Khel Dainik.com

Khel Dainik.com Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Khel Dainik.com, Sports, kathmandu, Kathmandu.

पाँचथर । ए डिभिजन क्लब हिमालयन शेर्पालाई रोक्दै ताप्लेजुङको कर्णसिं सोनाम स्मृति क्लब फिदिममा जारी प्रथम किरात गोल्डकपको...
05/12/2023

पाँचथर । ए डिभिजन क्लब हिमालयन शेर्पालाई रोक्दै ताप्लेजुङको कर्णसिं सोनाम स्मृति क्लब फिदिममा जारी प्रथम किरात गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । ताप्लेजुङको जितसँगै गोल्डकपको सेमी समिकरण पनि पूरा भएको छ । आज फिदिम माविको मैदानमा भएको अन्तिम क्वाटरफाइनल खेलमा ताप्लेजुङले हिमालयन शेर्पालाई ४-३ गोलअन्तरले पराजित गरी अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । खेलको ३ मिनेटमै ताप्लेजुङका मन्जित येङ्देनले गोल गरेर सुरुवाती अग्रता बनाएका थिए । तर, शेर्पाका लागि विदेशी खेलाडी ओस्कारले २१औँ मिनेटमा गोल गरेर बराबरी गरे । प्रतिस्पर्धात्मक खेलमा ताप्लेजुङका प्रविण जवेगुले खेलको ४०औँ मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाए । फेरि शेर्पाका रक्षक बसन्त ओझाले ५१औँ मिनेटमा गोल गर्दै बराबरी गरे । २-२ गोलको बराबरी खेलमा ताप्लेजुङका दिपेश लिम्बूले आकर्षक गोल गरेर ३-२ को स्थितिमा पुर्याए । तर, ताप्लेजुङकै आशिष लिम्बूले ६९औँ मिनेटमा आत्मघाती गोलको उपहार शेर्पालाई दिएपछि ३-३ गोलको फेरि बराबरी बन्यो । अन्ततः ताप्लेजुङको जितका लागि प्रविण जवेगुको गोल निर्णायक बन्यो । उनले ७७औँ मिनेटमा गोल गरेर समर्थकको मन पनि जिते । उनी पाँचथरकै खेलाडी भए पनि ताप्लेजुङबाट स्थान बनाएका हुन् । टाउकोमा चोट बोकेर पनि खेललाई निरन्तरता दिएका ताप्लेजुङका गोलरक्षक आकाश लिम्बू म्यान अफ दी म्याच बने । यो जितसँगै ताप्लेजुङले झापाको बिर्तामोड युनाइटेडसँग अन्तिम सेमिफाइनल खेल खेल्नेछ । भोलि पहिलो सेमिफाइनल खेल आयोजक पाँचथर एफसीले मोरङको डाँगीहाट एफसीसँग प्रतिस्पर्धा गर्नेछ । गोल्डकप विजेताले नगद ४ लाख ४ हजार ४४४ र उपविजेताले नगद २ लाख २ हजार २२२ सहित ट्रफी पाउने छ ।

Address

Kathmandu
Kathmandu

Telephone

+9779845605057

Website

Alerts

Be the first to know and let us send you an email when Khel Dainik.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category