवं
NFT Munich लाई माया गर्ने सम्पूर्ण महानुभावहरू,
गत 26 अगस्ट 2026 मा नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोले पुर्याएको घाउ अझै निको भएको छैन। धेरैले आफ्नो घर, परिवार तथा आफन्त गुमाएका छन् भने महत्वपूर्ण पूर्वाधारमा ठूलो क्षति पुगेको छ। यस विपत्तिले दिएको पीडा सायद कहिल्यै पूर्ण रूपमा मेटिने छैन। हामी सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्दै आएका छौँ। तर आर्थिक सहयोगभन्दा पर पनि एकता, साथ र ऐक्यबद्धताको आफ्नै विशेष अर्थ हुन्छ। दुःखमा साथ दिनु, आफ्नो आवाज उठाउनु र आफूले सक्ने माध्यमबाट नेपालप्रतिको माया तथा ऐक्यबद्धता व्यक्त गर्नु आफैँमा महत्वपूर्ण सहयोग हो।
यही भावनाका साथ जर्मनीस्थित SV Mammendorf Football Club ले आगामी 25 अक्टोबर 2026 मा „Fußballtag für Nepal“आयोजना गर्दै नेपालप्रति ऐक्यबद्धता जनाउँदैछ। नेपालसँग जोडिएको यस मानवीय प्रयासका लागि SV Mammendorf परिवारप्रति NFT Munich को तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौँ। ❤️
⚽️ यस कार्यक्रममा NFT-Munich ले नेपाललाई प्रतिनिधित्व गर्दै Charity Football Match खेल्नेछ।
कार्यक्रममा फुटबलसँगै नेपाली विशेष परिकार तथा विभिन्न खेल-गतिविधिहरू रहनेछन्। यहाँ Spendenbox राखिनेछ। कार्यक्रमबाट संकलित सम्पूर्ण सहयोग रकम नेपाल सरकारको Prime Minister's Disaster Relief Fund मा पठाईनेछ।
यो केवल एउटा Charity कार्यक्रम मात्र नभई, यो नेपालप्रतिको हाम्रो माया, ऐक्यबद्धता र समुदायबीचको एकता देखाउने अवसर पनि हो। साथै, जलवायु परिवर्तनका कारण भविष्यमा हुन सक्ने प्राकृतिक विपत्तिबारे सचेतना फैलाउने एउटा माध्यम पनि हो।
🙏 त्यसैले हामी सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा नेपाललाई माया गर्ने सम्पूर्ण महानुभावहरूलाई परिवार, साथीभाइ तथा बालबालिकासहित उपस्थित भई नेपालप्रतिको आफ्नो ऐक्यबद्धता देखाउन हार्दिक अनुरोध गर्दछौँ।
————————————————————————————
🇬🇧 SV Mammendorf is organising a Charity Football Day to support people in Nepal affected by the recent devastating floods and landslides.
NFT Munich would like to sincerely thank SV Mammendorf and the entire club family for this valuable initiative. Together with NFT Munich, we want to stand in solidarity with Nepal and support those affected.
⚽ NFT Munich will represent Nepal in a Charity Football Match.
We warmly invite the Nepali community, friends, families and everyone to join us and show their solidarity.
All charity collected will go to the Prime Minister's Disaster Relief Fund of the Government of Nepal.
————————————————————————————
🇩🇪 Der SV Mammendorf veranstaltet einen Charity-Fußballtag, um die von den schweren Überschwemmungen und Erdrutschen in Nepal betroffenen Menschen zu unterstützen.
NFT Munich bedankt sich herzlich beim SV Mammendorf - Fußball und der gesamten Vereinsfamilie für diese wertvolle Initiative. Gemeinsam mit NFT Munich möchten wir ein Zeichen der Solidarität für Nepal setzen.
⚽ NFT Munich wird Nepal bei einem Charity-Fußballspiel vertreten.
Wir laden die nepalesische Gemeinschaft, Familien, Freunde und alle herzlich ein, dabei zu sein.
Der gesamte Spendenbetrag geht an den Prime Minister's Disaster Relief Fund der nepalesischen Regierung.
————————————————————————————
📍 𝐏𝐑𝐎𝐆𝐑𝐀𝐌 𝐈𝐍𝐅𝐎𝐑𝐌𝐀𝐓𝐈𝐎𝐍
📅 𝐃𝐚𝐭𝐞: 𝐒𝐮𝐧𝐝𝐚𝐲, 𝟐𝟓 𝐎𝐜𝐭𝐨𝐛𝐞𝐫 𝟐𝟎𝟐𝟔
📍 𝐕𝐞𝐧𝐮𝐞: 𝐒𝐩𝐨𝐫𝐭𝐩𝐥𝐚𝐭𝐳 𝐚𝐦 𝐉𝐚𝐡𝐧𝐰𝐞𝐠, 𝐉𝐚𝐡𝐧𝐰𝐞𝐠 𝟗, 𝟖𝟐𝟐𝟗𝟏 𝐌𝐚𝐦𝐦𝐞𝐧𝐝𝐨𝐫𝐟
⏰ 𝐒𝐭𝐚𝐫𝐭: 𝟏𝟎:𝟎𝟎 𝐀𝐌
⚽ 𝟏𝟐:𝟎𝟎 𝐏𝐌: 𝐒𝐕 𝐌𝐚𝐦𝐦𝐞𝐧𝐝𝐨𝐫𝐟 (𝐀𝐇) 🆚 𝐍𝐅𝐓 𝐌𝐮𝐧𝐢𝐜𝐡
🎟️ 𝐄𝐧𝐭𝐫𝐲 𝐟𝐞𝐞 𝐟𝐫𝐨𝐦 𝟏:𝟒𝟓 𝐏𝐌: €𝟑
————————————————————————————
Together for Nepal!
Gemeinsam für Nepal!
𝐍𝐅𝐓 𝐌𝐮𝐧𝐢𝐜𝐡 𝐞.𝐕.