Riyadh Football Club

Riyadh Football Club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Riyadh Football Club, Sports, Riyadh.

Riyad Football Club is a club established with the objective of maintaining mutual brotherhood among Nepalis and forgetting all their sorrows despite being away from home and making the Nepali football sector known at the international level.

One of the best mid fielder in Riyadh FC,named Mr.Melan lama who is travelling to Nepal for short-term vacation. So we w...
25/08/2026

One of the best mid fielder in Riyadh FC,named Mr.Melan lama who is travelling to Nepal for short-term vacation. So we wish your vacation will be enjoyful and adorable. Have a safe flight ✈️✈️

रियाद एफसिका पूर्व अध्यक्ष र हालैको बरिस्ठ सल्लाहकार श्री भेष गुरुङ ज्युलाई रियाद एफसिको तर्फबाट जन्मदिनको लाखौंलाख शुभक...
16/08/2026

रियाद एफसिका पूर्व अध्यक्ष र हालैको बरिस्ठ सल्लाहकार श्री भेष गुरुङ ज्युलाई रियाद एफसिको तर्फबाट जन्मदिनको लाखौंलाख शुभकामना छ।
आगमि दिनहरूमा सफलता रहोस् र सु-स्वास्थ्यको कामना गर्दछौं ।🎂🎂🎂

रियाद एफसिको मिड फिल्डर पोजिसनबाट खेल्ने होनहार खेलाडी श्री चेत ब. गुरुङ (उर्फ गुनथन गुरुङ) ज्युलाई रियाद एफसिको तर्फबाट...
16/08/2026

रियाद एफसिको मिड फिल्डर पोजिसनबाट खेल्ने होनहार खेलाडी श्री चेत ब. गुरुङ (उर्फ गुनथन गुरुङ) ज्युलाई रियाद एफसिको तर्फबाट जन्मदिनको लाखौंलाख शुभकामना छ।
आगमि दिनहरूमा अझै राम्रो गर्दै जानू र सु-स्वास्थ्यको कामना गर्दछौं ।🎂🎂

रियाद एफसिको मिड फिल्डर पोजिसनबाट खेल्ने होनहार खेलाडी श्री सन्देश श्रेष्ठ  ज्युलाई रियाद एफसिको तर्फबाट जन्मदिनको लाखौं...
10/07/2026

रियाद एफसिको मिड फिल्डर पोजिसनबाट खेल्ने होनहार खेलाडी श्री सन्देश श्रेष्ठ ज्युलाई रियाद एफसिको तर्फबाट जन्मदिनको लाखौंलाख शुभकामना छ।
आगमि दिनहरूमा अझै राम्रो गर्दै जानू र सु-स्वास्थ्यको कामना गर्दछौं ।🎂🎂🎂

रियाद फुटबल क्लबका खेलाडी श्री प्रवेश घले ज्यू कर्मभूमि साउदी अरेबियालाई बिदाइ गर्दै सधैका लागि आफ्नो जन्मभूमितर्फ फर्कि...
07/07/2026

रियाद फुटबल क्लबका खेलाडी श्री प्रवेश घले ज्यू कर्मभूमि साउदी अरेबियालाई बिदाइ गर्दै सधैका लागि आफ्नो जन्मभूमितर्फ फर्किनुभएको छ।
उहाँको आगामी यात्रा सुखद,सुरक्षित र सफल रहोस्। जन्मभूमिमा नयाँ जीवनको सुरुवात सँगै प्रत्येक पाइलाहरु सफलताले भरियोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौ। रियाद फुटबल क्लबमा उहाँले पुर्‍याउनुभएको योगदान सधै सम्झनलायक रहनेछ।
शुभ यात्रा तथा उज्ज्वल भविष्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ! 🙏⚽✈️

"स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद" ⚽🏆रियाद फुटबल क्लबद्वारा आयोजित पाँचौँ रियाद कप फुटबल प्रतियोगिता–२०२६ ...
05/07/2026

"स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद" ⚽🏆

रियाद फुटबल क्लबद्वारा आयोजित पाँचौँ रियाद कप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत मे २७ मा सम्पन्न फाइनल खेलसम्म पाथीभरा एफ.सी. ले खेलका सम्पूर्ण नियमहरूको पालना गर्दै अनुशासित मर्यादित तथा उत्कृष्ट खेलभावनाको प्रदर्शन गरेको मूल्याङ्कनका आधारमा "Fair Play Award" प्राप्त गरेको थियो।
उक्त अवार्डअन्तर्गत सनसाइन सगरमाथा ट्राभल्सको सौजन्यमा प्रदान गरिएको एकतर्फी हवाई टिकट (One-Way Air Ticket) आज आधिकारिक रूपमा पाथीभरा एफ.सी.का प्रतिनिधिलाई हस्तान्तरण गरिएको छ।
यस अवसरमा रियाद फुटबल क्लब सनसाइन सगरमाथा ट्राभल्सप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौ। साथै यस गौरवपूर्ण उपलब्धिका लागि पाथीभरा एफ.सी.लाई हार्दिक बधाई तथा आगामी यात्राका लागि शुभकामना व्यक्त गर्दछौ।

रियाद फुटबल क्लब परिवार 🙏⚽🏆
Riyadh Football Club

रियाद एफसिको डिफेन्स पोजिसनबाट खेल्ने होनहार खेलाडी श्री तीर्थ तामाङ ज्युलाई रियाद एफसिको तर्फबाट जन्मदिनको लाखौंलाख शुभ...
29/06/2026

रियाद एफसिको डिफेन्स पोजिसनबाट खेल्ने होनहार खेलाडी श्री तीर्थ तामाङ ज्युलाई रियाद एफसिको तर्फबाट जन्मदिनको लाखौंलाख शुभकामना छ।
आगमि दिनहरूमा अझै राम्रो गर्दै जानू र सु-स्वास्थ्यको कामना गर्दछौं ।🎂🎂🎂

हार्दिक धन्यवाद तथा आभार।🙏🙏मिति २०२६ मे २७ र २८ मा सम्पन्न पाँचौँ रियाद कप फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गराउन आ...
28/06/2026

हार्दिक धन्यवाद तथा आभार।🙏🙏
मिति २०२६ मे २७ र २८ मा सम्पन्न पाँचौँ रियाद कप फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गराउन आर्थिक,नैतिक तथा भौतिक रूपमा सहयोग पुर्‍याउनुहुने सम्पूर्ण दाताज्यूहरू, सहभागी टोलीहरू,दर्शक तथा श्रोताहरू साथै अहोरात्र खटिनुहुने आयोजक समितिका पदाधिकारीहरू,स्वयंसेवकहरू,सहयोगीहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ र सहयोग गर्नुहुने सम्पूर्ण आदरणीय व्यक्तित्वहरूप्रति रियाद फुटबल क्लब परिवार हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछ।
यस प्रतियोगितालाई भव्य,सभ्य र सफल बनाउन योगदान दिनुहुने सम्पूर्ण खेलप्रेमी,बुद्धिजीवी,संघ–संस्था,विभिन्न फुटबल क्लबका पदाधिकारीहरू तथा सहयोगी मनहरूलाई सम्मान गर्दै गत शुक्रबार, जुन २६ मा समीक्षा बैठक तथा धन्यवाद कार्यक्रम आयोजना गरी प्रतियोगिताको औपचारिक समापन गरिएको छ।
फेरि एकपटक,प्रतियोगिताको सफलताका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ,सहयोग र हौसला प्रदान गर्नुहुने सम्पूर्ण सहयोगी,शुभेच्छुक तथा आदरणीय व्यक्तित्वहरूमा रियाद फुटबल क्लब परिवार हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ।
"तपाईंहरूको अमूल्य साथ,सहयोग र विश्वास नै हाम्रो सफलताको आधार हो। आगामी दिनहरूमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दछौं। 🙏⚽

रियाद एफसिका खेलाडी श्री सन्दिप लगुन ज्यु केही महिनाको लागि कर्म भुमि छोडेर आफ्नो जन्मभुमि तिर प्रस्थान हुनुभएको छ।तपाईं...
25/06/2026

रियाद एफसिका खेलाडी श्री सन्दिप लगुन ज्यु केही महिनाको लागि कर्म भुमि छोडेर आफ्नो जन्मभुमि तिर प्रस्थान हुनुभएको छ।तपाईंको यात्रा सफल रहोस् ✈️✈️

20/06/2026

सुन्दरहरैँचा नगरपालिका वडा नं. १० स्थित सुकुना खेलमैदानमा Riyad FC द्वारा सुन्दर खोर्साने युवा क्लबलाई दुई थान फुटबल हस्तान्तरण गरी खेलकुद क्षेत्रको विकासमा पुर्‍याउनुभएको महत्वपूर्ण योगदानका लागि सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ।

तपाईंहरूको यस सहयोग र सद्भावले युवा खेलाडीहरूलाई थप उत्साहित तथा प्रेरित बनाएको छ। आगामी दिनहरूमा पनि यस्तै साथ, सहयोग र सद्भाव प्राप्त हुने अपेक्षा राख्दै सम्पूर्ण रियाद एफसी परिवारप्रति पुनः हार्दिक आभार व्यक्त गर्दछौँ |

Special thanks to;
Gobin gurung
Purna sing yonjan &
Sanjit thapa magar

Address

Riyadh

Telephone

+966593803824

Website

Alerts

Be the first to know and let us send you an email when Riyadh Football Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Riyadh Football Club:

Shortcuts

Share

Category