Kathmandu District Football Association

Kathmandu District Football Association Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kathmandu District Football Association, Sports, Kathmandu.

23/08/2026

सूचना

सूचना! सूचना!! सूचना!!!

अन्डर–१५ प्रदेशको छनोट आगामी २०८३/०५/१४ गतेदेखि एन्फा कम्प्लेक्स, सातदोबाटो मा हुने भएकाले यस सम्बन्धमा सबैमा जानकारी गराउँदछु।

धन्यवाद

FIFA U-15 WORLD CUP AND FESTIVAL2026काठमाडौं जिल्ला फुटबल संघ यू–१५ फुटबल संघद्वारा २०८३/०३/२९ देखि २०८३/०४/०२ सम्म सञ्च...
19/08/2026

FIFA U-15 WORLD CUP AND FESTIVAL
2026

काठमाडौं जिल्ला फुटबल संघ यू–१५ फुटबल संघद्वारा २०८३/०३/२९ देखि २०८३/०४/०२ सम्म सञ्चालन गरिएको छनोट खेलबाट छनोट हुन सफल भएका खेलाडीहरू निम्न बमोजिम रहेका छन्।

15/08/2026

सूचना -सूचना -सूचना
Fifa under 15 world cup and festival 2026 सम्बन्धी सूचना।
**खेलाडी छनौट हुने स्थान चाबहिल गणेशथान पछाडिको चौर
**आवश्यक कागजातहरू जन्ममिति २०११ जनवरी १ देखि २०१२ डिसेम्बर ३१ तारिख भित्र हुनुपर्ने
**खेलकुद किड्सहरू सहित आउने समय बिहान ७ बजेदेखि
**सम्पर्क व्यक्तिहरु
**देवेन्द्र जंग शाही 9841611875
**विनोद डंगोल 9851073143
**रबिन शिलाकार 9861487778
**अजब श्रेष्ठ 9841443320 ⚽⚽⚽काठमाडौँ जिल्ला फुटबल सङ्घ, सानो गौचरण, काठमाडौँ
⚽⚽⚽

राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्ष पदमा नियुक्त हुनुभएको विशाल श्रेष्ठ तथा सदस्य पदमा नियुक्त हुनुभएको नेपाली फुटबलका ख...
11/06/2026

राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्ष पदमा नियुक्त हुनुभएको विशाल श्रेष्ठ तथा सदस्य पदमा नियुक्त हुनुभएको नेपाली फुटबलका खेलाडी पवन शाहीज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।

नेपाली फुटबलमा यहाँहरूले पुर्‍याउनुभएको योगदान, अनुभव र नेतृत्वले राष्ट्रिय खेलकुद परिषद्मार्फत समग्र खेलकुद क्षेत्रको विकास, सुशासन तथा संस्थागत सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको छु।

यहाँहरूको कार्यकाल सफल, उपलब्धिमूलक र नेपाली खेलकुदको हितमा समर्पित रहोस् भन्ने शुभकामना व्यक्त गर्दछु। फुटबलका तीन हस्तीहरू ⚽⚽⚽विशाल श्रेष्ठ राष्ट्रिय फुटबल खेलाडी, राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्ष, पवन शाही राष्ट्रिय फुटबल खेलाडी ⚽⚽⚽ रबिन चन्द कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्य सचिव तथा वर्तमान फुटबल सङ्घको सदस्य ⚽⚽⚽ धन्यवाद खेलकुद मन्त्रालय, रा खे प, खेलकुद मन्त्रालयका सल्लाहकार ज्यूहरू सिद्धि व्यञ्जनकार तथा राजु सिंह ज्यू ⚽⚽⚽🇳🇵🇳🇵🇳🇵जय भकुण्डो
🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

विराट जंग शाही
अध्यक्ष
काठमाडौं जिल्ला फुटबल संघ परिवार, उपाध्यक्ष अखिल नेपाल फुटबल सङ्घ

कर्णाली प्रदेश खेलकुद परिषदको सदस्य सचीवमा नियुक्ति हुनु भएकोमा RC-32 का अध्यक्ष तथा एन्फाका केन्द्रिय सदस्य श्री रविन च...
26/03/2026

कर्णाली प्रदेश खेलकुद परिषदको सदस्य सचीवमा नियुक्ति हुनु भएकोमा RC-32 का अध्यक्ष तथा एन्फाका केन्द्रिय सदस्य श्री रविन चन्द ज्युलाई बधाई छ।
काठमाडौं जिल्ला फुटबल संध परिवार
अखिल नेपाल फुटबल सधं
उपाध्क्षय
बिराट जगं शाही

17/03/2026

सुर्खेत जिल्ला फुटबल संघको कार्यालय माथि भएको साङ्घातिक आक्रमणको काठमाडौं जिल्ला फुटबल संघ घोर भर्त्सना गर्दछ। खेलकुद जस्तो पवित्र क्षेत्रमा हुने यस्ता हिंस्रक गतिविधि स्वीकार्य छैनन्। यो घटना खेल भावना र अनुशासन विपरीत छ।

हामी स्थानीय प्रशासनसँग दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गर्दछौं। पीडित सुर्खेत जिल्ला फुटबल संघका साथीहरूप्रति हामी पूर्ण ऐक्यवद्धता प्रकट गर्दछौं।

काठमाडौं जिल्ला फुटबल संघ परिवार

हार्दिक श्रद्धाञ्जली 🙏🏼 काठमाडौँ जिल्ला फुटबल संघका सदस्य संस्था दक्षिणकाली परोपकार युवा क्लबका अध्यक्ष, खेलकुद प्रेमी ए...
12/03/2026

हार्दिक श्रद्धाञ्जली 🙏🏼

काठमाडौँ जिल्ला फुटबल संघका सदस्य संस्था दक्षिणकाली परोपकार युवा क्लबका अध्यक्ष, खेलकुद प्रेमी एवं एक कुशल सामाजिक व्यक्तित्व श्री मुकुन्द हरि रन्जितकार ज्यूको असामयिक निधनको खबरले म लगायत काठमाडौँ जिल्ला फुटबल संघ परिवार अत्यन्तै स्तब्ध र मर्माहत भएका छौँ।

जिल्ला लिगमा सक्रिय यस क्लबलाई उचाइमा पुर्‍याउन उहाँले खेल्नुभएको नेतृत्वदायी भूमिका र फुटबल खेल प्रतिको उहाँको समर्पण सदैव स्मरणीय रहनेछ। उहाँको निधनले काठमाडौँको फुटबल क्षेत्रलाई अपूरणीय क्षति पुगेको छ।

यस दुःखद घडीमा स्वर्गीय रन्जितकार ज्यू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन तथा क्लब परिवारमा गहिरो समवेदना प्रकट गर्दछु। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै माता दक्षिणकालीले शोकाकुल परिवारलाई यो बज्रपात सहने शक्ति प्रदान गरून् भनी प्रार्थना गर्दछु।

विराट जंग शाही
अध्यक्ष
काठमाडौँ जिल्ला फुटबल संघ

हार्दिक श्रद्धाञ्जली 💐💐पु्र्व महिला अन्तर्राष्ट्रिय फुटबल खेलाडि तथा पुर्व महिला फिफा रेफ्रि अखिल  नेपाल फुटबल संघ केन्द...
13/09/2025

हार्दिक श्रद्धाञ्जली 💐💐
पु्र्व महिला अन्तर्राष्ट्रिय फुटबल खेलाडि तथा पुर्व महिला फिफा रेफ्रि अखिल नेपाल फुटबल संघ केन्द्रीय सदस्य पेमा डाेल्मा लामा ज्यु को ममतामयी आमाको दुःखद निधन भएको खबरले हामी स्तब्ध भएको छौ। यस दुःखद घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ साथै शोकसन्तप्त परिवारजनप्रति धैर्यधारणा गर्ने शक्ति प्राप्त हाेस् भनी प्रार्थना गर्दछु 🙏

काठमाडौं जिल्ला फुटबल संध परिवार
अखिल नेपाल फुटबल सधं
उपाध्क्षय
बिराट जगं शाही

27/08/2025
23/07/2025

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Kathmandu District Football Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category