09/08/2026
Congratulations Bipin.
हाल इंग्ल्यान्डमा रहेका नेपाली क्रिकेटर बिपिन शाहीले साउथ वेल्स क्रिकेटको दोस्रो डिभिजनमा शानदार दोहोरो शतक प्रहार गरेका छन्।
Baglan CC क्लबको प्रतिनिधित्व गरिरहेका दायाँहाते ब्याटर शाहीले क्लबको इतिहासमै पहिलो दोहोरो शतक बनाउने कीर्तिमान कायम राख्दै २४९ रन बनाए जुन क्रममा उनले ११ चौका र २६ छक्का प्रहार गरे। क्लबको लागि उनले यो सिजन ११ खेलमा ८६५ रन बनाइसकेका छन्।
२२ वर्षीय ब्याटर शाही नेपाली घरेलु क्रिकेटमा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै आएका छन्।