24/08/2026
चौथो थारु ६ए साइड फुटसल प्रतियोगिता–२०८३ लाई सफल, भव्य तथा सभ्य रूपमा सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी हातहरू, सञ्चारकर्मी तथा मिडिया साथीहरू, देश विदेशमा रहनुभएका सम्पूर्ण आर्थिक सहयोगी तथा शुभेच्छुक महानुभावहरू, भौतिक रूपमा उपस्थित भई प्रतियोगिताको शोभा बढाइदिनुहुने सम्पूर्ण दर्शक, खेलाडी, प्रमुख अतिथि, अतिथिगण तथा विशिष्ट अतिथिज्यूहरू, इमाडोल फुटसल लगायत सम्पूर्ण सहयोगी महानुभावहरूमा डाइनामाइट फुटबल क्लब परिवारको तर्फबाट हार्दिक आभार तथा धेरै धेरै धन्यवाद व्यक्त गर्दछौँ।
यहाँहरूको साथ, सहयोग, माया र हौसलाले प्रतियोगितालाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।
साथै, प्रतियोगिता आयोजना तथा सञ्चालनका क्रममा आयोजक डाइनामाइट फुटबल क्लब परिवारबाट हुन गएका कुनै पनि त्रुटि, कमजोरी वा असुविधाप्रति हामी हृदयदेखि नै क्षमाप्रार्थी छौँ। आगामी दिनहरूमा यस्ता कमी कमजोरीहरूलाई सुधार गर्दै अझ व्यवस्थित, पारदर्शी र उत्कृष्ट रूपमा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ।
आगामी दिनहरूमा पनि यहाँहरू सबैको निरन्तर साथ, सहयोग, सुझाव र हौसलाको अपेक्षा गर्दछौँ।
धन्यवाद तथा हार्दिक आभार! 🙏❤️
डाइनामाईट फुटबल क्लब परिवार
🙏🏻🙏🏻🙏🏻⚽❤