24/05/2015
नेपालले पहिलो खेल अमेरिकासँग खेल्ने
काठमाडौं–आइसिसी विश्व ट्वान्टी–२० छनोट प्रतियोगितामा नेपालको पहिलो
खेल चिरपरिचित प्रतिद्वन्द्वी
अमेरिकासँग हुने भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद
(आइसिसी) ले आयरल्यान्ड र स्कटल्यान्डले
संयुक्त आयोजना गर्ने छनोट
प्रतियोगिताको बिहीबार खेल तालिका
सार्वजनिक गरेको छ।
नेपाल र अमेरिका समूह ‘ए’ परेका छन् ।
उक्त समूहमा सहआयोजक तथा साबिक
विजेता आयरल्यान्ड, हङकङ, पपुवा
न्युगिनी, नामिबिया र जर्सी छन् ।
छनोट जुलाई ९ देखि २६ सम्म हुनेछ ।
अफगानिस्तान, युएई, नेदरल्यान्ड्स,
सहआयोजक स्कटल्यान्ड, क्यानडा, केन्या
र ओमान समूह ‘बी’ मा छन् ।
नेपालले छनोटको पहिलो खेल जुलाई १०
मा अमेरिकासँग खेल्नेछ ।
छनोटमा भाग लिने १४ मध्ये शीर्ष ६
टोलीले अर्को वर्ष भारतमा हुने विश्व
ट्वान्टी–२० मा प्रतिस्पर्धा गर्न
पाउने छन् । विश्व ट्वान्टी –२० अर्को
वर्ष मार्च ११ देखि ३ सम्म हुनेछ ।
नेपालले गत वर्ष बंगलादेशमा सम्पन्न
विश्व ट्वान्टी–२० मा पहिलोपटक भाग
लिएको थियो । त्यति बेला छनोट चरण
पार गर्नेमा नेपालसहित अफगानिस्तान,
हङकङ, आयरल्यान्ड, नेदरल्यान्ड्स र
संयुक्त अरब इमिरेट्स (युएई) थिए ।
छनोट चरणका १४ राष्ट्रलाई आइसिसीले
दुई समूहमा विभाजन गरेको छ । लिगकम
नकआउटपछि समूहका शीर्ष टोली स्वतः
अन्तिम चरणलाई छानिन्छन् । त्यसपछि
दुवै समूहका दोस्रो र तेस्रो टोलीबीच
क्रस गराएर प्रतिस्पर्धा गराइनेछ ।
त्यसमध्ये जित्ने दुई टोली विश्व
ट्वान्टी–२० का लागि छनोट हुनेछ ।
क्रसबाट पनि पराजित हुने टोलीले दुई
समूहका चौथो हुने टोलीसँग प्रतिस्पर्धा
गर्नेछ । त्यसको दुई विजेता अन्तिम
टोलीका रुपमा विश्व ट्वान्टी–२०
क्रिकेटका लागि छनोट हुनेछन् ।
छनोटको अन्तिम तीन दिन फाइनल तथा
तेस्रो, चौथो र पाँचौं छैटौंलाई प्लेअफ खेल
हुनेछ । त्यसैको आधारमा विश्व ट्वान्टी–
२० का लागि सहभागी राष्ट्रको
वरियता निर्धारण गरिनेछ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका
प्रशिक्षक पुबुदु दासानायकेले नेपाल
दोस्रोपटक विश्व ट्वान्टी–२० छनोट
हुने बलियो सम्भावना रहेको बताएका छन्
। ‘हामी सहज समूहमा परेका छौं । आफ्नो
क्षमताअनुसार प्रदर्शन ग¥यौं भने
अघिल्लो चरण पुग्न कठिन हुने छैन,’ उनको
विश्वास छ, ‘नेपालले दोस्रोपटक विश्व
ट्वान्टी–२० क्रिकेट खेल्ने पर्याप्त
सम्भावना छ ।’
दासानायकेले तत्काल छनोटका लागि
नेपालमा तयारी थाल्ने सम्भावना
नभएकाले जुन १ मा विदेश जान सक्ने
बताएका छन् । नेपाल टोलीको तयारीका
लागि नेपाल क्रिकेट संघ (क्यान) ले भारत
लैजाने पहल गरिरहेको जानकारी उनले
गराए ।
नेपालले दोस्रो खेल नामिबियाविरुद्ध
जुलाई ११ मा र जुलाई १३ मा
आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।
अर्को चिरप्रतिद्वन्द्वी हङकङसँग जुलाई
१५ मा प्रतिस्पर्धा गर्ने नेपालले जुलाई
१७ मा पपुवा न्युगिनीको सामना गर्नेछ
। टोलीले अन्तिम खेल जुलाई १८ मा
जर्सीविरुद्ध खेल्नेछ ।
छनोटअघि नेपालले दुईटा अभ्यास खेल खेल्ने
बताइएको छ । नेपालले जुलाई ६ मा ओमान
र त्यसपछि युएईसँग खेल्नेछ ।
ट्वान्टी–२० छनोट चरण सकिएलगत्तै
नेपालले स्कटल्यान्डविरुद्ध लिस्ट ‘ए’ को
आइसिसी विश्व क्रिकेट लिग
च्याम्पियनसिप खेल्दैछ । नेपाल र
स्कल्यान्डबीच जुलाई २९ र ३१ मा
प्रतिस्पर्धा हुनेछ । यसअघि जुलाई २५ र
२७ का लागि खेल तयर भएको थियो।
आइसिसी ट्वान्टी–२० छनोट
समूह ‘ए’
नेपाल, आयरल्यान्ड, हङकङ, पपुवा
न्युगिनी, नामिबिया, अमेरिका र जर्सी
समूह ‘बी’
अफगानिस्तान, युएई, नेदरल्यान्ड्स,
स्कटल्यान्ड, क्यानाडा, केन्या र ओमान ।