13/07/2025
नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत छनोट प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा ३२ खेलाडी बोलाएको छ। प्रशिक्षक स्टुअर्ट लले आगामी अक्टोबरमा ओमानमा हुने छनोटका लागि पहिलो चरणमा ३२ खेलाडी बोलाउँदा आदिल अन्सारीलाई पनि टोलीमा स्थान दिएका छन्।