चिसापानी खेल मैदान निर्माण अभियान

  • Home
  • Nepal
  • Tanahun
  • चिसापानी खेल मैदान निर्माण अभियान

चिसापानी खेल मैदान निर्माण अभियान To collect fimancial requirements throughout all the interested personal or organization for establishing a playground at the center of Chisapani Village.

चिसापानीमा खेल मैदान निर्माण को लागी जग्गा नाप्दै चिसापानी युवा क्लब का प्रतिनीधीहरु अग्रज हरुको साथमा
11/06/2016

चिसापानीमा खेल मैदान निर्माण को लागी जग्गा नाप्दै चिसापानी युवा क्लब का प्रतिनीधीहरु अग्रज हरुको साथमा

03/03/2016

चिसापानी युवा क्लब द्वारा देउसी-भैलो खेली संकलन भएको रकम रू.23000 जुन चिसापानी आमा समुह को जिम्मा मा लगानी गरीएको थियो सोही रकम ब्याजसहित जम्मा रू.23380 चिसापानी आमा समुह का अध्यक्ष श्रीमती पदम कुमारी थापा ज्यू द्वारा मनास्लु विकास बैंक मा रहेको खाता नम्बर 0080000190NS मा जम्मा गरीएको छ । सोही रकम खेल मैदान निर्माण गर्नको लागी खर्च गरिनेछ। धन्यबाद ।

मिती 2072 फाल्गुन 09 गते चिसापानी युवा क्लब का अध्यक्ष सुवास गुरुङ तथा उपाध्यक्ष अम्बिर कु. श्रेष्ठ द्वारा भानु नगरपालिक...
22/02/2016

मिती 2072 फाल्गुन 09 गते चिसापानी युवा क्लब का अध्यक्ष सुवास गुरुङ तथा उपाध्यक्ष अम्बिर कु. श्रेष्ठ द्वारा भानु नगरपालिका को कार्यालय गई नगरपालिका द्वारा बिनियोजीत रकम निष्कासन को लागी योजना सम्झौता पत्र को साथै खेल मैदान निर्माण, व्यवस्थापन तथा अनुगमन समितिको विवरण फाईल कार्यलय मा पेश गरिएको छ ।

चिसापानी खेल मैदान निर्माण अभियान अन्तर्गत चिसापानी मा खेल मैदान निर्माण गर्नको लागी रातमाटे-पत्थरेढुङ्गा सामुदायिक बन उ...
06/02/2016

चिसापानी खेल मैदान निर्माण अभियान अन्तर्गत चिसापानी मा खेल मैदान निर्माण गर्नको लागी रातमाटे-पत्थरेढुङ्गा सामुदायिक बन उपभोक्ता समिति द्वारा रू. 40000 आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्धता गरेकोमा हाम्रो यस वनलाई वैज्ञानिक वन घोषणा गर्नको लागी उक्त बनको खातामा केही बजेट आवश्यक पर्ने हुनाले सोही बजेट संकलन को लागी 40% कटौती गरी रु.24000 रकम प्राप्त भएको छ र उक्त रकम हाम्रो यस चिसापानीयुवा क्लव का अध्यक्ष सुवास गुरुङ द्वारा हाम्रो संयुक्त खाता नं.008000190NS मा जम्मा गरीएको छ। धन्यबाद रातमाटे-पत्थरेढुङ्गा सामुदायिक बन उपभोक्ता समिति लाई।

19/01/2016

मिति 2072 पौष 3 गतेको चिसापानी युवा क्लव को बैठकमा भानु नगरपालिका, बडा नम्बर-4, चिसापानी निवासी युवाहरू संगठित भई यस गाँऊ मा खेल मैदान निर्माण तथा अन्य गाँऊ विकास कार्यक्रममा विशेष योगदान पुर्याउने उद्देश्य का साथ सात सदस्यीय समिति गठन गरिएको छ । जसअनुसार समितिका सदस्यहरुको पद तथा नामावली निम्नलिखित छन् ;
अध्यक्ष :- सुवास गुरुङ
उपाध्यक्ष :- अम्बिर कु. श्रेष्ठ
कोषाध्यक्ष :- ध्रुब श्रेष्ठ
सचिव :- सुमन श्रेष्ठ
सदस्य :- अनुप थापा मगर
सदस्य :- सन्जीब बयालकोटी
सदस्य :- सुनिल लम्साल

यस क्लब को समिति मा रहनुभएका सम्पुर्ण पदाधिकारी हरुलाई आफ्नो पद तथा कामप्रती जिम्मेदार भईदीनुहुन हार्दिक अनुरोध गर्दछौँ । यसबाहेक हाम्रो कार्ययोजनाहरू सफल पार्नको सम्पुर्ण गाँऊ बासी तथा देश-बिदेश मा रहनुभएका युवा प्रतिनिधि हरूको सहयोगको आवश्यकता पर्ने भएकाले सम्पूर्णलाई हाम्रो कार्यप्रती सकारात्मक भएर सहयोग गरिदिनुहुन हार्दिक अपील गर्दछौँ ।

चन्दनी ब्वाईज युनाइटेड क्लब द्वारा आयोजित प्रथम लालसिंह कप-2072 फुटबल प्रतियोगीता, चन्दनी मा चिसापानी युवा क्लव द्वारा ट...
14/01/2016

चन्दनी ब्वाईज युनाइटेड क्लब द्वारा आयोजित प्रथम लालसिंह कप-2072 फुटबल प्रतियोगीता, चन्दनी मा चिसापानी युवा क्लव द्वारा टिम दर्ता गरीएको अवस्था।

आज भानु नगरपालिका कार्यालयको प्रांङ्गणमा माननीय सभासद शंकर भण्डारी ज्यु को प्रमुख अतिथि मा भएको आर्थिक बर्ष 2073/74 को ब...
13/01/2016

आज भानु नगरपालिका कार्यालयको प्रांङ्गणमा माननीय सभासद शंकर भण्डारी ज्यु को प्रमुख अतिथि मा भएको आर्थिक बर्ष 2073/74 को बार्षीक बजेट बिनियोजन को भेला ले हाम्रो चिसापानी युवा क्लव को लागी रु.20000।- बजेट सार्वजनिक गरेको छ। साथै तुरतुरे चिसापानी हुँदै अर्चलेभन्ज्याङ जोड्ने मोटर बाटो को लागी रु.500000।- बजेट सार्वजनिक गरेको छ।

चिसापानी युवा क्लव ले चिसापानी मा निर्माण गर्न लागेको खेल मैदान को लागी नेपाली कांग्रेस का माननीय सभासद शंकर भण्डारी ज्य...
13/01/2016

चिसापानी युवा क्लव ले चिसापानी मा निर्माण गर्न लागेको खेल मैदान को लागी नेपाली कांग्रेस का माननीय सभासद शंकर भण्डारी ज्यु बजेट प्रस्ताव तथा भेट वार्तालाप गर्नको लागी भानु नगरपालिका को कार्यालय, फुस्रेटार प्रस्थान गर्दै ।
सुवास गुरुङ साथमा म अम्बिर के. श्रेष्ठ (पेज एड्मीन)

चिसापानी खेल मैदान निर्माण अभियान को लागी हाल साउदी अरब माँ कार्यरत दाजु मोहन थापा ज्यू बाट आर्थिक सहयोग प्रदान ********...
06/01/2016

चिसापानी खेल मैदान निर्माण अभियान को लागी हाल साउदी अरब माँ कार्यरत दाजु मोहन थापा ज्यू बाट आर्थिक सहयोग प्रदान
********************************
भानु नगरपालिका ,चिसापानी-4 निबासी , हाल साउदी अरब माँ कार्यरत दाजु श्री मोहन थापा ज्यू द्वारा चिसापानीमा खेल मैदान निर्माण गर्नको लागी रु.20600 (बीस हजार छ सय रुपैयाँ) यसै अभियान को मनास्लु विकास बैंक मा रहेको खाता नम्बर 0080000190NS जम्मा गर्नु भएको छ। धन्यबाद छ दाजु मोहन थापा ज्यू लाई। तपाईको यस भक्ति भाब र सहयोगी मनलाइ सम्पूर्ण चिसापानी गाँऊ बासी तथा यस चिसापानी युवा क्लव परीवार मुरि मुरि धन्यबाद दिदै तपाई जस्ता गाऊ समाज प्रेमी र सहयोगी योद्वा लाई जन्म दिने माता पिता प्रति यस अभियान र गाँऊ बासी गर्ब गर्दछ!!!!!!
# # चिसापानी युवा क्लव परिवार # #

चिसापानी खेल मैदान निर्माण अभियान अन्तर्गत को रकम संकलन गर्नको लागी चिसापानी युवा क्लव तथा चिसापानी आमा समुह को अध्यक्षत...
01/01/2016

चिसापानी खेल मैदान निर्माण अभियान अन्तर्गत को रकम संकलन गर्नको लागी चिसापानी युवा क्लव तथा चिसापानी आमा समुह को अध्यक्षता मा मनास्लु विकास बैंक मा संयुक्त खाता खोलीएको छ ।

Address

Tanahun

Website

Alerts

Be the first to know and let us send you an email when चिसापानी खेल मैदान निर्माण अभियान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share