09/05/2026
हाम्रो गाउँको शान, अन्तर्राष्ट्रिय भलिबल खेलाडी सञ्जु बिक्रम शाहलाई जिताऔं! 🏐🇳🇵
हाम्रो गाउँमा जन्मिएर, खेल मैदानको धुलोबाट सुरु भएको सञ्जु बिक्रम शाहको यात्रा आज अन्तर्राष्ट्रिय स्तरसम्म पुगेको छ। यो हाम्रो लागि मात्र नभई सिंगो क्षेत्रकै गौरवको विषय हो।
आज उहाँ १० औं पोखरा स्पोर्ट्स अवार्ड को मनोनयनमा पर्न सफल हुनुभएको छ। एउटा खेलाडीका लागि आफ्नो गाउँ-ठाउँको साथ र समर्थन नै सबैभन्दा ठूलो ऊर्जा हो। त्यसैले, उहाँलाई यो सम्मान दिलाउन हामी सबै गाउँले दाजुभाइ, दिदीबहिनी तथा शुभचिन्तकहरूले आ-आफ्नो ठाउँबाट भोट गरी सञ्जुलाई जिताउन हार्दिक अपिल गर्दछौं।
सञ्जु, तपाईँ जहाँपुगे पनि हाम्रो गाउँको माया र आशीर्वाद सधैँ तपाईँको साथमा छ। तपाईँको हरेक "स्पाइक" मा हाम्रो ढुकढुकी छ! -UNITED ✊