27/08/2026
पिडरबनी फुटबल क्लबका होनहार खेलाडी तथा सक्रिय सदस्य, नेपाली सेनामा कार्यरत विवेक नारायण चौधरी हाल नुवाकोटमा कार्यरत हुनुहुन्छ। केही समयदेखि उहाँसँग हाम्रो क्लब तथा साथीभाइको प्रत्यक्ष सम्पर्क हुन नसकेको अवस्था छ।
कार्यव्यस्तता तथा मोबाइल नेटवर्कको कारण सम्पर्क हुन नसकेको हुनसक्ने हाम्रो विश्वास छ। उहाँ सकुशल हुनुहुन्छ र छिट्टै परिवार, आफन्त, साथीभाइ तथा क्लबको सम्पर्कमा आउनुहुनेछ भन्नेमा हामी पूर्ण आशावादी छौँ।
यस अवस्थाले उहाँको परिवार तथा आफन्तजनमा परेको चिन्ता र बेचैनीप्रति पिडरबनी फुटबल क्लब हार्दिक सहानुभूति तथा ऐक्यबद्धता व्यक्त गर्दछ। धैर्य र हिम्मतका साथ रहन सम्पूर्ण परिवारजनमा अनुरोध गर्दछौँ।
यदि कसैसँग विवेक नारायण चौधरीज्यूको अवस्था वा सम्पर्कबारे कुनै जानकारी भएमा उहाँको परिवार वा नजिकका साथीभाइलाई तुरुन्त जानकारी गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
विवेक, जहाँ हुनुहुन्छ, सुरक्षित र सकुशल हुनुहोस्। छिट्टै सम्पर्कमा आउनुहोस्—सम्पूर्ण पिडरबनी फुटबल क्लब परिवार तपाईंको प्रतीक्षामा छ।
सम्पर्कको लागि :
9815700855, 9804725057