15/03/2026
जित्नु मात्र ठुलो कुरा होइन बैनी। रिङमा कसको खेल कति राम्रो थियो भन्ने कुरा सबैले देखेका छन्। चिन्ता नगर, मेरो बैनी। नेपालमा यस्तै हुन्छ—यहाँ कहिलेकाहीँ राम्रो खेललाई भन्दा आफ्ना मान्छेलाई धेरै हेरिन्छ। तर तिम्रो मिहिनेत, साहस र खेल्ने तरिका सबैले देखेका छन्। हारले होइन, तिम्रो संघर्षले तिमीलाई अझ बलियो बनाउँछ। अगाडि बढ, हामी सधैं तिम्रो साथमा छौँ। 🥊🔥