KhelLive24

KhelLive24 Nepal's first 24-hour updated sports news portal
(1)

द गुरखा’ युकी आङ्देम्बेको अगाडि चिनियाँ चुनौती!  बुहुओगुबुसँग हुँदैछ खतरनाक MMA भिडन्तनेपाली MMA फाइटर युकी आङ्देम्बे ‘द...
04/09/2026

द गुरखा’ युकी आङ्देम्बेको अगाडि चिनियाँ चुनौती! बुहुओगुबुसँग हुँदैछ खतरनाक MMA भिडन्त

नेपाली MMA फाइटर युकी आङ्देम्बे ‘द गुरखा’ आफ्नो अर्को अन्तर्राष्ट्रिय चुनौतीका लागि तयार छन्।

युकीले चिनियाँ फाइटर बुहुओगुबुसँग प्रतिस्पर्धा गर्दैछन्। अन्तर्राष्ट्रिय MMA मा आफ्नो प्रभाव बढाउँदै आएका युकीका लागि यो भिडन्त अर्को ठूलो परीक्षा मात्र नभई नेपाललाई अन्तर्राष्ट्रिय MMA मञ्चमा चिनाउने महत्वपूर्ण अवसर पनि हो।

युकीको प्रोफेसनल रेकर्ड ८ जित र ३ हार रहेको छ। उनका जितमध्ये ५ वटा KO/TKO र २ वटा submission बाट आएका छन्। यसले युकीको फाइटिङ शैलीमा फिनिसिङ क्षमता कति महत्वपूर्ण छ भन्ने देखाउँछ।

युकीले आफ्नो करियरमा Cage Warriors Academy South East Featherweight Tournament Championship समेत जितिसकेका छन्। पछिल्ला फाइटमा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै Yacub Christ Nugroho लाई पहिलो राउन्डमै TKO गरेका थिए भने त्यसपछि Mandeep Prajapati लाई submission मार्फत पराजित गरेका थिए।

अहिले युकी आफ्नो आगामी फाइटको तयारीका लागि बालीमा नेपाली MMA स्टार रविन्द्र ढाँटसँगै प्रशिक्षण गरिरहेका छन्। दुवै जना Soma Fight Club मा प्रशिक्षण गर्दै आएका छन् र एकअर्काका training partners समेत हुन्।

अब युकीको अगाडि चुनौती बनेर उभिएका छन् बुहुओगुबु। आफ्नो striking, grappling र ground game को उत्कृष्ट संयोजनसहित ‘द गुरखा’ यो चुनौती पार गर्न तयार छन्।

के युकी आङ्देम्बेले बुहुओगुबुलाई पराजित गर्दै नेपालका लागि अर्को शानदार MMA जित निकाल्न सक्लान्?

तपाईंको अनुमानमा Yuki vs Buhuogubu मा कसले जित्ला?

कप्तान किरण चेम्जोङमाथि डोना थापाको कडा प्रहार!  “कप्तानीको जिम्मेवारी निभाउन सकेनन्”नेपाली राष्ट्रिय फुटबल टोलीका कप्ता...
04/09/2026

कप्तान किरण चेम्जोङमाथि डोना थापाको कडा प्रहार! “कप्तानीको जिम्मेवारी निभाउन सकेनन्”

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङमाथि पूर्वराष्ट्रिय फुटबलर डोना थापा मगरले गम्भीर प्रश्न उठाएका छन्। ⚽️

‘नोमिङ स्पोर्ट्स’ पोडकास्टमा बोल्दै डोनाले किरण कप्तान भए पनि नेपाली फुटबलमा देखिएका समस्या र खेलाडीहरूको आवाज उठाउने कप्तानीको वास्तविक जिम्मेवारी पूरा गर्न नसकेको आरोप लगाएका हुन्।

डोनाका अनुसार नेपाली फुटबलमा लिगको अभाव, खेलाडीहरूको दैनिक समस्या र एन्फाभित्रको राजनीतिको प्रभाव बढ्दै जाँदा पनि किरणले नेतृत्वदायी रूपमा आवाज उठाउन सकेनन्। उनले कप्तानीको पद गुम्ने वा एन्फाबाट कारबाही हुने डरका कारण किरण मौन बसेको दाबी गरेका छन्।

त्यस्तै, नेपाली फुटबलमा रहेको गुटबन्दी, नातावाद र कृपावादको प्रसङ्ग उठाउँदै डोनाले प्रतिभाशाली खेलाडीभन्दा व्यक्तिगत सम्बन्ध र पहुँचले राष्ट्रिय टोलीको छनोटमा प्रभाव पार्ने गरेको आरोपसमेत लगाए। उनका अनुसार यस्ता विषयमा पनि कप्तानबाट अपेक्षित अडान देखिएन।

अब प्रश्न उठेको छ- राष्ट्रिय टोलीको कप्तानले मैदानभित्र मात्र होइन, मैदानबाहिर पनि खेलाडी र नेपाली फुटबलको आवाज बन्नुपर्छ कि पर्दैन?

तपाईं डोना थापाको यो भनाइसँग सहमत हुनुहुन्छ? आफ्नो विचार कमेन्टमा लेख्नुहोस्।

बझाङको बाघको पावरको असली रहस्य खुल्यो... 😲आखिर कसरी भिडेका रहेछन् यी पावर हाउसहरू?रिङभित्र विपक्षीलाई सिनो बनाउने 'बाजाङ...
04/09/2026

बझाङको बाघको पावरको असली रहस्य खुल्यो... 😲आखिर कसरी भिडेका रहेछन् यी पावर हाउसहरू?
रिङभित्र विपक्षीलाई सिनो बनाउने 'बाजाङ्गको बाघ' रबिन्द्र धान्तको त्यो खत*रनाक शक्तिको पछाडि कुन अदृश्य शक्ति लुकेको छ? आज त्यो रह*स्य खुलेको छ! धेरैलाई लाग्थ्यो खेल केवल रिङभित्रको मात्र हो, तर सत्य त के हो भने यो टोलीले रिङ बाहिरबाट रचेको चक्र*व्यूह र खत*रनाक रणनीतिकै कारण आज नेपालले इतिहास रचिरहेको छ।नेपालको रग*त र अन्तर्राष्ट्रिय दिमागको यो यस्तो पावर हाउस हो, जसले विपक्षीको हरेक चाललाई रिङमै ध्व*स्त पारिदियो।
डिभिज पिया लामा, सोमा फाइट क्लबका कोच, र चिनियाँ सहयोगी कोचहरूको यो टोली नै रबिन्द्रको असली पखेटा र शक्ति हो। यो फा*इट अझै सकिएको छैन, वास्तविक यु*द्ध त अब सुरु हुँदैछ दोस्त!
चिनिराख्नुस्, यिनै हुन्
👇"इतिहास रच्ने मास्टरमाइन्ड टोलीलाई सलाम!
हेरौँ कति जनाले हाम्रो नेपाली टोलीलाई मनैदेखि स*पोर्ट गर्नुहुँदो रहेछ, क*मेन्ट ब*क्समा 'जय नेपाल' वा 'UFC नेपाल' लेखेर share गरि आफ्नो Bajhangi बाघ प्रति ऊर्जा देखाउनुहोस्!

रविन्द्र ढाँटसहितका प्रतिस्पर्धीलाई उछिन्दै भलिबल खेलाडी मिना सुनारले जितिन् पिपुल्स च्वाइस अवार्डनेपाली खेलकुदको प्रतिष...
04/09/2026

रविन्द्र ढाँटसहितका प्रतिस्पर्धीलाई उछिन्दै भलिबल खेलाडी मिना सुनारले जितिन् पिपुल्स च्वाइस अवार्ड

नेपाली खेलकुदको प्रतिष्ठित पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत भलिबल खेलाडी मिना सुनारले पिपुल्स च्वाइस अवार्ड जितेकी छन्। दर्शक तथा खेलप्रेमीले दिएको मतका आधारमा विजेता चयन हुने यस विधामा सुनारले अन्य चर्चित खेलाडीलाई पछि पार्दै उपाधि हात पारेकी हुन्।

पिपुल्स च्वाइस अवार्डका लागि मिना सुनारसँगै फुटबलकी पूजा राना, कराँतेकी सानुमाया थिङ, क्रिकेटका शेर मल्ल र मिक्स मार्सल आर्ट्स (एमएमए) का चर्चित खेलाडी रविन्द्र ढाँट मनोनयनमा थिए। पाँचै खेलाडीबीच भएको प्रतिस्पर्धामा अन्ततः मिना सुनार दर्शकको रोजाइमा अग्रस्थानमा रहिन्।

विशेषगरी एमएमएबाट चर्चामा आएका रविन्द्र ढाँट समेत यस विधिका बलिया दाबेदारमध्ये एक मानिएका थिए। तर दर्शक तथा खेलप्रेमीको मतमा मिना सुनार अगाडि रहँदै पिपुल्स च्वाइस अवार्ड आफ्नो नाममा गर्न सफल भइन्।

04/09/2026

चीनमा युकीको अर्को महाभिडन्त! ‘द गुरखा’को अनुभव र पुरानो च्याम्पियनको आत्मविश्वासले बुहुओगुबुलाई हराउला?

03/09/2026

मलेसियामा नेपालको ब्याक टु ब्याक जित,अर्जुन कुमाल र करण केसी नायक

चीनमा युकीको महाभिडन्त!  बुहुओगुबुसँग JCK Fight Night 129 मा भिड्दै युकी आङ्देम्बेनेपाली MMA फाइटर युकी आङ्देम्बे अब अर्...
03/09/2026

चीनमा युकीको महाभिडन्त! बुहुओगुबुसँग JCK Fight Night 129 मा भिड्दै युकी आङ्देम्बे

नेपाली MMA फाइटर युकी आङ्देम्बे अब अर्को रोमाञ्चक भिडन्तका लागि तयार भएका छन्। युकीले JCK Fight Night 129 मा चिनियाँ फाइटर बुहुओगुबुसँग प्रतिस्पर्धा गर्ने भएका छन्।

यो फाइट सेप्टेम्बर १९ मा चीनमा आयोजना हुँदैछ। घरेलु मैदानमा रहेका बुहुओगुबुविरुद्ध युकीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्ने लक्ष्य राख्नेछन्।

युकीको लागि यो केवल अर्को फाइट मात्र नभई अन्तर्राष्ट्रिय MMA यात्रामा आफूलाई अझ बलियो रूपमा प्रस्तुत गर्ने महत्वपूर्ण अवसर पनि हो। अर्कोतर्फ, चिनियाँ फाइटर बुहुओगुबु आफ्नै घरेलु समर्थकसामु जित निकाल्ने योजनामा हुनेछन्।

युकी आङ्देम्बे vs बुहुओगुबु
📅 सेप्टेम्बर १९
📍 चीन
🏆 JCK Fight Night 129

अब सबैको प्रश्न एउटै छ- के युकीले चीनमै घरेलु फाइटरलाई हराउँदै शानदार जित हासिल गर्न सक्लान्?

डोनाको खेल हेर्नुभएको थियो त ? 🤔
03/09/2026

डोनाको खेल हेर्नुभएको थियो त ? 🤔

लियोनेल मेस्सीको UE Cornellà सँगको नयाँ सम्बन्ध अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। मेस्सी आफ्ना तीन छोरा थियाग...
03/09/2026

लियोनेल मेस्सीको UE Cornellà सँगको नयाँ सम्बन्ध अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। मेस्सी आफ्ना तीन छोरा थियागो, माटेओ र सिरोसँग क्लबको हरियो जर्सीमा देखिएपछि यो तस्बिर तीव्र रूपमा भाइरल भइरहेको छ।

मेस्सीले वास्तवमै UE Cornellà को स्वामित्व खरिद गरेका हुन्। क्लबले नै १६ अप्रिल २०२६ मा आधिकारिक घोषणा गर्दै मेस्सी नयाँ मालिक बनेको पुष्टि गरेको थियो। यो कदमसँगै क्लबले आफ्नो नयाँ युग सुरु भएको बताएको छ।

UE Cornellà हाल स्पेनिस फुटबलको Tercera RFEF मा खेलिरहेको क्लब हो, जुन स्पेनको पाँचौँ तह हो। मेस्सीको आगमनलाई क्लबले स्थानीय प्रतिभा, युवा फुटबल र क्लबको दीर्घकालीन विकाससँग जोडेको छ।

तर सामाजिक सञ्जालमा फैलिएको अर्को दाबी भने फरक छ - मेस्सीका तीन छोराहरू पनि UE Cornellà का पहिलो खेलाडीका रूपमा अनुबन्धित भएका छन्। हालसम्म उपलब्ध आधिकारिक जानकारीले यस्तो दाबी पुष्टि गर्दैन। क्लबले सार्वजनिक गरेको पछिल्लो सामग्रीमा मेस्सी आफ्ना तीन छोरासँग क्लबको जर्सी लगाएर समर्थन जनाउँदै देखिएका हुन्।

अर्थात्, मेस्सीको क्लब खरिद गर्ने खबर सत्य हो, तर उनका तीन छोराहरू क्लबका खेलाडी बनेको दाबीलाई पुष्टि गर्ने आधिकारिक प्रमाण छैन। भाइरल तस्बिरलाई खेलाडीको अनुबन्धभन्दा पनि मेस्सी परिवारले नयाँ क्लबप्रति देखाएको समर्थनका रूपमा बुझ्नु उपयुक्त हुन्छ।

क्लबले २०२६/२७ सिजनलाई मेस्सीले अघि बढाएको नयाँ खेल परियोजनाको पहिलो सिजनका रूपमा प्रस्तुत गरेको छ, जसको लक्ष्य क्लबलाई फेरि Segunda RFEF तर्फ अघि बढाउनु रहेको छ।

अर्जेन्टिनी फुटबलमा मेस्सीको सम्मान: हरेक खेलको १०औँ मिनेटमा १ मिनेट ताली बजाइने​अर्जेन्टिनी फुटबल संघ (AFA) ले महान् फु...
03/09/2026

अर्जेन्टिनी फुटबलमा मेस्सीको सम्मान: हरेक खेलको १०औँ मिनेटमा १ मिनेट ताली बजाइने

अर्जेन्टिनी फुटबल संघ (AFA) ले महान् फुटबलर लियोनेल मेस्सीको ऐतिहासिक करियर र राष्ट्रिय टोलीबाट सन्यासको घोषणापछि विशेष सम्मानको निर्णय गरेको छ।
​यस सप्ताहान्त अर्जेन्टिनाका सबै डिभिजनका खेलहरूमा मेस्सीको १० नम्बर जर्सीको सम्मानस्वरूप पहिलो हाफको १०औँ मिनेटमा १ मिनेट खेल रोकिनेछ। उक्त समयमा खेलाडी, अफिसियल र दर्शकहरूले उभिएर ताली बजाउँदै (स्ट्यान्डिङ ओभेशन) मेस्सीप्रति सम्मान र कृतज्ञता प्रकट गर्नेछन्।

Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when KhelLive24 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to KhelLive24:

Shortcuts

Share