Nepali Sports

Nepali Sports "Sports for Nation Pride"

17/07/2024

सन्दर्भ: सुनकोसि गाउँपालुका र बजेट बिनियोजन

Sunkoshi Rural Municipality Office एउटै पार्टीको एउटै व्यक्ति दुई कार्यकाल अर्थात् १० वर्षसम्म नेतृत्व गर्ने अवसर पाउँदा पनि सुशासनको क्षेत्रमा लथालिङ्ग र पूर्वाधार विकासको क्षेत्रमा भताभुङ्ग छ भने काम के गर्नुभयो? शिक्षा र स्वास्थ्यको गुणस्तर जस्ताको त्यस्तै, पूर्वाधार विकासको क्षेत्रमा आफ्नो वरिपरि अव्यवस्थित तरिकाले बजेट थोपर्ने र सिमित कार्यकर्तालाई रोजगारी दिन गाउँपालिकाको(सुनकोसी) अध्यक्ष बन्नुभएको रहेछ अबको बाँकी समय पनि त्यसरी नै गुजार्नुहोला शुभकामना छ।

र अर्को पक्ष एउटै पार्टीको(नेपाली काङ्ग्रेस) तर फरक-फरक व्यक्ति दुई कार्यकाल वडा अध्यक्ष(सुनकोसी-३) हुँदासम्म योजनाबद्ध तरिकाले काम गर्न केले रोक्यो? कि तपाईँहरूलाई पनि सानोतिनो ठेक्कापट्टाले मुख बन्द गर्ने अवस्था सिर्जना गर्यो र त्यसैमा भुली राख्नुभयो। तपाईँहरूलाई पनि गुलियोमा भुलिराख्ने बानी छ त्यसैमा भुलिराख्नुहोला। शुभकामना छ।

सुनकोशीमा नि कोही त निस्केला? विकास कसरी गरेर देखाउनुपर्छ भन्ने बहादुर!! त्यतिखेर अहिलेका प्रतिनिधिले मुख छोपेर बस्नुहुन्छ कि यसो अलिअलि कुमाउनु भएको छ क्यारे, बसाई सर्नुहुन्छ? नभए जनताको अपेक्षा अनुसार विकास गर्न ढिला नगर्नुहोला।

16/07/2024

सबै भन्दा ठूलो अनुत्पादक क्षेत्रमा लगानी केपी ओलि अघिल्लो चोटि प्रधानमन्त्री हुँदा भयेको थियो। त्यो हो View Tower। दमकमा निर्मित गोठालो जादाँ ओत लाग्न मिल्ने टावरको लागत मात्र पनि दुई अर्ब भन्दा धेरै रहेको छ र नेपालभरी निर्माण अलपत्र र गरियेको गरि ६८ भन्दा धेरै Tower मा ४५ अर्ब भन्दा बेसि खर्च भयेको छ। यसरी अनुत्पादक क्षेत्रमा लगानी गरेसि दीर्घकालिन रोजगारी कसरी सृजना हुन्छ?
आफ्ना कार्यकर्ता पोस्न र नव-दास हरुको संख्या बढाउन मात्र प्रधानमन्त्री बन्ने होइन देशमा उत्पादन, उधमशिलता र लगानीको सहि क्षेत्र पहिचान गर्ने काम हुनसके युवामा आश जाग्न सक्छ। नत्र नव-दास हरुको "बा" बाहेक अरु त्यस्तै हुन जाला।।

04/07/2024

हरेक क्षेत्रमा सफल हुन इमानदारिता चाहिन्छ । तर राजनीतिमा सफल हुन बेइमान हुनुपर्छ।
बिश्वास नलागे तीन छट्टु शेरु दाई, केपी बा र प्रचण्ड कमरेडलाई हेर्नुस।

14/06/2024

T20 world cup
South Africa vs Nepal
Nepal won the toss and bowl first.

धनगढी देखि झापा सम्मको भ्युटावर नेतृत्वको लहड र कार्यकर्तालाई कमिसनको खेल मात्र थियो र त्यसलाई सहि साबित गर्न KP ओलि जि ...
05/06/2024

धनगढी देखि झापा सम्मको भ्युटावर नेतृत्वको लहड र कार्यकर्तालाई कमिसनको खेल मात्र थियो र त्यसलाई सहि साबित गर्न KP ओलि जि कहिले पश्चिम त कहिले पुर्ब पुगेर बर्बाउन परेको छ।
तर, धनगढी देखि झापा सम्म, काठमाडौ देखि डल्लास सम्मको खेल समर्थकले कति धन्यवाद दिन्थे होलान यदि त्यो भ्युटावरको सट्टा खेलमैदान र त्यसको पुर्बाधारमा लगानी गरेको भये। र, ओलिले भ्युटावर मा लगानी बाट गर्ने प्रतिफल भन्दा छिटो प्रतिफल प्राप्त गर्ने माध्यम पनि थियो त्यो देशको लागि।
नेतृत्वमा बस्नेले लगानीको क्षेत्र सहि पहिचान गर्न नसक्दा राज्यले आफ्नो लगानी कसरी गुमाउनु पर्छ भन्ने गतिलो उदाहरण हो यो। नेतृत्वमा बसेर खेल हेर्दै वाह! भन्ने हो भने त्यसै अनुसार वाह भन्ने गरि काम राज्यको नेतृत्वमा बस्नेहरुले गर्ने हो कि?

Watch out The HighlightsNepal vs Netherlands cricket world cup
05/06/2024

Watch out The Highlights
Nepal vs Netherlands cricket world cup

03/06/2024

यो दश हजार करोड अटाउने ट्यान्की चाहिँ कत्रो हुन्छ? हामिलाई नि हेर्न मिल्ने गरि कतै संग्रहालयमा विशेष सुरक्षा दियेर राख्न पर्ने पो हो कि। ईश्वर पोख्रेलको मा त अवस्य अटायेन, बाले आफ्नै छतमा त राखेनन् होला?

पछिल्लो ३५ बर्षमा देशमा भएको उद्योग, कलकारखाना, प्राकृतिक स्रोत अनि रास्ट्रको स्वाभिमान सबै बेचेर मानव तस्कर देखि फर्जी ...
22/05/2024

पछिल्लो ३५ बर्षमा देशमा भएको उद्योग, कलकारखाना, प्राकृतिक स्रोत अनि रास्ट्रको स्वाभिमान सबै बेचेर मानव तस्कर देखि फर्जी कागतजात गर्ने नेतृत्वमा भएपछि कहिले देश बन्छ? सत्तामा बस्ने देखि प्रतिपक्षी सम्म। उद्योगपति देखि मिडिया मालिक सम्म कोहि अछुतो देखियेन। राजनितिक रूपमा एउटा काल पुरा गरे पनि सामाजिक र आर्थिक रूपमा संक्रमणकालिन अवस्था पुरा गर्न नसक्नु नेपालको दुर्भाग्य रहिरह्यो।

01/05/2024

Just in : Nepal has announced T20 world cup squad ❤️🇳🇵

Rohit Paudel (C)
Aasif Sheikh
Kushal Bhurtel
Anil Kumar Sah
Sundeep Jora
Dipendra Singh Airee
Kushal Malla
Gulshan Jha
Lalit Rajbanshi
Karan Kc
Sompal Kami
Pratis Gc
Abinash Bohara
Sagar Dhakal
Kamal Singh Airee

A match of great silence.
19/11/2023

A match of great silence.

13/11/2023

प्रबिधिलाई राज्यले नियमन र नियन्त्रण गर्ने हो, बन्द होइन। कस्तो खाल्को creation लाई प्रोत्साहन दिने र content हरु publish गर्ने वा नगर्ने internet service provider मार्फत नियन्त्रण गर्न सकिने कुरा हो। प्रबिधिको बड्दो बिकासलाई प्रभाबकारी बनाउन सकिने पक्षमा ध्यान दिन पर्छ। बन्द नै गर्नु समाधान नहुन सक्छ।

Nep Vs India
04/09/2023

Nep Vs India

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Sports posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share