03/10/2026
स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद र सम्बन्धका लागि खेलकुद" 🇳🇵⚽
यस खेलकुद विकास मञ्च पोखरा-१८ द्वारा आयोजित चौथो याम बहादुर थापा (राम) स्मृतिकप फाइभ ए साइड फुट्सल र दोस्रो दीक्षा गुरुङ स्मृति महिला फुट्सल प्रतियोगिता-२०८३ लाई भव्य रूपमा सफल बनाउन हाम्रो संस्थापक परिवार (Founder Family) बाट रु ५०,०००/- (अक्षरेरु पचास हजार रुपैयाँ) को ठूलो आर्थिक सहयोग प्राप्त भएको छ।
संस्थाको मेरुदण्डका रूपमा रहनुभएका संस्थापक परिवारको यो निरन्तर साथ, माया र अग्रसरता प्रति क्लब हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछ। यस कार्यक्रमबाट संकलित नाफा रकम पूर्ण रूपमा परोपकारी कार्य (Charity) मा लगाइने हुनाले तपाईंहरूको यो पवित्र सहयोगले सामाजिक सेवामा निकै ठूलो टेवा पुग्नेछ। क्लबको तर्फबाट सम्पूर्ण परिवारको सुख, समृद्धि र उज्ज्वल भविष्यको हार्दिक मंगलमय कामना गर्दछौँ! 🙏✨❤️ Maxwell Thapa