20/09/2022
वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाले अति दुर्लभ जङ्गली याकको तस्वीर खिचेका छन् । हुम्लाको लिमी उपत्यका क्षेत्रमा उनले जंगली याकको तस्वीर खिचेका हुन् । लिमी भ्याली नेपाल-तिब्बतको सीमा क्षेत्र हो, जुन निकै विकट छ ।
यस्तै याकको तस्वीर सन् २०१४ मा नरेश कुसीको टिमले खिचेको थियो, जुन फोटोलाई पछि पाँच रुपैयाँको नोटमा अङ्कित गरिएको थियो । त्यसयता जङ्गली याकलाई आफ्नो क्यामेरामा कैद गर्ने अवसर कसैले पाएको थिएन । ८ वर्षपछि वाइल्डलाइफ फोटोग्राफर शेर्पा जङ्गली याकको तस्वीर खिच्न सफल भएका हुन् । सम्भवतः नेपालमा भेटिएकाे वाइल्ड याककाे उत्कृष्ट तस्वीर यही नै हाे ।
copy from https://shilapatra.com