06/06/2026
Chetraj Bhatta ज्युलाई राष्ट्रिय अपाङ्ग महासंघ नेपालको सुदूरपश्चिम प्रदेश कार्यसमितिको छैटौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट प्रदेश कोषाध्यक्ष जस्तो गरिमामय पदमा सर्वसम्मत चयन हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।
बहिरा युवा अधिकारकर्मीका रूपमा यहाँले पुर्याउँदै आउनुभएको योगदान प्रेरणादायी र प्रशंसनीय छ । साथै, सुदूरपश्चिम बहिरा खेलकुद संघ, धनगढी कैलालीका अध्यक्ष एवं सर्वाङ्गी अपाङ्गता समाज विकास नेपालको सुदूरपश्चिम प्रदेश सचिवका रूपमा यहाँले निर्वाह गर्दै आउनुभएको जिम्मेवारीले अपाङ्गता अधिकार, समावेशिता तथा नेतृत्व विकासमा थप ऊर्जा प्रदान गर्ने विश्वास लिएको छु ।
यहाँको कार्यकाल सफल, प्रभावकारी तथा उपलब्धिमूलक रहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।
धन्यवाद ।