16/08/2026
📢 ललितपुरबासी युवा खेलाडीहरूलाई सुवर्ण अवसर 📣📢
FIFA U-15 World Cup & Festival 2026 (Boys) को लागि खुला खेलाडी छनोट कार्यक्रम।
अजरबैजानमा,October 22-31, 2026 सम्म हुने FIFA U-15 World Cup & Festival 2026 मा नेपालले सहभागिता जनाउने भयकोछ।
"Football Unites the World — Give Every Talent a Chance"
"विश्वलाई फुटबलले जोड्छ, हरेक प्रतिभालाई एक अवसर दिऔं"
यही नाराका साथ ४९ जिल्ला र ७ प्रदेशमा खेलाडी छनोट भइरहेकोले, यसै सन्दर्भमा, ललितपुर जिल्ला फुटबल संघले पनि आफ्नो जिल्लामा उत्कृष्ट खेलाडी छनोट कार्यक्रम सञ्चालन गर्न लागेको विषय सबैमा अवगत गराउँदछौं।
खेलाडीको योग्यता:
• उमेर:U-15 उमेर समूह सन् २०११ जनवरी १ देखि सन् २०१२ डिसेम्बर ३१ भित्र जन्मेका खेलाडीहरू।
• कागजात:जन्म दर्ताको सक्कल, पासपोर्ट साइज फोटो, अभिभावकको नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचय पत्र अनिवार्य।
• सामाग्री:आफ्नो खेल पोशाक, Boots & Kit सहित उपस्थित हुनुपर्ने।
छनोट हुने स्थान , मिति र समय:
स्थान: ANFA Complex Satdobato
• मिति:२०८३ भदौ २ गते, मंगलबार (१दिन )
• समय: बिहान ठिक ८ बजे ।
• सम्पर्क: नरेश थापा 9841573310
दिपक थापा 9841864813