UMON Gladiator Cricket CLUB

UMON Gladiator Cricket CLUB Welcome to our official page and please make sure that you have liked the page before you leave. Tha

28/01/2024

28/01/2024
03/05/2023

मधेश प्रदेश सरकारका मातहतमा रहेको रौतहटका दुई कार्यालय निमित्तको भरमा सञ्चालनमा रहेका छन् । किसानको लागि काम गर्ने बाचासहित मधेश प्रदेश सरकारमा सहभागी भएका जनमत पार्टीको मन्त्रालय अन्तर्गत पर्ने कार्यालय कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र निमित्तको सहारामा सञ्चालन भइरहेका छन् ।

आर्थिक वर्ष सम्पन्न हुन २ महिना बाँकी रहँदा ज्ञान केन्द्रबाट सञ्चालन हुने कृषि सम्बन्धी कार्यक्रम र पशु सेवा विज्ञ केन्द्रबाट प्रवाह हुने दूध तथा मासजन्य सम्बन्धी कार्यक्रम कार्यालय प्रमुख व्यवस्थापन हुन नसक्दा प्रभावित हुने अवस्थामा पुगेको छ । किसानको पक्षमा वकालत गर्ने जनमत पार्टीका तर्पबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेका ईञ्जिनियर वसन्त कुशवाहाको कारण दुबै कार्यालय गत दुई महिनादेखि प्रमुख विहीन बनेको छ । कार्यालय प्रमुख नहुँदा पशु सेवा विज्ञ केन्द्रका कर्मचारीहरुले २ महिना देखि तलब नपाएको गुनासो गरेका छन् । कृषि ज्ञान केन्द्रमा प्रमुखको जिम्मेवारी पाएका कमलदेव प्रसाद कुशवाहा तथा पशु सेवा विज्ञ केन्द्रमा प्रमुखको रुपमा रहेका डा. ईन्द्रेश झा बढुवा भएर गएको द्ई महिना वितिसक्दा पनि सम्बन्धित मन्त्रालयले जिम्मेवार प्रमुखको व्यवस्थापन गर्न सकेका छैनन् । प्रत्येक आर्थिक वर्षमा आर्थिक अनियमितताको आरोप लाग्ने गरेको दुबै कार्यालयमा कार्यालय प्रमुख व्यवस्था नगरी निमित्तको जिम्मेवारी दिएको कारण यस वर्षको कार्यक्रममा व्यापक अनियमितता हुन सकने आशंका बढेको छ ।

स्यालो ट्यूबेल वितरण ,कृषि उपकरण वितरण , बाजार सेड निर्माणलगायतका कार्यक्रममा मन्त्रीको हस्तक्षेप बढ्न सकिने स्थानीयको आशंका रहेको छ । ज्ञान केन्द्रको जिम्मेवारी सोही कार्यालयमा कार्यरत रहेका कर्मचारी हरिशंकर प्रसाद जयसवाललाई दिइएको छ भने पशु सेवा विज्ञ केन्द्रमा निमित्त कार्यालय प्रमुखको जिम्मेवारी योजना अधिकृत वीरेन्द्र प्रसाद पटेललाई दिइएको छ । मन्त्री कुशवाहाको निर्देशनमा निमित्त कार्यालय प्रमुखको जिम्मेवारी पाएका दुबै कर्मचारी पटक पटक योजनाको अनियमितता,पक्षपात कार्य,रकमको अनियमिततामा मुछिने गरेको छ । विज्ञ केन्द्रका योजना प्रमुख रहेका पटेलका अनुसार चालु वर्षको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा आधारित दूध उत्पादन प्रवद्र्धन कार्यक्रम,मासु उत्पादन प्रवद्र्धन कार्यक्रम , नया डेरी तथा चिस्यान केन्द्र स्थापना र करारमा घास खेतीका लागि सूचना प्रकाशन गरिएको छ । कृषि ज्ञान केन्द्र र पशु सेवा विज्ञ केन्द्रबाट सञ्चालन हुने वार्षिक कार्यक्रममा पार्टी कार्यकर्ता , नाता गोताका व्यक्ति आफन्तलाई दिनको लागि मन्त्री कुशवाहाको अनुचित दबाब रहेको स्रोतले जनाएको छ ।

गौरमा निजी सचिवालय स्थापना गरेको मन्त्री कुशवाहाले अनुचित लाभ लिने उद्देश्यले पार्टी कार्यकर्ता परिचालन गर्ने गरेको बुझिएको छ । किसानको समस्या समाधान गर्ने,समयमा मलखादको आपूर्ति गराउने,सिंचाईको लागि स्यालो ट्यूबेल वितरण , कृषि उपकरण वितरण गराउने कुरा गर्ने मन्त्री कुशवाहाले अहिले सम्म कुशल ,योग्य कार्यालय प्रमुख पठाउन नसकेको स्थानीय किसान सुबोध झाले बताएका छन् ।

साभार: जनकपुर टुडे राष्ट्रिय दैनिक Rakesh Kumar Yadav

Address

Mulpani
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when UMON Gladiator Cricket CLUB posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to UMON Gladiator Cricket CLUB:

Share

Category