The 5000 Club

The 5000 Club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from The 5000 Club, Sports Club, Krishnapur, Kanchanpur.

Free cardiac camp  baishak 17 gatey sanibarNAMS/ bir hospital/Shahid gangalal hospital
27/04/2022

Free cardiac camp baishak 17 gatey sanibar
NAMS/ bir hospital/Shahid gangalal hospital

28/07/2021

हाम्रो सत्कर्मको सम्मानको सुरुवात भएको छ।हामी सङ्ग सहकार्य गर्ने सम्पुर्णको सम्मानमा नेपाल रेडक्रस सोसाइटी धनगढीले सम्मानपत्र प्रदान गर्दा गौरवान्वित महशुस भइएको छ।बिशेष गरि यो सम्मान सम्पुर्ण रक्तदाता स्वयमसेवी साथिहरुलाई समर्पित गर्न चाहान्छौ।🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

सम्पुर्ण सहयोगी दाताहरुमा हार्दिक धन्यवाद हामिले कृश्नपुर नगरपालिका भित्र रहेका कोरोना सन्क्रमितहरुलाई केही सहयोग गर्ने ...
20/07/2021

सम्पुर्ण सहयोगी दाताहरुमा हार्दिक धन्यवाद हामिले कृश्नपुर नगरपालिका भित्र रहेका कोरोना सन्क्रमितहरुलाई केही सहयोग गर्ने उद्ध्स्यले The five thousand volunteer group को पहलमा सुरक्षित कृश्नपुर हाम्रो अभियान सन्चालन गरेका थियौ र उक्त अभियान्मा सम्पुर्ण साथिभाईहरुको उत्साहजनक सहभागिता रहेको थियो। केही समय यता सरकारले लकडाउन पनि खोलेको र सन्क्रमितहरुको संख्यामा कमि आएकोले हामिले हेल्पडेस्क लाई केही समय स्थगित गरेका थियौ।स्वास्थ्यबिज्ञका अनुसार असार श्रावण तिर अर्कोलहर third varient आउनसक्ने अनुमान गरेकाले त्यसपछि फेरि सेवामा सकृय हुने सल्लाह अनुसार हामी केही समयका लागि निष्क्रिय भएका मात्र हौ । हामिले अभियान मार्फत उठाएको रकम्को हिसाब दुरुस्त राखेका छौ उक्त रकमको हिसाब किताब सार्बजनिक गर्दा समाजका केही प्रतिष्ठित समाज्सेविको रहोबर्मा सार्ब्जनिक गर्ने बिचार गरेको हुदा तायारिका लागि मौसमका कारण केही ढिलाे हुनगएको मा हिसाब्को बारेमा केही साथिहरुले होचुवाको भर्मा अनेक टीकाटिप्पणी गर्न थालेपछी हामिले सबैको जानकारिका लागि यसै पेज मार्फत पोस्ट गरेकाछौ। यदि कुनै महानुभावहरुले हिसाब बुझ्नु भएन भने होचुवाको भर्मा समाजिक सन्जालमा पोस्ट गर्नुभन्दा अगाडि कृपाया प्रत्यक्ष रुपमा सम्पर्क गरि clear हुनु होला । केही ढिलाई हुनगएकोमा क्षमाप्रारथी छौ।

15/07/2021

"हार्दिक आभार तथा धन्यवाद "

कोभिड~१९ बिस्वमा महामारीको रुपमा फैलिरहेको अवस्थामा हाम्रो देश र क्षेत्र पनि अछुत रहन सकेन।नेपालका विभिन्न क्षेत्रमा नेपालिहरुको जनजीवन अस्तब्यस्त बनाइरहेको परिपेक्षमा विभिन्न क्षेत्रका समाजसेवी पत्रकार , शिक्षक, खेलाडी कलाकार आदि ब्यक्तिहरु स्व्यमसेवि अभियन्ताको रुपमा अग्रसर भई मानबियता कायम राख्न मन वचन र कर्मले सेवा गरिरहेको हामिले देखिरहेका थियौ तर हाम्रो स्थानिय निकाय कृष्णपुर नगरपालिकाका मा कुनैपनी क्षेत्रका पेसाकर्मी युवा क्लब समाजसेवी राजनैतिकनिकाय तथा कृष्णपुर नगर कार्यपालिका ले पनि यस क्षेत्रका कोरोना पीडित हरुका लागि कुनैपनी प्रकारका सेवाहरु उपलब्ध नगराइरहेको अवस्थामा हामी The five thousand volunteer group का साथिहरुको सल्लाह अनुसार एउटा सानो प्रयासका रुपमा कृष्णपुर नगरपालिका भित्रका कोरोना पीडितहरुका लागि सहज होस भनी आधारभुत सेवाहरु (निशुल्क एम्बुलेन्स ,प्राथमिक औषधि,फलफूल,अण्डा, चिकित्सकिय परामर्श सेवा पूर्णतया निशुल्क ) सेवा दिने गरि सहायता कक्ष सन्चालन गर्ने उक्त कार्यहरुलाई अभियानकै रुपमा अगाडी बढाउन" सुरक्षीत कृष्णपुर हाम्रो अभियान" नामकरन गरि यस ग्रुपमा सन्लग्न साथिहरुले ५/५हजारका दरले रकम जम्मा गरि सुरुवात गर्दैगर्दा यश अभियानको पबित्र उधेस्य मन पराई हार्म्रो यश अभियानमा विभिन्न क्षेत्र बाट साथ र सहयोग प्रदान हुदैगयो जस्को फलस्वरूप हामिले सहजरुपमा कोरोना पीडितहरुलाई घरघरमा पुगि सेवा प्रदान गर्न सफल भयौ।हाम्रो यश अभियान लाई विशेष गरि विभिन्न उद्धेश्य राखेर बिदेशमा पसिना बगाइरहनु भएका आफ्नो माटाेको माया भएका मानव कल्याण र मानवता लाई उच्च सम्मान गर्ने युवा साथिभाइहरुको बिशेष योगदान रहेको छ।उहाहरुको जुन उल्लेख्य योगदान रहयो र हाम्रो यस अभियानलाई बिस्वास गरि आर्थिक नैतिक भौतिक तथा बैचारिक सहयोग गर्नुहुने सम्पुर्ण प्रती हार्दिक आभारी छौ।
हाम्रो यश अभ्यानलाई मया गरि देशबिदेसका विभिन्न ठाउमा रहनु भएका दाजुभाई,दिदिबहिनी,आमाबुवा तथा साथिभाइको अपार साथ र सहयोगले आगामी दिनहरुमा अझै सशक्तरुपले समाजसेवामा समर्पित हुने विशेष उर्जा प्राप्त भएको छ। हजुरहरुले हामी प्रती देखाउनु भएको जुन बिस्वास छ त्यसलाई हामी सदैव कायम राख्ने प्रतिबद्धता जाहेर गर्दछौ। साथै अहिले कोरोनाबाट सन्क्रमितहरुको संख्या न्युन रहेकाले हाम्रा सेवाका कार्यहरु केहि समयका लागि रोकिएको मात्र हो आगामी दिनमा महामारी फैलिएमा फेरिपनी हामिहरु उहीँ उर्जाकासाथ हजुरहरुको सेवामा खटिने प्रण गर्द्छौ।🙏🙏🙏

12/07/2021
21/06/2021

लगातारको वर्साका कारण सहायता कक्ष सन्चालन मा कठिनाई आएकाले हामिले प्रयोग गरिरहेको टेण्ट हटाइएको जानकारि गराउदछौ। अहिले नेपाल तथा हाम्रो कृष्णपुर क्षेत्र भित्र सकृय सन्क्रमितको संख्या न्यून भएकाले घर घरमा गएर दिने सेवा केहि समयका लागि बन्द गरेका छौ तर अति आव्स्यक परेका बिरामिलाई हामि सदैब सेवाका लागि तत्पर रहेका छौ उक्त सेवाका लागि हाम्रो हेल्प डेस्क का नम्बर्हरुमा सम्पर्क गर्न सक्नु हुनेछ।अहिले को अव्स्थालाई हेरेर सहायता कक्ष रोकिएको भएतापनि अर्को भेरिएन्ट को जोखिम बाढ्ने बित्तिकै हामि सेवामा हाजिर हुने बाचा गर्दै सहयोगि सम्पुर्न हात तथा मनहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौ। 🙏💓🙏

The 5000 volunteer group द्वारा संचालित हाम्रो यस अभियानलाई  #कृष्णपुर न.पा-०४ घर भै हाल रोजगारिको शिल्शिलामा गुजरातमा र...
17/06/2021

The 5000 volunteer group द्वारा संचालित हाम्रो यस अभियानलाई #कृष्णपुर न.पा-०४ घर भै हाल रोजगारिको शिल्शिलामा गुजरातमा रहनु भएका पर्वासि नेपालि संघ भारत (गुजरात ) का सदस्य एवम् मानवसेवि मनकारि युवा समाजसेवि #श्री ललित खड्का (लाल) ज्युले सप्रेम #रु 1000/- सहयोग प्रदान गरि यस पबित्र अभियानमा जोडिनु भएकोमा हाम्रो यस अभियान को तर्फबाट हार्दिक धन्यवादका साथै उत्तरोत्तर प्रगति होस जिवन सुखद रहोस भन्ने कामना।💜🙏💜

The 5000 volunteer group द्वारा संचालित हाम्रो यस अभियानलाई  #कृष्णपुर न.पा-०४ घर भै हाल रोजगारिको शिल्शिलामा दुबईमा रहन...
15/06/2021

The 5000 volunteer group द्वारा संचालित हाम्रो यस अभियानलाई #कृष्णपुर न.पा-०४ घर भै हाल रोजगारिको शिल्शिलामा दुबईमा रहनु भएका मानवसेवि मनकारि युवा समाजसेवि #श्री बिनोद धिक्त ज्युले सप्रेम #रु5855/- सहयोग प्रदान गरि यस पबित्र अभियानमा जोडिनु भएकोमा हाम्रो यस अभियान को तर्फबाट हार्दिक धन्यवादका साथै उत्तरोत्तर प्रगति होस जिवन सुखद रहोस भन्ने कामना।💜🙏💜

लगातारको तेस्रो दिन पनि बर्षा जारि रहेका कारण हेल्प डेस्क सन्चालनमा कठिनाई भैरहेको छ। छिटै अर्को उपयुक्त निर्णय लिने अवस...
15/06/2021

लगातारको तेस्रो दिन पनि बर्षा जारि रहेका कारण हेल्प डेस्क सन्चालनमा कठिनाई भैरहेको छ। छिटै अर्को उपयुक्त निर्णय लिने अवस्थामा पुगेका छौ ।

The 5000 volunteer group द्वारा संचालित हाम्रो यस अभियानलाई  #कृष्णपुर न.पा-०४ घर भै हाल स्थायी रुपमा काठमाडौं निवासि रो...
13/06/2021

The 5000 volunteer group द्वारा संचालित हाम्रो यस अभियानलाई #कृष्णपुर न.पा-०४ घर भै हाल स्थायी रुपमा काठमाडौं निवासि रोजगारिको शिल्शिलामा दुबईमा रहनु भएका मानवसेवि मनकारि युवा समाजसेवि #श्री यज्ञ बहादुर थापा ज्युले सप्रेम #रु5005/- सहयोग प्रदान गरि यस पबित्र अभियानमा जोडिनु भएकोमा हाम्रो यस अभियान को तर्फबाट हार्दिक धन्यवादका साथै उत्तरोत्तर प्रगति होस जिवन सुखद रहोस भन्ने कामना।💜🙏💜

Address

Krishnapur
Kanchanpur
10900

Telephone

+9779810600026

Website

Alerts

Be the first to know and let us send you an email when The 5000 Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The 5000 Club:

Share

Category