नेपाल सितोरियो सोबुकान कराते डो, काठमाडौं

  • Home
  • Nepal
  • Kathmandu
  • नेपाल सितोरियो सोबुकान कराते डो, काठमाडौं

नेपाल सितोरियो सोबुकान कराते डो, काठमाडौं Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेपाल सितोरियो सोबुकान कराते डो, काठमाडौं, Sports, Chandragiri-14, Kathmandu.

नेपाल सितोरियो सोबुकान कराते डो सघंको मिति २०८२ साल मंसिर ५ र ६ गते सम्पन्न कोशि प्रदेशको सातौँ सिनियर ग्रेडिङ तथा सेमिन...
23/11/2025

नेपाल सितोरियो सोबुकान कराते डो सघंको मिति २०८२ साल मंसिर ५ र ६ गते सम्पन्न कोशि प्रदेशको सातौँ सिनियर ग्रेडिङ तथा सेमिनार कार्यक्रम दौरान कराते को टेक्निकल कुरा हरु बारे प्रशिक्षण दिनु हुदैँ नेपाल सितोरियो सोबुकान कराते डो सघंका प्रमुख प्रशिक्षक आदरणीय गुरु सजन श्रेष्ठ ज्यु ।।।

जागरुक युथ नेपाल - Jyn तथा रोट्र्याक क्लव अफ शिखलापुर संगको सहकार्यमा हामी नेपाल सितोरियो सोबुकान कराते डो, काठमाडौं पनि...
15/09/2024

जागरुक युथ नेपाल - Jyn तथा रोट्र्याक क्लव अफ शिखलापुर संगको सहकार्यमा हामी नेपाल सितोरियो सोबुकान कराते डो, काठमाडौं पनि केही राम्रो गर्ने काम मा जोडिएको छौ। कार्यक्रममा बिशेष त हामिले त्यहा हुनुभएका नानिहरुलाई स्लेफ डिफेन्सको तालिम दिने जमर्को गरेको छौ। साथ सहयोग र यो एकदमै राम्रो कार्यको लागि हामिलाई दिनुभएको अवसर को लागि आयोजक तथा सहयोगी सवैलाई धन्यवाद ।

सम्पुर्ण मा नमस्कार 🙏
हामी यो वर्ष पनि विगतका दिनमा जस्तै यी साना नानीहरुको ओठमा मुस्कान छर्ने सानो प्रयास गर्दैछौं

नेपालीहरूको महान चाड विजया दशमीको अवसरमा बिगत वर्षहरूमा झैं यस वर्ष पनि ''बडा दशैँमा सबको खुशी हाम्रो चाहना, नयाँ लुगा अनि मीठो खाना'' नारा सहितको कार्यक्रम धुलिखेल स्थित ''Sahara a children's Home ' मा गर्न जाँदैछौ । उक्त आश्रममा १२ जना बालिकाहरु रहेका छ्न्।

दशैँको अवसर पारि यहि असोज १९ गते शनिबारको दिन उक्त आश्रममा जागरुक युथ नेपाल-JYN को आयोजना तथा नेपाल सितोरियो सोबुकान कराते डो, काठमाडौ जिल्ला कमिटी र रोट्र्याक क्लव अफ शिखलापुर, धुलिखेलको सहकार्यमा गर्न गइरहेको जानकारी सबैमा गराउन चाहान्छौं । साथै सो कार्यक्रम सफल बनाउन तपाइँहरुको साथ र सहयोगको अपेक्षा गर्दछौँ ।

आउनुहोस् ती बालबालिकाहरुको अनुहारमा सबै मिलि मुस्कान छर्ने प्रयास गरौं...

आवश्यक सामाग्रीहरू :-
१. लुगा - १२थान
२. मीठो खानाको लागि आवश्यक खाद्यान्न
बजेट :- अन्दाजी रु.५०,०००/- (रुपैया पचास हजार मात्र)
( सहयोग गर्न इच्छुकले सम्पर्क गर्न अनुरोध गर्दछौ )
सम्पर्क व्यक्ति :- Sanjib Shahi Sasukiyo Sasoal
Saroj Puri (9849823842)
संजिब अधिकारी (9860299527)
Makaju (9843184537)
Esewa ID :- 9849198629 (Sanjib Shahi)

नाग पञ्चमीको पावन अवसरमा सम्पूर्णलाई हार्दिक शुभकामना!🙏नेपाली परम्परामा नाग पञ्चमीको विशेष महत्त्व छ। यो पर्वले हाम्रो स...
09/08/2024

नाग पञ्चमीको पावन अवसरमा सम्पूर्णलाई हार्दिक शुभकामना!🙏
नेपाली परम्परामा नाग पञ्चमीको विशेष महत्त्व छ। यो पर्वले हाम्रो संस्कृति र प्रकृतिप्रतिको सम्मानलाई झल्काउँछ। नाग देवताको पूजासँगै हामीले वातावरण संरक्षण र जैविक विविधताको महत्त्वलाई पनि सम्झन्छौं।
सद्भाव र समृद्धिको कामना गर्दै, नाग पञ्चमीको शुभकामना!

आज मिति २०८१ श्रावण २० गते हाम्रो यस नेपाल सितोरियो सोबुकान कराते डो सघंका काठमाडौ कमितटिका सदस्य तथा जोसिला युवा समाज स...
04/08/2024

आज मिति २०८१ श्रावण २० गते हाम्रो यस नेपाल सितोरियो सोबुकान कराते डो सघंका काठमाडौ कमितटिका सदस्य तथा जोसिला युवा समाज सेवी श्री सन्जिव शाहि ज्यू को आज पर्न गएको जन्मदिनको शुभ उपलक्ष्यमा उहाँको
सु:स्वास्थ्य, दीर्घायु तथा उत्तोरोतर प्रगतीको कामना सहित
जन्मदिनको लाखौ लाख शुभकामना
सधै खुसी र स्वस्थ्य रहनु
Happy birthday

आज मिति २०८१-०४-१९ गतेका दिन नेपाल सितोरियो सोबुकान कराते डो संघ काठमाडौंले आयोजना गरेको कार्यक्रम बधाई तथा परिचयात्मक क...
03/08/2024

आज मिति २०८१-०४-१९ गतेका दिन नेपाल सितोरियो सोबुकान कराते डो संघ काठमाडौंले आयोजना गरेको कार्यक्रम बधाई तथा परिचयात्मक कार्यक्रम सम्पन्न भयो।उक्त कार्यक्रममा सभापति का रुपमा नेपाल सितोरियो सोबुकान कराते डो संघ काठमाडौंका अध्यक्ष श्री नेसन महर्जन ज्यु, प्रमुख अतिथिका रूपमा काठमाडौं जिल्ला खेलकुद बिकास समितिका नव नियुक्त अध्यक्ष श्री भाइ कृष्ण बलामी ज्यु, बिशिस्ट अतिथिका रुपमा चन्द्र्गिरी नगर पालिका वडा नं-१३ का वडा अध्यक्ष श्री श्रीकृष्ण खत्री ज्यु, नेपाल सितोरियो सोबुकन कराते डो संघका अध्यक्ष श्री उत्तम कुमार खड्का ज्यु, नेपाल सितोरियो सोबुकन कराते डो संघका प्रमुख प्रशिक्षक तथा मध्यपुर कराते एकेडमीका सस्थापक अध्यक्ष श्री सजन श्रेष्ठ ज्यु तथा नेपाल सितोरियो सोबुकन कराते डो संघका कोषाध्यक्ष तथा नेपाल सितोरियो सोबुकन कराते बागमती प्रदेशका अध्यक्ष श्री सनिश श्रेष्ठ ज्युको उपस्थिति थियोे।कार्यक्रमका प्रमुख अतिथि श्री भाइ कृष्ण बलामी ज्युलाई काठमाडौं जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष जस्तो गरिमामय पदमा नियुक्त हुनु भएकोमा सोबुकन कराते डो काठमाडौं संघ परिवार अत्यन्तै गौरवान्बित भएका छौ। र साथ साथै का.जि.खेलकुद बिकास समितिका अध्यक्ष ज्युलाई सोबुकन कराते डो काठमाडौं संघबाट दोसल्ला माला सहित बधाई तथा सम्मान गरियो। साथै काठमाडौं जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष ज्यु, चन्द्रागिरी नगरपालिका वडा नं-१३ र १४ का वडा अध्यक्ष, सोबुकन कराते डो संघ सोबुकन कराते बागमती प्रदेश कमिटी र काठमाडौं कमिटी बीचमा परिचयात्मक कार्यक्रम पनि सप्पन्न भयो। उपस्थित हुनु भएका प्रमुख अतिथी, विशिष्ट अतिथी,तथा अतिथी ज्यु हरुमा नेपाल सितोरियो सोबुकन कराते डो काठमाडौं परिवार द्वारा मायाको चिनो पनि प्रदान गरियो।साथै उपस्थित हुनु भएका प्रमुख अतिथी, विशिष्ट अतिथी,तथा अतिथी ज्यु हरुबाट नेपाल सितोरियो सोबुकन कराते डो बागमती प्रदेश कमिटी र नेपाल सितोरियो सोबुकन कराते डो काठमाडौं कमिटी का पधदिकारी तथा सदस्य ज्यु हरुलाइ टीका खादा सहित बधाई कार्यक्रम भब्यताका साथ सम्म्पन्न भयो।

बधाई नेपाली महिला भलिबल टीम भारत लाई हराउन शफल भएको मा औतिहासिक जितजय नेपाल जय खेलकुद
03/08/2024

बधाई नेपाली महिला भलिबल टीम भारत लाई हराउन शफल भएको मा
औतिहासिक जित
जय नेपाल
जय खेलकुद

Shout out to my newest followers! Excited to have you onboard! Veevek Mhrzn, Renuka Karmacharya, Ramesh Karmacharya, Shr...
31/07/2024

Shout out to my newest followers! Excited to have you onboard! Veevek Mhrzn, Renuka Karmacharya, Ramesh Karmacharya, Shree Krishna, Rammaya Maharjan

आज भएको नेपाल सितोरियो सोबुकान कराते डो संघ को प्रथम बागमती प्रदेश अधिवेशनमा काठमाडौं जिल्ला कमिटीमा रहनु भएको श्री सम्र...
22/07/2024

आज भएको नेपाल सितोरियो सोबुकान कराते डो संघ को प्रथम बागमती प्रदेश अधिवेशनमा काठमाडौं जिल्ला कमिटीमा रहनु भएको श्री सम्राट महर्जन(काठमाडौं जिल्ला कोषाध्यक्ष )बागमती प्रदेश सचिवमा ,श्री सजीव अधिकारी( काठमाडौं जिल्ला सचीव )बागमती प्रदेश सदस्यमा साथै निरु महर्जन ( काठमाडौं जिल्ला उपाध्यक्ष )बागमती प्रदेश सदस्यमा चयन हुनु भएकामा हर्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं । साथै नेपाल सितोरियो सोबुकान कराते डो संघ को काठमाडौं जिल्ला उपाध्यक्ष तथा बागमती प्रदेश सदस्य श्री निरु महर्जन ज्यूको आज पर्न गरेको वार्षिक जन्मोत्सवको सुभकामना पनि वक्त गर्न चहन्छौ।

आज मिति २०८१ साल श्रावन ७ गते सोमबारको दिन यस नेपाल सितोरियो सोबुकान कराते डो संघको बागमती प्रदेशको प्रथम अधिवेशन भव्यता...
22/07/2024

आज मिति २०८१ साल श्रावन ७ गते सोमबारको दिन यस नेपाल सितोरियो सोबुकान कराते डो संघको बागमती प्रदेशको प्रथम अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ।प्रथम अधिवेशन बाट तपसिल बमोजिमका पदाधिकारी एवम् सदस्य हरु निर्वाचित भएका छन् ।
अध्यक्ष : सनिश श्रेष्ठ
उपाध्यक्ष : रफि मिया अन्सारी
उपाध्यक्ष : सुबास गौतम
सचिव : सम्राट महर्जन
कोषाध्यक्ष : हरि मानन्धर
सदस्य: भाइ काजी श्रेष्ठ
सदस्य: मोहन चौ प्रधान
सदस्य : दीपा श्रेष्ठ
सदस्य : दिनेश श्रेष्ठ
सदस्य : मनिष श्रेष्ठ
सदस्य : संजिव अधिकारी
सदस्य : सजिश खड्गी
सदस्य: जमुना शाही
सदस्य : फुर बहादुर तामाङ
सदस्य : रुद्र बहादुर गुरुङ
सदस्य : निरु महर्जन
सदस्य : अस्मिता श्रेष्ठ

नवनिर्वाचित सम्पुर्ण पदाधिकारी एवम् सदस्य ज्यु हरुलाई सफल कार्यकालको शुभकामना ।।।

आज मिति २०८१.०४.०६ गते पर्न गएको गुरु पुर्णिामाको दिन भक्तपुर स्थित मध्यपुर कराते एकेडेमीमा स्व. हिरोमासा तानाका र स्व. ...
21/07/2024

आज मिति २०८१.०४.०६ गते पर्न गएको गुरु पुर्णिामाको दिन भक्तपुर स्थित मध्यपुर कराते एकेडेमीमा स्व. हिरोमासा तानाका र स्व. धन बहादुर महर्जन ज्युको सम्झ्ना सहित हाम्रा गुरु सजन श्रेष्ठ, ध्वजमान मोक्तान र यादव गुरुका साथै अन्य जिल्ला वाट पाल्नुभएका गुरुहरु संग उत्साहका साथ गुरु पुर्णिामा मनाउनु को साथै भोलि हुन गैरहेको प्रदेश कमिटी गठन सम्बन्धी छलफल पनि गरिएको छ।

Address

Chandragiri-14
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when नेपाल सितोरियो सोबुकान कराते डो, काठमाडौं posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category