01/06/2026
बागमती नगरपालिका वडा न.४- जिरायत का विभिन्न ६ स्थानमा फोहोर व्यवस्थापनका लागि रिङ (dustbin) राखिएको जानकारी गराउन चाहन्छौं। ♻️
१.सङ्गे छ्योइलिङ गुम्बा ,बगमाती-४ सर्लाही
२. बागमती नगरपालिका वडा न.४ को वडा कार्यलय
३. ॐ युवा क्लबको खेलमैदान
४. जिरायत प्रतीक्षालाय चौक
५. जिरायत बजार
६. रेङ्बा टोल चौक
आजको समयमा फोहोर व्यवस्थापन ठूलो चुनौती बन्दै गएको छ। उचित व्यवस्थापन नभएमा यसले वातावरण, स्वास्थ्य र हाम्रो गाउँको सुन्दरता सबैमा नकारात्मक असर पार्छ।
यही समस्यालाई मध्यनजर गर्दै ॐ युवा क्लब बागमती-४ जिरायतले यो सानो तर महत्वपूर्ण कदम चालेको हो।
👉 अब फोहोर जथाभावी फाल्ने होइन
👉 तोकिएको स्थानमा मात्र राख्ने बानी बसालौं
🌱 समुदायको सहभागिता बिना सफा समाज सम्भव हुँदैन। स्थानीय स्तरबाट सुरु भएको यस्तो पहलले ठूलो परिवर्तन ल्याउन सक्छ।
“हाम्रो गाउँ, हाम्रो जिम्मेवारी”
゚