20/10/2026
🌺🙏 विजया दशमीको हार्दिक मंगलमय शुभकामना! 🙏🌺
नेपालीहरूको महान् पर्व विजया दशमीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, अग्रज, शुभचिन्तक तथा खेलप्रेमीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। ❤️
दुर्गा भवानीको आशीर्वादले यहाँहरू सबैको जीवनमा नयाँ उमङ्ग, उत्साह, सफलता र खुसी छाओस्। असत्यमाथि सत्यको र अन्यायमाथि न्यायको विजयको प्रतीक यस महान् पर्वले हामी सबैबीच आपसी सद्भाव, एकता, भाइचारा र प्रेम अझ प्रगाढ बनाओस्। 🌺🪔
हाम्रो नेपाली संस्कृति, परम्परा र एकतालाई सदैव जोगाउँदै खेलकुदमार्फत समुदायलाई एकताबद्ध गर्ने हाम्रो अभियान अझ सशक्त बनोस्। ⚽💙
विजया दशमीको हार्दिक मंगलमय शुभकामना! 🎉
🙏 लालिगुराँस मास्टर्स वाइकाटो परिवार 🙏
#नेपालीएकता #दशैंकोशुभकामना