Nepal Karate Federation

Call Directions Website Contact the business

Nepal Karate Federation The Nepal Karate Federation (NKF) serves as the national governing body for karate in Nepal.

It was established in 1989 with the aim of promoting, developing, and organizing the sport of karate throughout the country.

🇳🇵 नेपाली करातेको गौरव : हिमालयन वारियर एरिका गुरुङ!असाधारण प्रतिभा, ऐतिहासिक कीर्तिमान र अझै लामो यात्राको प्रतिबद्धता!...
02/10/2026

🇳🇵 नेपाली करातेको गौरव : हिमालयन वारियर एरिका गुरुङ!

असाधारण प्रतिभा, ऐतिहासिक कीर्तिमान र अझै लामो यात्राको प्रतिबद्धता!!

हिमालयन वारियर एरिका गुरुङ र राष्ट्रिय कराते प्रशिक्षक कुशल श्रेष्ठजस्ता खेलाडी र प्रशिक्षक नेपालले पाउन धेरै समय लाग्छ!!

एरिका गुरुङले हासिल गरेका ऐतिहासिक उपलब्धिहरू :

१. १९औँ एसियन गेम्स, हाङझाउमा रजत पदक तथा AKF च्याम्पियनसिपमा रजत र कांस्य पदक।

२. विश्व शितोरियो च्याम्पियनसिपमा २ स्वर्ण पदक।

३. WKF च्याम्पियनसिप प्रिमियर लिगमा २ रजत र १ कांस्य पदक।

४. WKF कराते–१ सिरिजमा १ स्वर्ण र १ रजत पदक।

५. थाइल्यान्ड तथा अस्ट्रेलियन कराते च्याम्पियनसिपमा स्वर्ण पदक र अमेरिकन ओपन च्याम्पियनसिपमा १ स्वर्ण तथा १ रजत पदक।

६. एसियन शितोरियो च्याम्पियनसिपमा १ स्वर्ण पदक।

७. दक्षिण एसियाली च्याम्पियनसिपमा २ स्वर्ण पदक तथा टिम कुमितेमा थप २ स्वर्ण पदक।

यी सबै उपलब्धि हासिल गरेर एरिकाले नेपाली करातेको इतिहासमा नयाँ कीर्तिमान कायम गरेकी छन्। यसअघि नेपाली करातेमा यति धेरै अन्तर्राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडी कोही थिएनन्।

नेपाल कराते महासंघ एरिका गुरुङ र राष्ट्रिय प्रशिक्षक कुशल श्रेष्ठप्रति गर्व गर्दछ।

नेपाल फर्कने क्रममा ओसाका विमानस्थलमा एरिकालाई मैले, “अब २१औँ एसियन गेम्सको तयारी सुरु गरौँ” भन्दा एरिकाले भनिन्, “होइन गुरु, अरू दुईवटा एसियन गेम्स पनि खेल्छु।”

एरिकाको यो आत्मविश्वास, समर्पण र खेलप्रतिको प्रतिबद्धता सुनेर मलाई अत्यन्त गर्व महसुस भयो। नेपाल र नेपाली करातेको भविष्यप्रति अझ ठूलो आशा जागेको छ।

हार्दिक शुभकामना एरिका! तिम्रो यात्रा अझै लामो छ। नेपाली करातेको गौरव अझ उचाइमा पुर्‍याउँदै जाऊ।

युवराज लामा
अध्यक्ष
नेपाल कराते महासंघ

01/10/2026

Final gold Medal match of Rakesh Manandhar VS Russian player in 11th WSKF championship Yokohama 27 September 2026,

National Karate team 1983(KL Malaysia)AI generated Color photo.National Karate team 2026 (Nagoya+ Yokohama Japan)
30/09/2026

National Karate team 1983(KL Malaysia)
AI generated Color photo.
National Karate team 2026 (Nagoya+ Yokohama Japan)

नेपाली करातेको गौरवमय यात्रा,मिसन २०२६ सम्पन्न !!२०औँ एसियन गेम्स तथा ११औँ विश्व शितोरियो कराते–दो च्याम्पियनसिपमा पदक व...
30/09/2026

नेपाली करातेको गौरवमय यात्रा,
मिसन २०२६ सम्पन्न !!

२०औँ एसियन गेम्स तथा ११औँ विश्व शितोरियो कराते–दो च्याम्पियनसिपमा पदक विजेता राष्ट्रिय कराते टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिवज्यू, सल्लाहकार सदस्यज्यूहरू तथा कराते खेलाडीहरूले रातको १२ बजे बाजागाजाका साथ भव्य स्वागत गर्नुभयो।

नागोया र योकोहामा, जापानमा सम्पन्न प्रतियोगितामा नेपालको गौरव बढाउने सम्पूर्ण पदक विजेता खेलाडी तथा प्रशिक्षकहरूलाई हार्दिक बधाई तथा स्वागत!

29/09/2026

After long delay National Karate team Boarding now TG 319 flight to KTM.

29/09/2026

TG 319 काठमाडौँको उडान पुनः तालिका मिलाएर १२ बजेको समय तोकिएको थियो। तर अहिले २:२७ बजिसक्दा पनि उडानबारे कुनै सूचना प्राप्त भएको छैन। हामी सबै जना S107 गेटमा पर्खेर बसिरहेका छौँ।

TG 319 उडानको नयाँ समय १२:०० बजेका लागि तय गरिएको छ।
29/09/2026

TG 319 उडानको नयाँ समय १२:०० बजेका लागि तय गरिएको छ।

TG 319 उडान १०:१५ स्थानीय समयमा उड्नुपर्ने भए पनि अहिलेसम्म गेट नम्बर देखाइएको छैन। त्यसैले उडान ढिला हुने निश्चितजस्तै ...
29/09/2026

TG 319 उडान १०:१५ स्थानीय समयमा उड्नुपर्ने भए पनि अहिलेसम्म गेट नम्बर देखाइएको छैन। त्यसैले उडान ढिला हुने निश्चितजस्तै देखिन्छ। गेट नम्बर र नयाँ उडान समय पुष्टि भएपछि पुनः जानकारी दिनेछु।

केही दिनयता थाइल्यान्डमा भारी वर्षा भइरहेकाले यहाँका सबै उडानहरू प्रभावित भएका छन्।

28/09/2026

11th WSKF championship
Yokohama 2026, Excellent karate skill by Rakesh manadhar against Japanese player.

हार्दिक आभार तथा धन्यवाद!११औँ विश्व शितोरियो कराते–दो च्याम्पियनसिप २०२६ तथा २०औँ एसियन गेम्समा सहभागी नेपाली राष्ट्रिय ...
27/09/2026

हार्दिक आभार तथा धन्यवाद!

११औँ विश्व शितोरियो कराते–दो च्याम्पियनसिप २०२६ तथा २०औँ एसियन गेम्समा सहभागी नेपाली राष्ट्रिय कराते टोलीलाई जापानमा हार्दिक स्वागत, सम्मान, नगद पुरस्कार तथा विभिन्न सहयोग प्रदान गर्नुहुने सम्पूर्ण महानुभाव, संघसंस्था तथा सहयोगीप्रति नेपाल कराते महासंघ हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ।

विशेषतः अन्तर्राष्ट्रिय NRN का वरिष्ठ उपाध्यक्ष रबिन शेर्चनज्यू, वरिष्ठ गायक ईश्वर गुरुङज्यू, आदिवासी जनजाति जापान, अमेरिकानिवासी शितोरियो करातेका सल्लाहकार रबिन थापाज्यू लगायत जापानमा रहनुभएका सम्पूर्ण खेलप्रेमी महानुभावहरू; शिव पौडेलज्यू, शिव खड्काज्यू; पूर्व कराते खेलाडीहरू राजपाल कर्माचार्यज्यू, किरण डंगोलज्यू र रञ्जित महर्जनज्यू; कलाकार तथा सफल व्यवसायी हरि पाण्डेयज्यूले नेपाली खेलाडी तथा प्रशिक्षकहरूलाई नगद पुरस्कारसहित गर्नुभएको सम्मानप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ।

त्यसैगरी, फिल्मकर्मी साइमन लामाज्यू, व्यवसायी अञ्जु लामाज्यू, नेपाल कराते महासंघ जापान संयोजक सोममाया गुरुङज्यू लगायत सम्पूर्ण संघसंस्था, व्यक्तित्व तथा शुभेच्छुकहरूले नेपाली राष्ट्रिय कराते टोलीलाई जापानमा स्वागत, सम्मान, सहयोग तथा सहजीकरण प्रदान गर्नुभएकोमा विशेष धन्यवाद व्यक्त गर्दछौँ।

नेपाली कराते टोलीको योकोहामा तथा टोकियो बसाइ, आवागमन, प्रशिक्षण तथा अन्य व्यवस्थापनमा पुर्‍याउनुभएको अमूल्य सहयोग, सहजीकरण, सद्भाव र आत्मीयताका लागि सम्पूर्ण सहयोगी महानुभावहरूप्रति नेपाल कराते महासंघ हार्दिक आभार प्रकट गर्दछ।

साथै, नेपाली कराते टोलीको सहभागिता तथा व्यवस्थापनमा निरन्तर सहयोग, समन्वय र सहजीकरण गर्नुहुने राष्ट्रिय खेलकुद परिषद् (NSC) तथा नेपाल ओलम्पिक कमिटी (NOC) का सम्पूर्ण पदाधिकारी तथा अधिकारीज्यूहरूप्रति पनि हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

जापानमा नेपाली कराते टोलीले प्राप्त गरेको आत्मीय स्वागत, सम्मान, सहयोग र सद्भावले खेलाडी तथा प्रशिक्षकहरूको मनोबल उच्च राख्न महत्वपूर्ण योगदान पुर्‍याएको छ। यस आत्मीय साथ र सहयोगका लागि नेपाल कराते महासंघ सम्पूर्णमा पुनः हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछ।

नेपाल कराते महासंघ
सचिवालय

Address

Dasarath Stadium, Tripureshwor
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepal Karate Federation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Karate Federation:

Shortcuts

Share

Category