24/08/2026
Huge Congratulation:स्याङ्जाको वालिङमा सम्पन्न प्रथम जिल्ला स्तरीय पावर लिफ्टिङ च्याम्पियनसिपमा विपना रसाइली महिलातर्फ ग्रान्ड ओभरल च्याम्पियन बन्न सफल भएकी छन्। महिला खुला तौल समूहमा स्क्वाट, बेन्च प्रेस र डेडलिफ्ट गरी कुल २४३.७ केजी भार उठाउँदै विपनाले प्रथम स्थान हासिल गरेकी हुन्। हार्दिक बधाई तथा आगामी दिनका लागि शुभकामना! ♥️