05/11/2025
Nepal Football Player Association को अनुरोध⚽️❤️
सम्पूर्ण नेपाली फुटबलको सरोकारवाला र शुभचिन्तकहरुमा नमस्कार,
हामी नेपाल फुटबल खेलाडी संघले पछिल्लो २ वर्षयता लगातार नेपाली फुटबलको मेरुदण्ड मानिने शहिद स्मारक ए डिभिजन लिग आयोजना गर्न नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) सँग चरणवद्द रुपमा विभिन्न स्तरमा प्रयास गर्दै आएका थियौं । तर हाम्रो शालीनतालाई बेवास्ता गरेर एन्फाले पुन: एकपटक लिग स्थगन गर्ने निर्णय गरेपछि हामी खेल्न पाउने आफ्नो आधारभूत हकका लागि सडकमा आउन बाध्य भएका छौं ।
खेलाडी भएपछि हामीले सधैं मैदानमा नै व्यस्त हुनुपर्छ भन्ने मान्यता राख्छौं, तर पटक पटकको हाम्रो प्रयासलाई बेवास्ता गरिएपछि हामीसँग सडकमा आउनुको विकल्प नरहेको महसुस गरेका छौं ।
यसै अनुसार हामी नेपाल फुटबल खेलाडी संघले कार्तिक २० गते विहान ११ बजे सातदोबाटोस्थित एन्फा मुख्यालयबाहिर धर्ना कार्यक्रम आयोजना गर्दैछौं । यसमा ऐक्यवद्धता जनाउनुहुन सम्पूर्ण स्तरका खेलाडीसँगै प्रशिक्षक, रेफ्री र फुटबल सरोकारवालाहरुलाई उपस्थितिका लागि अनुरोध गर्दछौं ।