24/08/2026
सुदूरपश्चिम प्रदेशका नवनियुक्त माननीय मुख्यमन्त्रि, श्री खगराज भट्टज्यु, ऐ प्रदेशकै उद्योग‚ पर्यटन‚ वन तथा वातावरण मन्त्रालयका मन्त्रि‚ श्री प्रकाश रावलज्यु, सामाजिक विकास मंत्री, श्री सन्तोषी थापा, तथा अर्थ मंत्री, श्री चक्र ब. मल्लज्युसँग यस महासंघका अध्यक्षज्युले यसै हप्ता औपचारिक भेटघाट गरि, यस महासंघले आ. ब. २०८३/०८४ मा अछाम र बाजुरा जिल्लाका क्षेत्रहरु समेटी, आयोजना गर्ने "रामारोशन - बडिमालिका स्काई रन - २०२७" को प्रस्तावना पेश गरि उक्त निकायहरुबाट आर्थिक सहयोग रकम प्रायोजन हुन तथा बजेट बिनियोजन हुन बृहत छलफल तथा सहकार्य अगाडी बढेको छ।