युवा जागरण मूगु

युवा जागरण मूगु युवा सचेतना, भ्रस्टाचार बहिनी मुगु, सुन्दर मुगु को परिकल्पनामा निरन्तर युवा एकताको आबस्यकता |

हिजो २०८० कार्तिक १७ गते शुक्रबार राति ११:४७ मा जाजरकोट केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भुकम्पले जाजरकोट र पश...
04/11/2023

हिजो २०८० कार्तिक १७ गते शुक्रबार राति ११:४७ मा जाजरकोट केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भुकम्पले जाजरकोट र पश्चिम रूकुममा ठुलो जनधनको क्षति पुगेको खबरले मर्माहत बनाएको छ। देहावसान हुनु हुने प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा न. ६ मुन्दु गाउँमा यही २०८०/०७/०८ गते राती आमा श्री देवी बोहोरा सहित एक ७ वर्ष को...
28/10/2023

मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा न. ६ मुन्दु गाउँमा यही २०८०/०७/०८ गते राती आमा श्री देवी बोहोरा सहित एक ७ वर्ष को छोरी ११, १ वर्षको दुई छोरा सहित ३ नाबालक सन्तानको घाँटी रेटी एकदमै क्रूरर,जघन्य, निर्मम हत्या गरिएको खबरले निकै भावविह्वल बनाएकोछ। उक्त अमानवीय कार्यकाे जति घाेर भत्सर्ना गरेपनि कमै हुन्छ। दाेषीकाे यथाशक्य पहिचान गरि हदैसम्मको कार्वाहीकाे माग गर्दछु,मृतकहरु प्रति श्रद्धासुमन ब्यक्त गर्दछु।

13/10/2023

खत्याड गाउँ पालिकाका राजा महाराजाहरुको प्रगति विवरण ।
१ दोहोरो सेव सुबिधा लागियको ।
२ सोलार पेनलमा अनियमितता ।
३टिप्पर ,जेसिबी र मोटरसाइकलमा करिदमा अनियमितता ।
४ल्यापटप को खोजी तथा बिल भर्पाई अनुसार नभएको ।
५अध्यक्ष र उपाध्यक्ष र कर्याकरिले प्रयोग गरेको फर्निचरहरुमा अनियमितता ।
६पहिले देखि आहिले सम्मका हवाई टिकटमा अनियमितता ।
७स्वास्थ्य सामाग्री र कृषि सामाग्री खरिदमा अनियमितता ।
८ छानीछानी कोटेश्वन दिने प्रबृत्ति रोकियन ।
९ बजार अनुगमनमा ढिलाई ।
१० स्टोरमा सामाग्रीको राम्रोसँग दाखिला नभएको ।
११ जन्तालाई महगीमा धकेल्ने ।
१२ बिरा हाइड्रोपावरको रकममा अनियमितता तीस करोड ( एडिभि संघको (२४०००००००) चौबीस करोड माछापुच्छ्रेको (३००००००० ) तीन करोड र खत्याड गाउँ पालिकाको (२३००००००) दुई करोड तीस लाख र रोड १३ मिटरको चौडाईको बिरा देखि सेरा सम्मका लागि (७५०००००) पचहत्तर लाख गरि (३००५०००००) तीस करोड पाँच लाख खर्च हुदा पनि सम्पन्न हुन सकेको छैन ।

बालबालिकामा देखिने मनोसामाजिक समस्याका लक्षणहरु !
07/10/2023

बालबालिकामा देखिने मनोसामाजिक समस्याका लक्षणहरु !

 #सबै जना सचेत रहनुहोला। भर्खरैको भुइचालो ले बझाङ दुर्गाथली 2 जौनार जुजी मा अवस्थित श्री महालिङ आधारभूत बिद्यालय को भवन ...
03/10/2023

#सबै जना सचेत रहनुहोला। भर्खरैको भुइचालो ले बझाङ दुर्गाथली 2 जौनार जुजी मा अवस्थित श्री महालिङ आधारभूत बिद्यालय को भवन भत्किएको छ।। त्यसै सुर्खेत तिर पनि घारहरुमा नोक्सानी पुर्याएको छ । #अछाम चौर पाटीको बिधालय भवनमा पनि नोक्सानी पुर्याईएको छ भने
भुकम्पकाे कारण विन्ध्यवासिनि मा. वि अछाम दर्नाकाे बिध्यालय मा एकजना बिध्यार्थी घाइते स्वास्थ्य लाभकाे कामना गर्दछु ।😭

मुगुमा नयाँ रेकर्ड
02/10/2023

मुगुमा नयाँ रेकर्ड

यतिबेला गाडी भन्दा दमकलको आवासेक्ता छ मेयर साब ।
26/09/2023

यतिबेला गाडी भन्दा दमकलको आवासेक्ता छ मेयर साब ।

खत्याड गाउँ पालिकाले खरिद गरेको जेसिभी र तिप्पर कतातिर गुडिरहेका छ्न आफ्नो हुदाहुदै किन ठेक्कामा दिनु पर्यो इस्थानिय सर्...
26/09/2023

खत्याड गाउँ पालिकाले खरिद गरेको जेसिभी र तिप्पर कतातिर गुडिरहेका छ्न आफ्नो हुदाहुदै किन ठेक्कामा दिनु पर्यो इस्थानिय सर्कार प्रमुख ज्यु ।

23/09/2023

यी हुन् शिक्षकका मागहरू :-

१. #अस्थायी प्रकृतिका शिक्षकहरुको स्थायित्वको सवाल : लामो समयदेखि राहत, साविक उमावि, अस्थायी/करार, शिक्षण सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार लगायतका शिक्षकहरु अस्थायीरुपमा कार्यरत रहेकाछन् । यी शिक्षकको स्थायित्वको सवाल कहिल्यै राज्यको प्राथमिकतामा परेको देखिदैन । संसदमा प्रस्तुत भएको अहिलेको विधेयकले यी शिक्षक माथि फेरि अन्याय गरेको छ । विगतमा भएका सहमती र शिक्षकहरुको माग समेतलाई दृष्तिगत गर्दै नयाँ ऐनमा कार्यरतहरुलाई विशेष प्राथमिकता सहित आन्तरिक परीक्षाको प्रबन्ध गरी यो मुद्दाको सम्पूर्ण सम्बोधन हुनुपर्दछ ।
२. #विद्यालय कर्मचारीको सवाल : हरेक विद्यालयमा कर्मचारीको दरबन्दी सिर्जना गरी कार्यरत कर्मचारीलाई प्राथमिकतामा राखी स्थायीत्वको प्रक्रियामा लैजाने र अवकाश भएका वा अवकाश लिन चाहने पुराना कर्मचारीको लागि सुविधा प्रदान गर्ने सहमती विपरित अहिलेको मस्यौंदाले अस्पष्ट शब्दावली प्रयोग गरी आम विद्यालय कर्मचारीलाई स्थानीय तहमा मिल्काउन खोजेको देखिन्छ । यसर्थ विगतका सहमती वमोजिम सङ्घीय सरकारले दरबन्दी सिर्जना गरी सबै कर्मचारीलाई अलिवम्व स्थायित्वको प्रक्रियामा लैजाने प्रबन्ध नयाँ ऐनले गर्नुपर्दछ ।
३. #बालकक्षा शिक्षकको सवालः अहिले पेश भएको विधेयकले प्रारम्भिक बाल शिक्षालाई विद्यालय संरचना बाहिर राखेको छ । विद्यालय शिक्षाको आधार रहेको प्रारम्भिक बाल शिक्षालाई संरचना बाहिर राख्नु विद्यालय शिक्षाको जग भत्काउनु जस्तै हो । त्यसैले यी शिक्षकका लागि प्राथमिक तृतीय सरहको दरबन्दी सिर्जना गरी स्थायित्वको प्रक्रियामा लैजानु पर्छ तर यो विधेयक मार्फत राज्य उल्टो बाटोमा हिंड्न खोजेको छ । प्रस्तुत विधेयकमा अविलम्व सुधार हुनुपर्दछ ।
३. #अस्थायी अवधि गणना तथा निवृत्तीभरणको सवाल : हाम्रै देशको विश्व विद्यालयमा पेन्सन प्रयोजनका लागि सबै अस्थायी अवधि गणना हुने व्यवस्था छ । त्यसैले विद्यालय शिक्षामा पनि यो प्रबन्ध लागू गरिनुपर्छ । यो विधेयक मार्फत् निवृत्तीभरणको सवालमा सरकारले शिक्षक–शिक्षक बिचमा विभेद खडा गर्न खोजेको छ । त्यसैले लामो समय अस्थायी सेवा गरी स्थायी भएका शिक्षकको हकमा अब आउने ऐन मार्फत् आवश्यक अस्थायी अवधि गणना गरी पेन्सनको व्यवस्था गरिनुपर्छ र नयाँ सङ्घीय शिक्षा ऐन जारी हुन अघि स्थायी भएका सबै शिक्षकलाई पुरानै प्रणाली अनुसार निवृत्तीभरण दिइनुपर्छ ।
४. #शिक्षक बढुवाको सवाल : बढुवाको मौजुदा अव्यवहारिक प्रबन्धले पुराना स्थायी शिक्षकहरु अत्यन्त पीडामा छन् । वि.सं. २०६० र २०६३ मा स्थायी भएका थुप्रै शिक्षकको अझै एक श्रेणी पनि बढुवा हुनसकेको छैन । यस्ता शिक्षकलाई न्याय दिन आवधिक बढुवाको व्यवस्था चाहिन्छ । आवधिक बढुवाले सबै स्थायी शिक्षकलाई उत्साहित गर्नेछ ।
विश्वविद्यालय सेवा, निजामती सेवा, प्रहरी, सेना लगायत सबै पेसामा विशिष्ट श्रेणीको प्रबन्ध छ । अब विद्यालय शिक्षा सेवामा पनि यो लागू गरिनुपर्छ । अहिलेको विधेयक विशिष्ट श्रेणी उल्लेख गरेपनि त्यसकालागि १५ वर्ष प्रथम श्रेणीमा काम गरेको हुनुपर्ने भन्ने शर्तराखी कुनै शिक्षकलाई विशिष्ट श्रेणीमा नपुग्ने अवस्था सिर्जना गर्न खोजेको छ । अन्य श्रेणीमा प्रतिस्पर्धा लागि ५ वर्षे अवधि कायम गरिएकोले यसमा पनि सोही अवधि तोकिनु पर्छ ।
५. #ग्रेड र तलव विभेद मिलानको सवाल : शिक्षण पेसाका केही तह र श्रेणीमा समान तहको निजामती सेवामा भन्दा अन्तिम ग्रेड सङ्ख्या कम रहेको छ । त्यसैगरी निमावि प्रथम र मावि द्वितीय (उपसचिव) बीचको तलवमा अन्तर छ । यी विभेदको अन्त्य अनिवार्य छ । यसकालागि नयाँ ऐनमा शिक्षकको तलवभत्ता र ग्रेड समान तहका निजामती सेवाका कर्मचारीको भन्दा कम हुने छैन भनी उल्लेख हुन जरुरी छ ।
६. #विद्यालय प्रधानाध्यापक नियुक्तिको सवाल : विद्यालयको प्राज्ञिक तथा प्रशासनिक तथा व्यवस्थापकीय दायित्व प्रधानाध्यापकमा रहेको छ । प्र. अ. चयनको काम पालिकामा दिंदा राजनैतिक आग्रह र पक्षधरताका आधारमा चलखेल हुने निश्चित छ । त्यसैले निश्चित सेवा अवधि पुगेका शिक्षकहरुबाट शिक्षक सेवा आयोग मार्फत परीक्षा लिई प्र.अ. नियुक्ति सिफारिस हुने विधि नयाँ ऐनमा आउन जरुरी छ । विधेयकमा अर्कै विधि प्रस्तावित छ ।
७. #पद समायोजनको सवाल : तोकिएको योग्यता भई सोझै प्राथमिक द्वितीय र नि.मा द्वितीयमा भर्ना भएका र त्यहीबाट माथिल्लो श्रेणीमा बढुवा भएका सबै स्थायी शिक्षकलाई समान स्तरको माथिल्लो तहको पदमा समायोजन गर्ने कुरा नयाँ ऐनमा आउनुपर्छ । विधेयकले यो कुरा समेटेको छैन ।
८. #शिक्षण काउन्सिलको सवाल : शिक्षकको रजिस्ट्रेसन, तालिम तथा पेसागत विकास लगायतका काम गर्ने गरी ऐनमा शिक्षण काउन्सिलको व्यवस्था गर्नुपर्छ । विधेयकमा यो विषय उल्लेख छैन ।
९. #शिक्षकको सरुवा र कार्यसम्पादन मूल्याङ्कनको सवालः यो विधेयकमा शिक्षकको सरुवाको सबै अधिकार पालिकामा प्रस्तावित गरिएको छ । त्यस्तै कार्यसम्पादन मूल्याङ्कनमा पनि पालिकालाई मुख्य भूमिकामा राखिएको छ । यसो हुँदा शिक्षकको पेसागत सुरक्षा र बृत्ति विकास स्थानीय राजनैतिक आग्रहको शिकार हुने निश्चित हुन्छ । यो प्रबन्धमा परिवर्तन गरी नयाँ ऐनमा महासङ्घसँग भएको सहमती वमोजिम व्यवस्था हुन आवश्यक छ ।
१०. #द्वन्द र राजनैतिक पीडित शिक्षकको सेवा अवधिको सवाल : द्वन्दकाकारण विस्थापित भएका वा पेसाबाट निस्कन बाध्य भएका अन्य सबै पीडित पक्षले न्याय पाउँदा सबै द्वन्द पीडित शिक्षकले अझै न्याय पाएका छैनन् । त्यसैगरी शैक्षिक आन्दोलनमा लागेर आफ्नो जीवन खपाएका शिक्षक नेताहरुको त्यो अवधिको सेवा नजोडिनाले तिनले नियमानुसार पाउनु पर्ने उपदान वा पेन्सन पाएका छैनन् । पञ्चायत कालमा व्यवस्था विरोधी भनेर तात्कालीन प्रशासनबाट पूर्वाग्रह राखी निष्कासनमा परेका केही शिक्षकहरु अझै सेवा सुविधाबाट विमुख छन् । यो ऐनले त्यस्ता सबै शिक्षकहरुलाई न्याय दिनुपर्छ ।
११. #शिक्षकको दुर्गम भत्ताको विषय : दुर्गम क्षेत्रमा कार्यरत शिक्षकलाई त्यहाँ कार्यरत निजामती कर्मचारी सरह दुर्गम भत्ता दिने व्यवस्था गर्नुपर्छ ।

मुगु जिल्ला को गमगढी बजारमा यही असोज ५ गते राति करिब १बजे देखि ४ बजे सम्म भीषण आगलागी  भएको छ यो अतिनै दु:खद र बिपत्ति क...
23/09/2023

मुगु जिल्ला को गमगढी बजारमा यही असोज ५ गते राति करिब १बजे देखि ४ बजे सम्म भीषण आगलागी भएको छ यो अतिनै दु:खद र बिपत्ति को अवस्थामा करोडौ को सम्पत्ति को क्षती भएको छ यसको एकिन बिबरण आउन बाकी भए पनि यो ठूलो बिपत्ति मा परेका पिडितहरुलाई स्थानिय तह र नेपाल सरकार ले तत्काल राहत उपलब्ध गराउन को लागि सबै मा हार्दिक अनुरोध गरिन्छ ।

मुगु जिल्लाको खत्याड गाउँपालिकाको विभिन्न शिर्षकमा अन्याधिक बेरूजू रकम देखिएको महालेखा परीक्षकको कार्यलयले उल्लेख गरेको ...
22/09/2023

मुगु जिल्लाको खत्याड गाउँपालिकाको विभिन्न शिर्षकमा अन्याधिक बेरूजू रकम देखिएको महालेखा परीक्षकको कार्यलयले उल्लेख गरेको छ।
मुगुको खत्याड गाउँपालिकाले विद्यालयले माग गरेको भन्दा धेरै रकम भुक्तानी गरेको पाइएको छ। श्री सर्वोदय माध्यामिक विद्यालय सुकाढिकले शिक्षकको तलव वापतको रकम १०,८१,२१५ (दश लाख ८१ हजार २ सय १५) रुपैयाँ माग गरेको भएपनि गाउँपालिकाले १३,७३,०८६ (तेह्र लाख ७३ हजार ८६) रुपैयाँ भुक्तानी दिएको पाईएको छ।
उक्त रकम किन र कसरी बढी निकाशा गरिएकाे हाे भन्ने कुराकाे अहिलेसम्म खुलासा भने भइसकेकाे छैन।
गाउँपालिकाले २,९१,८७१, (२ लखा ९१ हजार ८ सय ७१) रूपौयाँ बढी दिएको सो रकम असूली गर्न महालेखा परीक्षकको कार्यलयले निर्देशन दिएको छ। महालेखा परीक्षकको आर्थिक बर्ष ०७८/७९ को बार्षिक प्रतिबेदनमा निकासा गरिएको रकम नियमस्मवत नभएको पनि उल्लेख गरिएको छ।
त्यस्तै स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधा कानुन संसोधन र एकिकरण गर्न बनेको ऐन २०७७ को दफा (१०) अनसुार स्थानीय तहका पदाधिकारीहरुले अनूसूची २ मा उल्लेख भए बमोजिम बार्षिक एक पटक मात्र चाडपर्व खर्च पाउने व्यवस्था गरिएकाे छ।
साे गाउँपालिकाकी उपाध्यक्ष जयनन्दा रावलले ८० दिनको १६०० को दरले दोहोरो पर्नेगरी अनुगमन खर्च लिएकोले उक्त भुक्तानी गरिएकाे रकम रु १,२८,००० (एक लाख २८ हजार) रूपैयाँ उपाध्यक्ष रावलसँग फिर्ता गर्नुपर्ने महालेखा परीक्षकको कार्यालयले उल्लेख गरेकाे छ।
सामाजिक सुरक्षा वापतको रकममा खत्याड गाउँपालिकाले व्यापक लापवाही गरेकाे पाइएकाे छ। महालेखा परीक्षकको प्रतिवेदनले लेखा परीक्षण गर्दा सामजिक सुरक्षा भत्ताकाे रकम वितरणमा यथार्थपरक नभएको जनाएको छ।
कार्यविधि २०७५ ले लाभग्राहीको नाम दर्ता र नवीकरण,लगत कट्टा तोकिएको मिति भत्रै परिचयपत्र अनिवार्य नवीकरण गरी सामाजिक सुरक्षाम भत्ता वितरण गर्नुपर्ने उल्लेख गरेकाे छ।
प्रत्योक बर्ष लगत अध्यावधिक गरी लाभग्राहीको संख्या यकिन गर्नुपर्ने भत्ता वितरण गर्दा बैंक मार्फत वितरण गर्नुपर्ने सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी रुपमा सञ्चलान गर्न नियमित अनुगमन गर्नुपर्ने,केन्द्रिकृत सूचना प्रणालीमा प्रविष्टी गरेर अध्यावधिक गर्ने,सामाजिक सुरक्षा अख्तियारी पाउने स्थानीय निकायको हुने व्यवस्था गरिएको छ।
पालिकाहरूले चार-चार महिनाकाे अवधिमा कुल रकम उनिहरूकाे बैक खातामा जम्मा गर्नुपर्ने व्यवस्था भएपनि खत्याड गाउँपालिकाले अहिलेसम्म त्यसरी जम्मा गरेकाे नभेटिएकाे महालेखा परीक्षककाे कार्यलयले उल्लेख गरेकाे छ।
त्यस्तै उक्त गाउँपालिकाले समाजिक सुरक्षा भत्ता वितरण गर्नु पर्ने भन्दा बढी रकम निकास गरेकाे फेला परेकाे छ। गाउँपालिकाले रु ९२ लाख ८२ हजार ९ सय १२ रूपैयाँ बैंक मार्फत निकासा गरेकाे उल्लेख गरिएको छ।
त्यस्तै त्याे रकम मध्य अझै खातामा ७ लाख ६८ हजार ६ सय ५८ रूपैयाँ बाँकी रहेकोले उक्त रकम तत्काल संघिय संचित कोषमा दाखिला गर्नु पर्ने महालेखा परीक्षकको कार्यलयले उल्लेख गरेको छ।
त्यस्तै खत्याड गाउँपालिकाले सक्कल विल बेगर दुइ वटा कम्पनीलाई भुक्तानी गरेको पाइएको छ। आर्थिक कार्यविधि तथा वित्तीय नियमावली, २०७७ को नियम ३९ अनुसार सरकारी रकम खर्च गर्दा त्यस्तो खर्च पुष्टि गर्ने सक्कल विल भरपाई संलग्न गरि खर्च देखाउनु पर्ने व्यवस्था गरिएकाे छ।
गाउँपालिकाले स्माईल एडभटाईजिङ्ग प्रा.लि. ले १ लाख ९३ हजार ९ सय ९८ र एभरेष्ट वायरलेस नटेवर्क प्रा.लि.लाई १ लाख ३१ हजार रकम फोटोकपी गरेका कागजात पेस गरेको आधारमा ३ लाख २४ हजार ९ सय ९८ रूपैयाँ भुक्तानी गरेको पाइएको छ।
त्यस्तै आर्थिक कार्यविधि नियमावली २०६४ काे नियम ३६ (३) बमोजिम खर्च लेख्दा खर्चकाे विल भरपाई सहित लेखाजाेखा राख्ननु पर्ने व्यवस्था रहेकाे छ।
पालिकाले देहाय बमाेजिमकाे गाै.भाै.नं. र मितिमा विल भरपाई वेगर भुक्तानि दिएकाे खुलेकाे छ भने साे विवरण पेश नगरे अन्यथा जिम्मेवार व्याक्ति तथा फर्मबाट असलुउपर गरी प्रदेश संचित काेषमा दाखिला गर्नुपर्ने महालेका परीक्षणकाे कार्यालयले उल्लेख गरेकाे छ।
त्यस्तै गाउँपालिकाले यी दुइ जना व्यक्तिलाइ विल भरपाई वगेर रूपैयाँ निकासा गरेर खेमराज हमालले पेश्की फर्छौट गर्दा कुनै पनि प्रमाण पेश नगरेर ५ लाख र अर्का हरि बहादर बढुाले पनि पेश्की फर्छौट गर्दा कुनै पनि प्रमाण पेश नगरेर ४ लाख ९५ हजार रूपैयाँ जम्मा (९ लाख ९५ हजार )रूपैयाँ निकासा गरेकाे महालेखा परीक्षककाे कार्यालयले उल्लेख गरेकाे छ। साे व्यक्तिहरूले लिएकाे रकम बिना प्रमाण दिने सम्बन्धित व्यक्ति वा लिने व्यक्तिसँग असुल उपर गर्नु पर्ने प्रतिवेदनमा उल्लेख गरिएकाे छ।
त्यस्तै खत्याड गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिप बहादुर कार्कीले विल विना आफ्ना मान्छेलाइ रकम निकासा गरेर दिने गरेको स्रोतले बताएको छ। उनले नजिका मान्छेसँगको मिलेमोतोमा यसरी गाउँपालिको रकम हिनामिना गर्ने गरेको स्रोतको दाबी छ। कार्की प्रमुख प्रशासकिय अधिकृत भएदेखि गाउँपालिको रकम आफ्ना नजिकका मान्छेलाइ कुनै विल मिलाउदै त कुनै विल बेगर पनि भुक्तानी दिदै आएको स्रोत बताउ छ।
त्यस्तै महालेखाको प्रतिवेदनले बेरुजु असुली लक्ष्यअनुसार नभएको, कर्मचारी दरबन्दी अनुसार स्थायीपदपूर्ति नभएको, विकास निर्माण र सेवा प्रक्रियामा प्रभावकारिता नभएको,अनुदानप्राप्त योजनाको अनुगमन नभएको,वितरणमुखी कार्यक्रम सञ्चालन गरेको,आन्तरिक नियन्त्रण प्रणाली कमजोर देखिएको लगायतका दर्जनौं कमजोरी औंल्याएको देखिन्छ।
त्यसैगरी आम्दानी तथा खर्चको श्रेस्ता नगदमा आधारित लेखाप्रणाली अवलम्बन गरेको,पालिकाको पेस्कीबाहेक सम्पत्ति तथा दायित्वय किन नभएको प्रतिवेदनमा उल्लेख छ। महालेखा प्रतिवेदमा उल्लेख भएअनुसार विगत २०७८/०७९ सम्मको बेरुजु रकम अत्याधिक देखिएको छ।
लेखापरीक्षण ऐन २०७५ को दफा ४ र लेखा आयव्ययविवरण तयार कारोबार विवरण समावेश गरी आयविवरण तयार नगरेकाले खत्याड गाउँपालिकाले मनोमानी तयार गरेको विवरण यथार्थपरक नभएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ। विभिन्न उपभोक्ता समिति गठन गरी करोडाैं खर्च गरेको देखिएको छ।
कर्णाली प्रदेश स्थानीयतहका पदाधिकारीको सेवा सुविधा ऐन २०७५ को अनुसूची (क) माआफ्नो स्थानीयतह पालिकाभित्रको भ्रमण भत्ता दिने व्यवस्था छैन।
तर आफ्नै वडापालिका अनुगमनको पनि लाखौं रुपियाँ भ्रमण भत्तालिएका छन्। त्यसैगरी राजस्वको आम्दानी अभिलेख नराखेको र राजस्व कारोबार बैंक दाखिला गरेको देखिँदैन ।
सार्बजनिक खर्चको मापदण्ड कार्यबिधी तथा निर्देशिका २०७५ अनुसार सबै किसिमका तालिम गोष्ठी,सेमिनार कार्य संचालन पालिकास्तरमा कक्षा संचालन गर्दा ७ सय र कार्यपत्र वाफत ८ सय तोकेको भए पनि गाउँपालिकाले नियमबिपरित भत्ता बितरण गरेको मलेपको प्रतिबेदनमा उल्लेख गरिएको छ।

दुर्गम मुगु को कार्मारोङ गाउँ पालिका जनताले अहिलेसम्म सन्तोषजनक संचारको को सुविधा पाएका छैनन्। यसरी जुगाड गरेर कतिखेर मा...
18/09/2023

दुर्गम मुगु को कार्मारोङ गाउँ पालिका जनताले अहिलेसम्म सन्तोषजनक संचारको को सुविधा पाएका छैनन्। यसरी जुगाड गरेर कतिखेर मात्र टेलिफोन को टावर टिप्ने गर्दोरहेछ। कहिले होला मुगाली जनताले यस्ता आधारभूत सुविधा प्राप्त गर्ने ।

Address

Mugu

Website

Alerts

Be the first to know and let us send you an email when युवा जागरण मूगु posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share