Lion Tel-Aviv FC

Call Directions

Lion Tel-Aviv FC `खेल हारजित हो, संयम खेलाडीको परिचय´खेलका माध्यमबाट नेपालीहरुलाइ एकठाउँमा जोड्ने सुक्ष्म चेष्टा⚽️🇳🇵

Together we play, together we fight, together we rise! 🦁 सिंह बुढो भएको होईन है! अघाएर सुतेको हो। अर्को महिना जंगल पस्दै...
22/09/2026

Together we play, together we fight, together we rise! 🦁 सिंह बुढो भएको होईन है! अघाएर सुतेको हो। अर्को महिना जंगल पस्दैछ- पूर्व जानकारी। 😁😂💪

हाम्रो क्लब Lion Tel-Aviv FC मा अत्यंत अनुभवी र विभिन्न क्लबहरूमा अनुबंध भई प्रतिष्ठित प्रतियोगिताहरू खेली सकेका खेलाडी ...
20/09/2026

हाम्रो क्लब Lion Tel-Aviv FC मा अत्यंत अनुभवी र विभिन्न क्लबहरूमा अनुबंध भई प्रतिष्ठित प्रतियोगिताहरू खेली सकेका खेलाडी द्वय रोहित तामाङ (भारत) र संगीत वि.क (नेपाल) ज्यूहरूलाई हाम्रो गौरवशाली क्लब Lion Tel Aviv FC का Team Coach Tenjeen Sherpa, Team official Narad Bogati, Team Captain Nabaraj Bista लगायत क्लबका सम्पूर्ण खेलाडीहरू द्वारा औपचारिक रूपमा न्यानो स्वागत गर्ने कार्यक्रम सम्पन्न गरियो।

उहाँहरूलाई आगामी प्रतियोगिताहरूको लागी शुभकामना।

हार्दिक बधाई तथा शुभकामना! 🏆⚽7 star haifa  द्वारा आयोजित Independence Day Football Cup 2026 भव्य रूपमा सम्पन्न भएको छ।इज...
20/09/2026

हार्दिक बधाई तथा शुभकामना! 🏆⚽

7 star haifa द्वारा आयोजित Independence Day Football Cup 2026 भव्य रूपमा सम्पन्न भएको छ।

इजरायललाई आफ्नो कर्मथलो बनाउँदै आएका नेपाल तथा भारतका नेपालीभाषी फुटबल खेलाडी एवं खेलप्रेमीहरूलाई मध्यनजर गर्दै आयोजना गरिएको यस प्रतियोगितामा १० वटा टिमको सहभागिता रहेको थियो।

प्रतियोगिताको फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै RisiNg StAr Fc Israel ले United Darjeeling FC, Israel लाई पछि पार्दै Independence Day Football Cup 2026 को पहिलो संस्करणको उपाधि आफ्नो नाममा लेखाउन सफल भएको हो।

Lion Tel-Aviv FC को तर्फबाट विजेता Rising Star FC तथा उपविजेता United Darjeeling दुवै टिमलाई हार्दिक बधाई तथा आगामी दिनका लागि शुभकामना व्यक्त गर्दछौँ।

अन्तमा, खेलकूदको माध्यम बाट नेपालीभाषी समुदायबीच आपसी एकता, भाइचारा र सद्भाव अझ मजबुत बनाउँने उद्देश्यले आयोजना गरिएको यस फुटवल खेल प्रतियोगिताका आयोजक 7Star Haifa FC लाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।

18/09/2026
18/09/2026

Independent day cup semi final 1st Half

Lion Tel Aviv FC VS United Darjeeling FC

12/09/2026

लामो समयदेखि इजरायललाई कर्मभूमि बनाई विभिन्न संघ-संस्थामा आबद्ध रहँदै सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका, हाम्रो Lion Tel-Aviv FC क्लबका उत्कृष्ट खेलाडी तथा कुशल गोलरक्षक श्री सागर तुम्बाप्पो Tumbapo Sagar ज्युलाई आज पर्न गएको शुभजन्मदिनको अवसरमा क्लबका सम्पूर्ण सदस्यहरूको तर्फबाट सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

आगामी दिनहरू अझ सफल, सुखद र उपलब्धिमूलक रहून्। जन्मदिनको धेरै-धेरै शुभकामना, सागर तुम्बाप्पो ज्यु! 🎂🎉

09/09/2026

१० वर्ष देखी निरन्तर आयोजना हुँदै आएको, ईज्रायल स्थित नेपाली भाषी फूटवल खेलाडीहरूको लागी अत्यंत प्रतिष्ठित फुटवल खेल प्रतियोगिता आगामी October 23 र 24 मा हुने।

पत्रकार सम्मेलन-18 September 2026.

हार्दिक बधाई एवम् धन्यवाद साथै शुभकामना- KYC FC IL

Address

Kathmandu

Telephone

+972533844706

Website

Alerts

Be the first to know and let us send you an email when Lion Tel-Aviv FC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category