08/06/2026
नमस्ते सम्पूर्ण अभिभावकज्यू तथा खेलाडी भाइबहिनीहरूमा।
नेपाल सेल्फ डिफेन्स मार्सल आर्ट क्लबमा हाल हाम्रो कलर बेल्ट (green belt , Blue belt haf green belt प्राप्त खेलाडी नानीबाबुहरूले नयाँ आएका white belt खेलाडीहरूलाई सिकाउने अभ्यास गरिरहनुभएको छ। हामीले उहाँहरूलाई हप्तामा एक दिन जुनियर विद्यार्थीहरूलाई प्रशिक्षण गराउने अवसर प्रदान गर्दै आएका छौँ।
मार्सल आर्ट भनेको केवल पञ्चिङ, किकिङ र फाइटिङ मात्र होइन। नेपाल सेल्फ डिफेन्स मार्सल आर्ट क्लबले बच्चाहरूलाई आत्मविश्वास, नेतृत्व क्षमता, अनुशासन र जिम्मेवारीको भावना विकास गराउने उद्देश्यका साथ प्रशिक्षण दिँदै आएको छ। आफूले सिकेको सीपलाई व्यवहारमा उतार्दै आत्मविश्वासका साथ अगाडि बढ्न सकून् भन्ने हाम्रो मुख्य लक्ष्य हो।
धेरै बालबालिकाहरू सुरुवाती चरणमा बोल्न अप्ठ्यारो मान्ने, आफूमा आत्मविश्वासको कमी महसुस गर्ने वा “मबाट हुँदैन” भन्ने सोच राख्ने गर्नुहुन्थ्यो। तर निरन्तर अभ्यास, प्रशिक्षण र बेल्ट प्रमोशनपछि आज ती नै खेलाडीहरू जुनियर विद्यार्थीहरूलाई सिकाउन सक्ने अवस्थामा पुग्नुभएको छ। उहाँहरूमा आएको यो सकारात्मक परिवर्तन देख्दा हामी अत्यन्त खुसी र गौरवान्वित छौँ।
यस सफलताका पछाडि अभिभावकज्यूहरूको विश्वास, सहयोग र निरन्तर प्रोत्साहनको ठूलो भूमिका रहेको छ। आफ्ना नानीबाबुहरूलाई नियमित रूपमा प्रशिक्षणमा पठाइदिनुभएकोमा सम्पूर्ण अभिभावकज्यूहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
हामी आगामी दिनहरूमा पनि अझ उत्कृष्ट, प्रभावकारी र गुणस्तरीय प्रशिक्षण प्रदान गर्दै बालबालिकाहरूको शारीरिक, मानसिक तथा व्यक्तित्व विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गर्दछौँ।
धन्यवाद।
नेपाल सेल्फ डिफेन्स मार्सल आर्ट क्लब 🙏🥋🇳🇵
NSMA
https://maps.app.goo.gl/b75jx6dGz29N5yF96?g_st=ic
https://www.tiktok.com/?_r=1&_t=ZS-950B5hKeN9e
Contact number - 9702423876
Location Kathmandu kapan Pragati Chowk, Budhanilkantha