04/17/2026
Good morning to all,
बिगतलाई सम्झेर हेर्दा : यस बन्दिपुर खेल मैदानमा बिगत देखि नै धेरै फूटबल खेलहरु हुँदै आएको हामी सबैलाइ अबगत नै छ र ती सबै खेलहरुलाइ पूरा गर्न आफ्नो अतुलनिय सहयोग दिनुहुने सम्पुर्ण सहयोगी हातहरुलाई धेरै धेरै धन्यवाद ।।।
उपलब्धी : बिगतदेखि नै कातिकेय कुमार मेला को अवसर पारेर बन्दिपुर खेल मैदान मा फूटबल खेल हुने गरेको र २०७५ साल देखि स्थानिय सरकार को मातहतमा गोल्डकप को सुरुवात भएको हामिलाइ दुरुस्त जानकारी छ। २०७५ र २०७६ मा मेयर कप,२०७७ मा उपमेयर कप,२०७८ मा जनता कप(जनताहरुको सहयोग मा सन्चालित) र २०७९,२०८०,२०८१ र २०८२ मा कार्तिकेय कुमार गोल्डकप सप्पन्न भइसकेको छ र जुन गोल्डकपहरु हेर्न हजारौ सङ्ख्यामा दर्शकहरुको उपस्थित हुने गरेको पाइएको छ।
अबस्था : कुनैपनि कार्यक्रमलाई सार्थक बनाउने मेरुदण्ड भनेको सो कार्यक्रमको स्थान हो जुन समयअनुसार र माग अनुसार बिकशित हुनु जरुरी छ। फूटबल खेलहरु हुदा सबभन्दा महत्वपुर्ण भनेको खेल मैदान हो र आजको मिति सम्म्म बन्दिपुर खेल मैदान ले बिकशित हुने मेलो शब्दमा मात्र पाएको हो कि भन्ने अनुभूति भएको छ। बिकशित भन्नाले हामिलाइ ठुलो स्टेडिएम नै चाहिएको होइन,हामिलाइ खेल मैदान को खराब अबस्थालाई हेर्न लायक बनाउने बिकल्प चाहिएको हो।
सन्देश: अब यदि पाचौं कार्तिकेय कुमार गोल्डकप हुन्छ भने त्यो भन्दा पहिले खेल मैदान को स्तरउन्नोतीको कार्यहोस र सो कार्य सम्पन्न गर्न चाहिने सहयोगमा हामी सदैब तैयार छौ।।।