Bhutan Khabar

Bhutan Khabar Bringing the World Closer to Your Community Through Trusted News. Connecting you to the world.

संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालका बाढीपीडितलाई सहयोग गर्न ८१ टन राहत सामग्री पठाएको छ। 🙏🇦🇪❤️🇳🇵
09/09/2026

संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालका बाढीपीडितलाई सहयोग गर्न ८१ टन राहत सामग्री पठाएको छ। 🙏🇦🇪❤️🇳🇵

एक वर्षअघि आजकै दिन: जनताको आक्रोश सडकमा उर्लिएको थियो, सत्ता हातबाट फुस्किँदै थियो—अनि पूर्वप्रधानमन्त्री केपी ओली हेलि...
09/09/2026

एक वर्षअघि आजकै दिन: जनताको आक्रोश सडकमा उर्लिएको थियो, सत्ता हातबाट फुस्किँदै थियो—अनि पूर्वप्रधानमन्त्री केपी ओली हेलिकप्टर चढेर भागेका थिए।

सत्तामा हुँदा जनताको आवाज नसुन्नेहरूलाई कहिलेकाहीँ जनताको आक्रोशले आकाशको बाटो रोज्न बाध्य बनाउँछकुर्सीमा बस्दा शक्ति आफ्नै हो जस्तो लाग्न सक्छ,
तर कुर्सीभन्दा ठूलो जनता हो, सत्ता भन्दा ठूलो जनमत हो।

त्यो दिन हेलिकप्टर उडेको मात्र थिएन—अहंकारको एउटा अध्याय पनि उडेको थियो। समयले सबैको हिसाब राख्छ।
सत्ता फेरिन्छ, कुर्सी फेरिन्छ, तर इतिहासले गरेको फैसला फेरिँदैन !🙏

09/09/2026

TU को लापरबाही: BBS 3rd Year result maa Finance subject maa 48 aayera retotaling garda ek jana students ko 83 aayeko chha. 🙄

भदौ २४ को विध्वंसमा संलग्नलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु : महेश बस्नेतनेकपा एमालेका सचिव महेश बस्नेतले गत वर्ष भदौ ...
09/09/2026

भदौ २४ को विध्वंसमा संलग्नलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु : महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले गत वर्ष भदौ २४ गते भएको आगजनी तथा विध्वंसका घटनामा संलग्नलाई कानुनी कारबाही नभएसम्म आफूले आवाज उठाइरहने बताएका छन्।

घटनाको एक वर्ष पूरा भएको अवसरमा सामाजिक सञ्जालमार्फत आफ्नो घरमा लुटपाट तथा आगजनी भइरहेको भिडियो सार्वजनिक गर्दै बस्नेतले पीडितले अझै न्याय र क्षतिपूर्ति नपाएको बताएका हुन्।

उनले गत वर्ष भदौ २४ गते सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतलगायत राज्यका संरचनामा आगजनी भएको तथा सरकारी कार्यालय, निजी उद्योग–व्यवसाय र ४ सयभन्दा बढी नागरिकका घर–सम्पत्तिमा क्षति पुगेको उल्लेख गरेका छन्।

बस्नेतले लेखेका छन्, ‘गत वर्ष आजकै दिन सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतलगायत राज्यका संरचना जलाइए। सरकारी कार्यालय, निजी उद्योग व्यवसाय र मेरो लगायत ४ सयभन्दा बढी नागरिकका घर–सम्पत्ति खरानी बनाइए।’

एक वर्ष बितिसक्दा पनि पीडितले न्याय र क्षतिपूर्ति नपाएको तथा घटनामा संलग्नमाथि कारबाही हुन नसकेको उनको भनाइ छ।

उनले भनेका छन्, ‘एक वर्ष बित्यो। पीडितले न्याय पाएनन्, क्षतिपूर्ति पाएनन्। अपराधीमाथि कारबाही भएन। यो घटनाका दोषीलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु।’

जेनजी आ'न्दोलन कुनै दल विशेष थिएन, तत्कालीन सरकारको दमनको परिणाम थियोः सांसद केसीनेपाली कांग्रेसका सांसद अर्जुननरसिंह के...
09/09/2026

जेनजी आ'न्दोलन कुनै दल विशेष थिएन, तत्कालीन सरकारको दमनको परिणाम थियोः सांसद केसी

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गत भदौ २३–२४ गतेको जेनजी आ'न्दोलन जनतामा चुलिएको च'रम निराशा, असन्तुष्टिप्रति भएको बताएका छन्।प्रतिनिधि सभाको बैठकमा बोल्दै तत्कालीन सरकारको दमनको कारणले घट'ना भएको उनको भनाइ छ। उनले भने, ‘यो आ'न्दोलन कुनै दल विशेषको पक्ष या विपक्ष भन्दा पनि सरकार परिवर्तनको लागि मात्र होइन। परिवर्तन संस्कार परिवर्तनको निम्ति थियो, सरकारको शैली परिवर्तनको निम्ति थियो, सुशासनको निम्ति थियो, विधिहीनता र दण्डहीनताको अ'न्त्यको निम्ति थियो। आ'न्दोलनको मर्मअनुसार चल्न सकेको छौँ कि छैन त्यतातिर ग'म्भीर हुनुपर्ने आवश्यकता छ।’ठुलो जनविश्वास र आशा बोकेको सरकार सफल हुनुपर्ने बताए।

सर्पाङको समतेनलिङ गेवोगस्थित समतेनथाङमा रहेको रिजर्भ्वायर (पानीको ट्याङ्की) मा हिजो एउटा हात्तीको छावा खसेपछि सर्पाङ डिभ...
09/09/2026

सर्पाङको समतेनलिङ गेवोगस्थित समतेनथाङमा रहेको रिजर्भ्वायर (पानीको ट्याङ्की) मा हिजो एउटा हात्तीको छावा खसेपछि सर्पाङ डिभिजनल वन कार्यालयले भविष्यमा यस्ता घटना दोहोरिन नदिन उक्त रिजर्भ्वायर पूरीदिएको छ। रिग्सार बज्र कम्पनीको मेसिनरी सहयोगमा उक्त रिजर्भ्वायर सफलतापूर्वक पुरिएको हो।
वर्षाको पानीले भरिएको रिजर्भ्वायरमा खसेपछि छावा आफैँ बाहिर निस्कन सकेको थिएन। हिजो बेलुकी करिब ७ बजे भएको उक्त घटनापछि आमा हात्ती नजिकै बसेर लगातार कराउन थालेकी थिइन्। छावालाई बचाउने प्रयास गर्दा आमा हात्ती सामान्य घाइते समेत भएकी थिइन्।
घटनालगत्तै सर्पाङ डिभिजनल वन कार्यालयको 'क्विक रेस्पोन्स टिम' (QRT) र स्थानीय टोलीहरू उद्धारमा खटिएका थिए। रिग्सार बज्र कम्पनीको मेसिनरी प्रयोग गरी करिब ४ घण्टा लामो प्रयासपछि राति ११ बजे छावालाई सकुशल बाहिर निकालियो। उद्धारपश्चात् छावालाई उसकी आमासँग सुरक्षित रूपमा पुनर्मिलन गराइएको छ।
वन्यजन्तुको आवतजावतलाई अनुगमन गर्न र हात्ती तथा स्थानीय समुदाय दुवैलाई सुरक्षित राख्न सर्पाङ डिभिजनल वन कार्यालयले दैनिक करिब ५ जना अधिकारीहरूको टोली २४ सै घण्टा (रातको समयसमेत) परिचालन गर्दै आएको छ।

सरकार ढ'ल्यो भन्दै खुसी मनाउनेहरू, त्यही विध्'वंसको जगमा उदाएर अहिले सरकारमा निर्धक्क रजाइँ गर्दै: तनुजा पाण्डे।! 😯जेन–ज...
09/09/2026

सरकार ढ'ल्यो भन्दै खुसी मनाउनेहरू, त्यही विध्'वंसको जगमा उदाएर अहिले सरकारमा निर्धक्क रजाइँ गर्दै: तनुजा पाण्डे।! 😯

जेन–जी अभियन्ता तनुजा पाण्डेले भदौ २४ गते देशभर भएका हिं'सा'त्मक तथा वि'ध्वंसा'त्मक घट'नालाई लिएर गम्भीर प्रश्न उठाएकी छन्। पाण्डेले सामाजिक सञ्जालमार्फत भदौ २४ लाई देशै ज'ला'इएको ‘कालो दिन’को संज्ञा दिँदै घ'टनाको प्रकृति, क्ष'तिको मात्रा र त्यसमा प्रयोग भएका स्रोत–साधनले पूर्वयोजना तथा समन्वयको आशंका पैदा गर्ने बताएकी छन्।

उनले लेखेकी छन्,' आज भाद्र २४ गते, केही सङ्गठित आ'पराधिक गि'रोहहरूले देशै ज'लाएको का'लो दिन। सुदूरपश्चिमदेखि पूर्वसम्म एउटै शैली र उस्तै साधन प्रयोग गरेर जसरी देशव्यापी वि'नाश मच्चाइयो, त्यति ठूलो मात्राको क्ष'ति दीर्घकालीन योजना र समन्वयबिना सम्भव नै थिएन। भदौ २४ को हिं'सात्मक घ'टनामा २ खर्ब बराबरको ठूलो भौतिक सम्पत्ति क्ष'ति भयो। सर्वसाधारणको निजी सम्पत्तिदेखि व्यावसायिक प्रतिष्ठानहरूसम्म उस्तै ढङ्गले आ'ग'ज'नी गरियो।

१. घरभित्र मानिसहरू छन् भन्ने थाहा हुँदाहुँदै अरूको निजी घर ज'लाउनु र मिडिया हाउसभित्र पत्रकारहरू भएकै अवस्थामा आ*गो लगाउनु सीधा-सीधा ज्या'न मा'र्ने प्रयास नै हो।

३. आ'न्दोलनको नाममा नेताका श्रीमती तथा छोरीहरूलाई ब'ला'त्कार गर्ने ध'म्की दिने र हा'तपा'त गर्नेहरू कुनै आ'न्दो'लन का'री हुन सक्दैनन्, ती केवल अप'राधी हुन्।

४.भाटभटेनी, हिल्टन, हयात, वर्णवास लगायतका निजी व्यवसाय मा आ'गज'नी तथा लु'टपा'ट म'च्चाएर हिँड्नेहरू विशुद्ध वि'ध्वंसका'री र लु'टेरा हुन्।

५.आ'न्दो'लनको बहानामा जनताले आफ्नै पसिना र करबाट जोडेको राज्यको सार्वजनिक सम्पत्ति ज'लाउनेहरू स्पष्ट रूपमा राज्यविरुद्धका अ'परा'धी हुन्।

भदौ २३ पछि भदौ २४ आयो भनेर सामान्य रूपमा मात्र नलिएऊँ। यदि एक-दुई ठाउँमा ढुङ्गा हा'नाहा'न भएको भए त्यसलाई 'जनताको आ'क्रोश' भनेर मान्न सकिन्थ्यो। तर, यति ठूलो स्रोत-साधन र योजनाब'द्ध रूपमा भएको सङ्गठित अ'पराध'लाई केवल 'जनआ'क्रोश' को नाम दिनु मूर्खताबाहेक केही होइन।

भदौ २४ को त्यो भ'यावह दिनमा कर्तव्य पालनाका क्रममा ३ जना प्रहरी अधिकृतको ह*त्या भयो। जे'लबाट भाग्न खोज्दा १० जना कै'दीको ह*त्या भयो। भाटभटेनीभित्र आ*गोमा ज*लेर १५ जनाको मृ*त्यु भयो, जसमध्ये ७ जनाको श*व अझैसम्म पनि पहिचान हुन सकेको छैन। सेनाले ४१ जनाको मृ*त्युलाई "अन्य" (other) शीर्षकमा वर्गीकरण गरेको छ।

भाद्र २४ को यो वि'ध्वं'समा देश ज'ला'एको आ'रोपमा सरकारले करिब दुई हजार युवालाई अझै पनि कै*दी बनाएर राखेको छ। तर अर्कोतिर, हामीले सरकार ढा'ल्यौँ भन्दै खुसी मनाउने र सोही वि'ध्वं'सको जगमा उदाएका सुकिलामुकिला नेताहरू भने आज निर्धक्क सरकारमा रजाइँ गरिरहेका छन्।"

प्रधानमन्त्री शाहद्वारा सुरक्षा प्रमुखहरूसँग उच्चस्तरीय छलफल -प्रधानमन्त्री वालेन्द्र शाहले रसुवा भोटेकोशी बाढीपछिको खोज...
09/09/2026

प्रधानमन्त्री शाहद्वारा सुरक्षा प्रमुखहरूसँग उच्चस्तरीय छलफल -

प्रधानमन्त्री वालेन्द्र शाहले रसुवा भोटेकोशी बाढीपछिको खोज, उद्धार, राहत तथा उपचारबारे तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल सुरु गर्नुभएको छ। सिंहदरबारमा प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरिरहनुभएका प्रधानमन्त्री शाहले त्यसपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखसँग पनि छलफल गर्ने कार्यक्रम छ।

रसुवा बा'ढीमा मृ*त्यु हुनेको संख्या १,३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कवि'हीन!😢रसुवा बा'ढी तथा त्यसबाट प्रभावित वि...
09/09/2026

रसुवा बा'ढीमा मृ*त्यु हुनेको संख्या १,३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कवि'हीन!😢
रसुवा बा'ढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा बा'ढीप'हिरोका कारण मृ*त्यु हुनेको संख्या १ हजार ३ सय ६७ पुगेको छ। राष्ट्रिय वि पद् जो'खिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार बिहान ११ बजे सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विभिन्न जिल्लाबाट उक्त संख्यामा मृ*त्यु भएको पुष्टि भएको हो।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै श*व चितवनमा ३६३, नवलपरासी पूर्वमा २२६, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९७, रसुवामा १७४, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ वटा फेला परेका छन्। काठमाडौंमा उपचारका क्रममा रहेका दुई जनाको समेत मृ*त्यु भएको छ।

हालसम्म १०२ वटा श*वको स'नाखत गरी आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ। सनाखत हुन बाँकी श*वका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा दुई प्रति फोटो र नाता प्रमाणित हुने कागजातसहित नमुना दिन सकिने व्यवस्था गरिएको छ। यस्तै, बा'ढी तथा अन्य वि पद्का कारण ५ हजार १३२ जना अझै सम्पर्कवि'हीन रहेको विवरणमा उल्लेख छ। रसुवाबाट मात्रै २ हजार ८६० जना सम्पर्कवि हीन छन्। यसमा रसुवाका १ हजार ३९३, अन्य जिल्लाका १ हजार २८६ तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सरकारी कर्मचारी र बैंक तथा वित्तीय संस्थाका कर्मचारीसमेत छन्।

नुवाकोटबाट १ हजार ७८७ जना सम्पर्कवि हीन रहेको प्राधिकरणले जनाएको छ। त्यस्तै, करिब ५८७ जना विदेशी पर्यटक समेत सम्पर्कवि हीन रहेको विवरणमा उल्लेख छ।
वि'पद् प्र'भावित क्षेत्रबाट हालसम्म १३ हजार ६४६ जनाको उ'द्धार गरिएको छ। उ'द्धार तथा राहत कार्यका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी २१ हजार १८५ सुरक्षाकर्मी परिचालन भएका छन्।

विभिन्न ३७ वटा होल्डिङ सेन्टरमा ३ हजार ६२८ जना राखिएका छन्। रसुवामा ७३३, नुवाकोटमा २ हजार ६९९ र धादिङमा १९६ जना होल्डिङ सेन्टरमा रहेका छन्।

त्यस्तै, विभिन्न १० अस्पतालमा ३२९ जनाको उपचार गरिएकोमा २५२ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। नेपाली सेना र सशस्त्र प्रहरी बलले समेत हजारौँ प्रभावितलाई स्वास्थ्य उपचार सेवा प्रदान गरेको प्राधिकरणले जनाएको छ।

09/09/2026

रसुवा बाढीपहिरो : मृ*त्यु हुनेको संख्या १,३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन

Address

Harrisburg, PA

Alerts

Be the first to know and let us send you an email when Bhutan Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bhutan Khabar:

Shortcuts

Share