Chandragiri Taekwondo Dojang

Chandragiri Taekwondo Dojang Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Chandragiri Taekwondo Dojang, Sports Team, Thankot.

“लगनशीलता, अनुशासन , समर्पण र निरन्तरता नै विजयको प्रतीक हो।” चन्द्रागिरि तेक्वान्दो डोजाङ 🇳🇵🥋💪

ESTD : 2070

Location : ⬇️
https://maps.app.goo.gl/58qDNxFTexpe72e19?g_st=com.google.maps.preview.copy

06/09/2026

🥋 Footwork सही भयो भने Attack अझ खतरनाक बन्छ! ⚡

Side Kick → Step → Timing → Attack 🔥
नियमित ट्रेकिङ अन्तर्गत आजको स्प्यारिङ ड्रिलमा यही क्रमलाई अझ प्रभावकारी बनाउने विशेष अभ्यास।

यो विशेष प्रशिक्षण Senior Master Rajendra Khatri Master को प्रशिक्षणमा सम्पन्न गरियो। 🥋

Technique is nothing without proper movement.

Subash TamangMeena LamaSubash TamangWorld TaekwondoVeer TamangSantoshi MaharjanKakashi SameerIsha B MgrxJe Ne ShaShonitpur Khabar국기원 Kukkiwonमहेन्द्र तामाङ

31/08/2026

🏆🏆💪🥋😌❤️🙏

गोकर्णेश्वर स्पोर्ट्स सिटी हलमा सम्पन्न ‘प्रथम न्यू गोकर्णेश्वर जिल्ला स्तरीय तेक्वान्दो च्याम्पियनसिप २०८३’ मा चन्द्राग...
30/08/2026

गोकर्णेश्वर स्पोर्ट्स सिटी हलमा सम्पन्न ‘प्रथम न्यू गोकर्णेश्वर जिल्ला स्तरीय तेक्वान्दो च्याम्पियनसिप २०८३’ मा चन्द्रागिरि तेक्वान्दो डोजाङ उत्कृष्ट खेल प्रदर्शन गर्दै टिम च्याम्पियन बन्न सफल भएको छ। २०८३ भदौ १२ गते आयोजना भएको उक्त प्रतियोगितामा चन्द्रागिरिले उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थान हासिल गरेको हो।
न्यू गोकर्णेश्वर तेक्वान्दो डोजाङको आयोजनामा भएको यस च्याम्पियनसिपमा चन्द्रागिरिले कुल २८ वटा पदक आफ्नो पोल्टामा पार्‍यो । सानदार प्रदर्शन गर्ने क्रममा टोलीले १३ स्वर्ण, ६ रजत र ९ कास्य पदक जित्दै समग्र प्रतियोगिताकै च्याम्पियन टोली बन्ने गौरव प्राप्त गरेको हो।
मुख्य प्रशिक्षक राजेन्द्र खत्रीको विशेष प्रशिक्षण, सही रणनीति र खेलाडीहरूको कडा मिहिनेतका कारण टोलीले यो ऐतिहासिक सफलता हासिल गर्न सकेको हो। विभिन्न डोजाङका खेलाडीहरूको कडा प्रतिस्पर्धामा चन्द्रागिरिका तेक्वान्दो डोजाङका खेलाडीहरूले उत्कृष्ट खेल कौशल र अनुशासन प्रदर्शन गरेका थिए।
खेल समापन पश्चात् आयोजित विशेष समारोहमा प्रथम ऐतिहासिक टिम च्याम्पियन बन्न सफल चन्द्रागिरि तेक्वान्दो डोजाङ र मुख्य प्रशिक्षक खत्रीलाई भव्य ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो।

प्रकृतिको निर्मम प्रहारप्रति हार्दिक श्रद्धाञ्जली तथा समवेदना 🕯️अगस्ट २६ अर्थात् भाद्र १० गते प्रकृतिको निर्मम र प्रलयका...
28/08/2026

प्रकृतिको निर्मम प्रहारप्रति हार्दिक श्रद्धाञ्जली तथा समवेदना 🕯️

अगस्ट २६ अर्थात् भाद्र १० गते प्रकृतिको निर्मम र प्रलयकारी प्रहारका कारण रसुवा जिल्लाको धुन्चे, ट्युमरी, सेप्रिबेसी, भोटेकोसी ,नुवाकोट धादिङ लगायतका क्षेत्रमा भएको ठूलो जनधनको क्षतिले आज सिंगो नेपाल शोकमा छ। 🇳🇵

यो केवल एउटा जिल्लाको पीडा होइन, सम्पूर्ण नेपालीको पीडा हो।
आज देश दुःखी छ, परिवारहरू शोकमा छन् र धेरैका सपना तथा घरबार प्रकृतिको विनाशसँगै उजाडिएका छन्।

यस दुःखद् घडीमा चन्द्रागिरि तेक्वान्दो डोजाङ सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ।

विपत्तिमा हामी सबै एकजुट बनौँ।
उद्धार, राहत र सहयोगमा हातेमालो गरौँ।
मानवता नै सबैभन्दा ठूलो धर्म हो। 🙏

दिवंगत आत्माहरूमा चिरशान्तिको कामना।
घाइते तथा प्रभावित सबैमा शीघ्र स्वास्थ्यलाभको कामना।

चन्द्रागिरि तेक्वान्दो डोजाङ
Taekwondo for Discipline, Life for Service 🇳🇵

#नेपाल #प्राकृतिकविपत्ति #हार्दिकश्रद्धाञ्जली #समवेदना #मानवता

चन्द्रागिरि तेक्वान्दो डोजाङका अनुशासित, लगनशील, मेहनती खेलाडी अग्रता बराकोटी  को आज पर्न गएको जन्मदिनको सुअवसरमा सुख, श...
16/08/2026

चन्द्रागिरि तेक्वान्दो डोजाङका अनुशासित, लगनशील, मेहनती खेलाडी अग्रता बराकोटी को आज पर्न गएको जन्मदिनको सुअवसरमा सुख, शान्ति, समृद्धि, खेल क्षेत्रमा उन्नति र प्रगति, पढाइमा अब्बल रहोस्, जन्मदिनको हार्दिक शुभकामना ।🎊🎊🎂🎂🎉🎉🎀🎀❤️❤️❤️❤️🌷🌷❤️❤️

16/08/2026

# Evening Time By khatri

    Time   health   up it every one   luck.
15/08/2026

Time health up it every one luck.

15/08/2026

Morning Training Time

Address

Thankot

Opening Hours

Monday 06:00 - 07:30
16:00 - 18:30
Tuesday 06:00 - 07:30
16:00 - 18:30
Wednesday 06:00 - 07:30
16:00 - 18:30
Thursday 06:00 - 07:30
16:00 - 18:30
Friday 06:00 - 07:30
16:00 - 18:30
Saturday 06:00 - 08:30
16:00 - 17:30

Alerts

Be the first to know and let us send you an email when Chandragiri Taekwondo Dojang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share