गजल साहारी मुक्त संग्रहालय

  • Home
  • Nepal
  • Kathmandu
  • गजल साहारी मुक्त संग्रहालय

गजल साहारी मुक्त संग्रहालय like page ...

20/03/2023

March 18 तारीख देखि मलेसिया सरकारले नेपाली कामधारलाई लिन बन्द गरेको छ है साथीहरू बिचार गर्नु /

27/02/2023

अभिनेता Paul Shah लाई मेरो सुझाव !
Tiktok मा हिट भएर म्युजिक भिडियो खेल्न खोज्नेलाई वास्ता नगर्न आग्रह ✨

शिर्षक: मेरो कथा     भाग: 1   दिदीलाई चिट्ठी 📖📓✍️हरेक गाउँ समाज देखि सहर- सहरमा चली आएको चल्तिलाई समेटेर सानो कथा लेख्ने...
05/12/2020

शिर्षक: मेरो कथा
भाग: 1
दिदीलाई चिट्ठी 📖📓✍️

हरेक गाउँ समाज देखि सहर- सहरमा चली आएको चल्तिलाई समेटेर सानो कथा लेख्ने प्यास गरेको छु!
जति सक्दो सेयर गर्नु होला!!

लेखक: 📖📓✍️ (डेन्जर सुदुर पश्चिमी )
महेन्द्रनगर, कंचनपुर, हाल( मलेसिया ) नेपाल🇳🇵

दिदी आराम छु, आराम चाहान्छु, हजुरको त्यो मुहार सधै हासेको देख्न चाहान्छु, खुसी छाएको देख्न चाहान्छु!
छोरी मान्छेको जात एक दिन बुवाको घर छोडी पराइको घर जानै पर्दो रहेछ, आमाबुबा, दाजुभाइ, दिदीबैनी छोडी बुवाको थर मेटाएर पराईको थर जोड्नु पर्दो रहेछ!
जिन्दगी आफ्नो हो, तर पराइको नजरमा आफुले चाहेको गर्न नसकिदो रहेछ, जन्म दिने आमाबुबा छोडी पराइको थरमा बाधिएर बस्नु पर्दो रहेछ!
दिदी हजुर गए देखि आमा एक्लि छिन, याद आउँछ कि आउदैन?
घर पोत्ने कोहि छैन अब कहिल्यै फर्की आउछौ कि आउदिनौ?
समयमा आगो बल्दैन दिदी चुलोमा, अब बाल्न आउछौ कि आउदिनौ?
बारिमा तर्कारी टिप्न आमा एक्लै जान्छिन, हजुर आउनु हुन्छ कि नाइ?
कामको थकाईले गर्दा रात भरी आमाको शरीर दुखेर सुत्दैनन दिदी, अब तेल लगाउन आउनु हुन्छ कि नाइ?
समयमा खाना बन्दैन दिदी, हजुरले पकाई दिनु हुन्छ कि नाई?
आमाले घाँस दाउरा गएको बेला, मलाई खाजा बनाएर दिने कोहि छैन दिदी, अब हजुरले बनाई दिनु हुन्छ कि नाइ?
हरेक साझ बनपाखाबाट आएर आमा हजुरलाई सम्झी रुनुहुन्छ, हजुरलाई याद आउँछ कि नाइ😭
घर नै शून्य लाग्छ अब उज्यालो पार्न आउनु हुन्छ कि नाइ?
दिदी हजुर गए देखि त घरमा सबैको ओटमा मुस्कान हराउन थाल्यो, अब त्यो मुस्कान छर्न आउनु हुन्छ कि नाइ?
दिदी हजुरलाई मसङ्ग झगडा गरेको याद आउँछ कि नाई?
मलाई पिठिउमा लगाएर, खेलाएको याद आउँछ कि नाइ?😍
आमाले बनपाखा जादा, म रुदा फकाई फकाई हसाएको याद आउँछ कि नाइ?😍

दिदी हजुरले छोडेर गए देखि कसैको मनमा खुसी छैन,
एउटै कोखबाट जन्म भएको, एउटै स्तनको दशधारा दूध चुसेका हामी दिदीभाई अलग-अलग गराउदो रहेछ यो चलन चल्तिले😭😭
दिदी निकै सम्झ्ना आएको छ हजुरको, लेख्न कुनै शब्द नै आएन, हुन त टाढा भए पो आउथ्यो र सम्झना,
हजुर त हरेक पल मसङ्गै हुनुहुन्छ!!
दिदी अहिलेलाई यो पत्रबाट बिदा हुन्छु हवस्त धन्यवाद!!🙏
उहीँ तपाईको प्यारो भाइ: ✍️📖📓 डेन्जर सुदृर पश्चिमी ।
हाल (प्रदेश= मलेसिया )

कस्तो लाग्यो प्रतिक्रिया दिएर सेयर गर्नु होला
सधै म तपाईंको साथमा छु!
#मेरो_पेज_like_गर्न_नभुल्नु_होला!!

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when गजल साहारी मुक्त संग्रहालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share