14/08/2026
लागू औषध दुरुपयोगविरुद्ध सचेतना फैलाउने उद्देश्यले जिमुवा प्रहरी चौकीबाट कक्षा ८, ९ र १० का विद्यार्थीहरूलाई विशेष सचेतनामूलक कक्षा सञ्चालन गरिएको छ। 🚔📚
विद्यार्थीहरूलाई लागू औषधको असर, जोखिम र यसबाट बच्ने उपायबारे महत्वपूर्ण जानकारी प्रदान गरिएको यस कार्यक्रमले सुरक्षित र स्वस्थ समाज निर्माणमा सकारात्मक योगदान पुर्याउने विश्वास छ। 🙏