17/07/2026
हार्दिक बधाई तथा सफलताको शुभकामना! 🎉🏐
नेपाल भलिबल लिग (NVL) को प्रथम संस्करणका लागि गण्डकी प्रदेश भलिबल संघका पुरुष टोलीका कप्तान सन्जु बिक्रम शाह Category "A" Pool मा छनोट हुनुभएको तथा यसै संघका प्रतिभाशाली खेलाडी हिमाल सुनारी मगर अन्नपूर्ण स्पाइकर किङ्सबाट मार्की खेलाडी (Marquee Player) का रूपमा छनोट भई अनुबन्धित हुनुभएकोमा गण्डकी प्रदेश भलिबल संघका तर्फबाट हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछौँ।
उहाँहरू दुवै जनाले आफ्नो उत्कृष्ट खेलकौशल, अनुशासन, अदम्य आत्मविश्वास तथा उच्च प्रतिस्पर्धात्मक क्षमताका माध्यमबाट नेपाली भलिबलमा विशिष्ट पहिचान स्थापित गर्नुभएको छ। नेपाल भलिबल लिगको यस ऐतिहासिक यात्रामा उहाँहरूको सहभागिताले थप उत्कृष्ट प्रदर्शन गर्दै नेपाली भलिबलको गौरवलाई अझ उचाइमा पुर्याउने विश्वास लिएका छौँ।
उहाँहरू दुवैलाई सफल, प्रतिस्पर्धात्मक तथा स्मरणीय सिजनको हार्दिक शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य, निरन्तर प्रगति तथा उज्ज्वल खेलजीवनको कामना गर्दछौँ।
साथै, नेपाली भलिबलको व्यावसायिक विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै नेपाल भलिबल लिग (NVL) को आयोजना गर्ने सम्पूर्ण आयोजक टोली तथा अन्नपूर्ण स्पाइकर किङ्स परिवारप्रति हार्दिक आभार तथा सफल आयोजनाको शुभकामना व्यक्त गर्दछौँ।
गण्डकी प्रदेश भलिबल संघ
पोखरा, नेपाल 🏐