25/09/2026
प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै नेपालले भोगिरहेको बाढी, जलवायु संकट र त्यसले निम्त्याएको मानवीय तथा विकाससम्बन्धी समस्याबारे विश्व समुदायको ध्यानाकर्षण गराएका छन्।
नेपालमा पछिल्लो समय देखिएका विनाशकारी बाढी तथा हिमाली क्षेत्रमा बढ्दो जोखिमलाई उनले ‘हिमालयन सुनामी’को संज्ञा दिँदै यो केवल नेपालको समस्या नभएको बताए। उनले भनेझैँ, हिमालयले अहिले नै विश्वलाई चेतावनी दिइरहेको छ—त्यो चेतावनी सुन्ने र समयमै कदम चाल्ने बेला आइसकेको छ।
जलवायु परिवर्तनमा नेपालको योगदान निकै न्यून भए पनि यसको असर भने नेपालजस्ता हिमाली तथा विकासोन्मुख देशहरूले सबैभन्दा बढी भोग्नुपरेको प्रधानमन्त्री शाहले उल्लेख गरे। त्यसैले उनले जलवायु न्याय, पर्याप्त अनुदान र जलवायुजन्य क्षतिको उचित क्षतिपूर्तिको आवश्यकता औँल्याए।
नेपाल, भारत र चीनको सहकार्यमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्नुपर्ने प्रस्ताव राख्दै उनले हिमतालको निरन्तर निगरानी, प्रभावकारी पूर्वसूचना प्रणाली र सीमापार विपद् व्यवस्थापनलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए।
सम्बोधनका क्रममा उनले न्यायपूर्ण विश्वव्यवस्था, प्रभावकारी बहुपक्षीय सहकार्य र नयाँ पुस्ताको आकांक्षालाई सम्बोधन गर्ने लोकतान्त्रिक शासन प्रणालीको आवश्यकता पनि औँल्याए।
अन्त्यमा प्रधानमन्त्री शाहले नेपालको मौलिक आध्यात्मिक सन्देशलाई विश्वसामु राख्दै भने—
“भगवान् पशुपतिनाथले विश्वको कल्याण गरून्। यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्। धन्यवाद, नमस्ते।” Routine of Nepal banda