कागेश्वरी युवा क्लब

कागेश्वरी युवा क्लब Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from कागेश्वरी युवा क्लब, Sport & recreation, Sanobharyang, Kathmandu.

01/08/2026

सूचना
Kageshori Yuwa Club
महालक्ष्मी नगरपालिका वडा नं १०,
लकुरीभञ्ज्याङ, ललितपुर

मिति: २०८३/०४/१६

यस Kageshori Yuwa Club को कार्यावधि सकिन लागेको र नयाँ कार्यसमिति
गठन गर्नुपर्ने भएकोले क्लबमा आवद्ध भई शिक्षा, खेलकुद, सामाजिक कार्यमा
रुचि राख्ने इच्छुक महानुभावहरुलाई नयाँ कार्यसमितिमा उम्मेदवारी दिनको लागि
यो सूचना प्रकाशित गरिएको छ।

इच्छुक व्यक्तिले निम्न योग्यता पुगेको हुनुपर्नेछ:
1. उमेर १६ वर्ष पुरा भएको
2. महालक्ष्मी-१०, लकुरीभञ्ज्याङमा स्थायी/अस्थायी बसोबास भएको
3. क्लबको उद्देश्यप्रति आस्था राख्ने
4. विवादरहित र सामाजिक छवि राम्रो भएको

उम्मेदवारी दिने अन्तिम मिति: २०८३/०४/२२ गते बेलुका ५ बजे सम्म
सम्पर्क स्थान: सचिव, दिल बहादुर तामाङ
सम्पर्क नम्बर: ९८२३४४९०६४,९८६७३३९४२४

समाजसेवामा रुचि राख्ने सम्पूर्ण युवा दाजुभाइ तथा दिदीबहिनीहरुमा आफ्नो उम्मेदवारी दर्ता गराई क्लबलाई अझ सशक्त बनाउन सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं।

आज्ञाले,
कृष्ण तामाङ
अध्यक्ष
Kageshori Yuwa Club

01/08/2026

सूचना सूचना सूचना
Kageshori Yuwa Club
महालक्ष्मी नगरपालिका वडा नं १०, लकुरीभञ्ज्याङ, ललितपुर

मिति: २०८३/०४/१६ गते

यस Kageshori Yuwa Club जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्ने प्रक्रियामा रहेकोले
संस्थाको विधान अनुसार पहिलो वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा
बस्ने भएकोले सम्पूर्ण साधारण सदस्यज्यूहरुलाई अनिवार्य उपस्थितिको लागि अनुरोध गर्दछौं।

सभा स्थान : कोतेडाडा, महालक्ष्मी-१०, ललितपुर
सभा मिति : २०८३/०४/२३ गते शनिबार
सभा समय : ७.३० बजे

सभाका मुख्य एजेन्डाहरु:
1. अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित
2. कोषाध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुत तथा पारित
3. विधान पारित
4. नयाँ कार्यसमिति निर्वाचन
5. विविध

नोट: तोकिएको समयमा कोरम नपुगेमा आधा घण्टा पछि जतिसुकै संख्यामा भएपनि
सभा सञ्चालन हुनेछ।

आज्ञाले,
दिल बहादुर तामाङ
सचिव
Kageshori Yuwa Club
सम्पर्क: ९८२३४४९०६४

13/07/2026

काठमाडौँ /२८ असार – स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुल र प्राइम कमर्सियल बैंक लिमिटेडको संयुक्त …

कागेश्वरी युवा क्लबको संयोजनमा कालीदेवि मा.वि. र वासुकी मा.वि. लाई मन्टेश्वरी शिक्षक तालिम प्रदान तथा गुणस्तर शिक्षा प्र...
12/07/2026

कागेश्वरी युवा क्लबको संयोजनमा कालीदेवि मा.वि. र वासुकी मा.वि. लाई मन्टेश्वरी शिक्षक तालिम प्रदान तथा गुणस्तर शिक्षा प्रदान गर्ने उद्देश्यसहितको योजनालाई स्वस्थी श्री गुरुकुल आइ बि वर्ल्ड स्कुलद्वारा आवश्यक बजेट अक्षरुपी रू पाँच लाख (५,००,०००|-) सहयोग गर्नु भएकोमा उक्त स्कुलको संस्थापक श्री माननीय रामकृष्ण चित्रकार ज्यूलाई कागेश्वरी युवा क्लबको तर्फबाट विशेष धन्यवाद दिन चाहन्छु।

11/07/2026

कागेश्वरी युवा क्लबको पहलमा साथै स्वस्ति श्री गुरुकुल को सहयोगमा कालिदेवी मा.वि. र बासुकी मा.वि. को लागि "मन्टेश्वरी तालिम प्रदान, शिक्षा गुणस्तर अभिवृद्धि" शीर्षकको योजना अन्तर्गत मिति २०८३/०३/२८ गते स्वस्ति श्री गुरुकुलको परिसरमा हुन गइरहेको चेक हस्तान्तरण कार्यक्रममा सहभागी हुन कागेश्वरी युवा क्लबको पदाधिकारीहरु, कालिदेवी मा.वि. र बासुकी मा.वि. को व्यवस्थापन समिति र प्रधानाध्यापक ज्यूहरु लाई विनम्र अनुरोध गर्दछु।
कार्यक्रम समय : बिहान १० बजे(८.३० बजे निस्कने गरि कोतेडाडा आउनुहोला)
कार्यक्रम स्थान : स्वस्ति श्री गुरुकुल, सानोभर्याङ

दुर्घटनाको उच्च जोखिम भएको हुनाले बाटोको अवस्थालाई मध्यनजर गर्दै दुर्घटना न्युनिकरण गर्न लामाटार, लाकुरी भञ्ज्याङ हुँदै ...
10/07/2026

दुर्घटनाको उच्च जोखिम भएको हुनाले बाटोको अवस्थालाई मध्यनजर गर्दै दुर्घटना न्युनिकरण गर्न लामाटार, लाकुरी भञ्ज्याङ हुँदै मानेदोभान जाने सडकमा पूर्ण रुपमा टिपर प्रवेश निषेध गरिएको जानकारी गराउदछौ। साथै उक्त निर्णयबाट पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौ।
कागेश्वरी युवा क्लब

16/04/2026
16/04/2026

Second lakuri cup 2082 (2083/01/01)
Final match
Rajdhani fc vs sahanshil yc

दोस्रो लाकुरी कप २०८२ फाइनल खेल पस्चात पुरस्कार वितरण कार्यक्रमको केही तस्विरहरू साथै उपस्थित प्रमुख अतिथि माननीय युवा त...
15/04/2026

दोस्रो लाकुरी कप २०८२ फाइनल खेल पस्चात पुरस्कार वितरण कार्यक्रमको केही तस्विरहरू
साथै उपस्थित प्रमुख अतिथि माननीय युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल केसी ज्यु, विशेष अतिथि ललितपुर क्षेत्र नम्बर १ को माननीय बुद्ध रत्न महर्जन ज्यु, म.न.पा.वडा नं १० को वडा अध्यक्ष विजय लामा ज्यु, प्रमुख अतिथि ज्युहरु, सुरक्षाकर्मी ज्युहरु, श्वास्थ्य कर्मी, स्वयंसेवक ज्युहरु, आर्थिक सहयोगी दाताहरु, उपस्थित भइ खेलको गरिमा बढाइदिनु हुने सम्पूर्णलाइ कागेश्वरी युवा क्लब हार्दिक धन्यवाद व्यक्त गर्दछु।

12/04/2026

Sahanshil fc vs kakrabari fc

Address

Sanobharyang
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when कागेश्वरी युवा क्लब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share