Shree Jyotipoonj Youth Club

Shree Jyotipoonj Youth Club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Jyotipoonj Youth Club, Sports Club, Palpa.

यो दुःखद घडीमा हामी सबै एकजुट बनौँ। प्रभावित परिवारहरूको साथमा उभिऔँ र सकेको सहयोग गरौँ। 🙏🇳🇵
27/08/2026

यो दुःखद घडीमा हामी सबै एकजुट बनौँ। प्रभावित परिवारहरूको साथमा उभिऔँ र सकेको सहयोग गरौँ। 🙏🇳🇵

आज मिति २०८३ भदौ १० गते, बुधबार बिहान ८ः४० बजे रुसुवाको भोटेकोशी नदीमा बाढी आइ ठूलो जनधनको क्षति भएको छ।
उक्त बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका तटीय क्षेत्रहरु प्रभावित बनेका छन्।
बाढी गएलगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोज र राहतका कार्यहरुलाई तीव्रता दिएको छ।
बाढीका कारण पुगेको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन कार्य जारी छ।
यस् विपद्बाट प्रभावितहरुलाई तत्कालै सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्ने छ भने अर्कोतिर उहाँहरुलाई दीर्घकालिनरुपमा पुनःस्थार्पना गर्न उत्तिकै जरुरी छ।
त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिदिनु हुन सबैमा हार्दिक अपिल गर्दछौं। तल उल्लेखित बैंक खाताहरुमा सक्दो सहयोग गरिदिनुहुन अनुरोध छ।

23/08/2026

धन्यवाद पृथ्वी टेलिभिजन 🙏🙏🙏🙏

"उत्कृष्ट खेल, स्तरीय मैदान — रामपुर रंगशाला सम्पन्न हाम्रो अभियान।"श्री ज्योतिपुञ्ज युवा क्लब, रामपुर–७, किसानबारीको आय...
22/08/2026

"उत्कृष्ट खेल, स्तरीय मैदान — रामपुर रंगशाला सम्पन्न हाम्रो अभियान।"
श्री ज्योतिपुञ्ज युवा क्लब, रामपुर–७, किसानबारीको आयोजनामा चौथो ज्योतिपुञ्ज कप २०८३ असोज २३ देखि ३१ गतेसम्म सञ्चालन हुँदैछ। विगतझैँ यस वर्ष पनि सबैको साथ, सहयोग र सहभागिताको हार्दिक अपेक्षा। ⚽🏆

श्री ज्योतिपुञ्ज युवा क्लबद्वारा आयोजित विशेष बृहत् आमभेलामा सम्पूर्ण पदाधिकारी, सदस्य, शुभेच्छुक तथा सरोकारवालाहरूलाई ह...
06/08/2026

श्री ज्योतिपुञ्ज युवा क्लबद्वारा आयोजित विशेष बृहत् आमभेलामा सम्पूर्ण पदाधिकारी, सदस्य, शुभेच्छुक तथा सरोकारवालाहरूलाई हार्दिक उपस्थितिको अनुरोध।
मिति: २०८३ श्रावण २३ गते, शनिबार |
समय: बिहान ८:०० बजे |
स्थान: किसानबारी खेलमैदान, रामपुर–७, पाल्पा।
यहाँको सहभागिताले क्लबको भविष्यलाई अझ सशक्त बनाउनेछ। 🙏💙

विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा 'निम्सदाइ' अब हामीमाझ रहनुभएन। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श...
01/08/2026

विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा 'निम्सदाइ' अब हामीमाझ रहनुभएन। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। 💔🇳🇵

🎉 जन्मदिनको शुभ अवसरमा समाजप्रति देखाउनुभएको सद्भाव र सहयोगप्रति हार्दिक धन्यवाद।सुश्री सुम्निमा श्रेष्ठज्यूले श्री ज्यो...
30/07/2026

🎉 जन्मदिनको शुभ अवसरमा समाजप्रति देखाउनुभएको सद्भाव र सहयोगप्रति हार्दिक धन्यवाद।
सुश्री सुम्निमा श्रेष्ठज्यूले श्री ज्योतिपुञ्ज युवा क्लबलाई रु. २,००५/- सहयोग प्रदान गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दछौं।
उहाँलाई सुख, समृद्धि, सुस्वास्थ्य र उज्ज्वल भविष्यको हार्दिक शुभकामना। 💐
श्री ज्योतिपुञ्ज युवा क्लब परिवार
"सानो सहयोग, ठूलो परिवर्तन।" ❤️🙏
#सानोसहयोगठूलोपरिवर्तन

हार्दिक आभार तथा धन्यवाद 🙏रामपुर नगरपालिकाको गौरवको आयोजना अन्तर्गत ज्योतिपुञ्ज खेलमैदान निर्माण का लागि रामपुर नगरपालिक...
25/06/2026

हार्दिक आभार तथा धन्यवाद 🙏
रामपुर नगरपालिकाको गौरवको आयोजना अन्तर्गत ज्योतिपुञ्ज खेलमैदान निर्माण का लागि रामपुर नगरपालिकाको १९औँ नगरसभा बाट आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा रु. १,७५,००,०००/- (एक करोड पचहत्तर लाख रुपैयाँ) बजेट विनियोजन गरिएको ऐतिहासिक निर्णयप्रति हामी हार्दिक खुशी व्यक्त गर्दछौँ।
यस महत्वपूर्ण योजनालाई प्राथमिकता दिई बजेट विनियोजन गरिदिनु हुने रामपुर नगरपालिकाका नगर प्रमुख श्री रमणबहादुर थापा ज्यू, उपप्रमुख ज्यू, १० वटै वडाका वडा अध्यक्षज्यूहरू, सम्पूर्ण कार्यपालिका सदस्यज्यूहरू, प्रमुख प्रशासकीय अधिकृतज्यू, खेलकुद तथा शिक्षा शाखा प्रमुखज्यू, योजना शाखा प्रमुखज्यू, नगर खेलकुद विकास समितिका संयोजकज्यू लगायत यस ऐतिहासिक निर्णयका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनुहुने सम्पूर्ण खेलप्रेमी महानुभावहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ।
यो बजेट विनियोजनले रामपुरको खेलकुद विकास, युवा प्रतिभा प्रवर्द्धन तथा राष्ट्रियस्तरको खेल पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएका छौँ।
जय फुटबल! ⚽
जय खेलकुद! 🏆
जय रामपुर! ❤️
जय नेपाल! 🇳🇵 🙏

Address

Palpa

Website

Alerts

Be the first to know and let us send you an email when Shree Jyotipoonj Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category