Damak-Lakhanpur Veteran FC

Damak-Lakhanpur Veteran FC स्वास्थ को लागि खेलकुद

27/05/2016





राजघाट भेट्रानको उपाधि धरानलाई उर्लाबारी जेठ ९ गते । प्रथम राजघाट भेट्रान कपको उपाधि धरान भेट्रान क्लवले जितेको छ । राजघ...
23/05/2016

राजघाट भेट्रानको उपाधि धरानलाई

उर्लाबारी जेठ ९ गते ।
प्रथम राजघाट भेट्रान कपको उपाधि धरान भेट्रान क्लवले जितेको छ । राजघाट भेट्रान फुटवल क्लवको आयोजनामा स्थानीय दुर्गापुरी खेल मैदानमा आईतवार सम्पन्न फाईनल खेलमा उर्लाबारी युनाइटेड भेट्रान क्लवलाई सडनडेथमा ६—५ गोल अन्तरले स्तब्ध पार्दै धरानले उपाधि रक्षा गरेको हो ।
उपाधिसँगै धरानले नगद ५० हजार ५ सय ५५ रुपैंयाँ र ट्रफि प्रमाणपत्र हात पारेको छ । उपबिजेता उर्लाबारी युनाइटेडले २५ हजार ५ सय ५५ रुपैंया नगद र ट्रफि प्रमाणपत्रमा चित्त बुझाएको छ ।
सडनडेथमा धरानका गोल रक्षक कुमार शाक्यले तेजु राईको प्रहार बचाउ गरेपछि धरानको जित सम्भव भएको हो । टाइब्रेकरमा उर्लाबारीका दिपक गुरुङ,सुरेन्द्र तामाङ,सचिन्द्र धिमाल र सन्जिब बुढाथोकीको प्रहार गोलमा परिणत भएको थियो भने धरानका तर्फबाट अर्जुन राई,असोक लिम्बू,सुमन केसी र मनिष तामाङले गोल गरेका थिए ।
टाइब्रेकरमा उर्लाबारीका गोपाल बुढाथोकीको प्रहार धरानका गोल रक्षक कुमार शाक्यले बचाएका थिए भने धरानका गणेश लिम्बूले आउट प्रहार गरेका थिए । त्यसपछि भएको सडनडेथमा उर्लाबारीका तर्फबाट रुद्र खड्काले गोल गरेभने धरानका लक्ष्मण थापा र कमल गिरीले गोल गरे । यसअघि निर्धारित ६० मिनेटको खेलमा १५ आंैं मिनेटमा सुरेन्द्र तामाङको फ्रिकिक लाई सदुपयोग उर्लाबारीका सन्जय योङहाङले गोल गर्दै उर्लाबारीलाई अग्रता दिलाएका थिए । पूवाद्र्धमा १—०ले अघि रहेको उर्लाबारीबिरुद्ध खेलको ४० औं मिनेटमा धरानका गणेश लिम्बूले उत्कृष्ठ गोल गर्दै टिमलाई १—१ को बराबरीमा पु¥याएका थिए ।
निर्धारित समयमा खेलको अन्तिम निर्णय नभएपछि खेल टाईब्रेकर हुँदै सडन डेथमा पुगेको हो । फाईनल खेलको म्यान अफ द म्याच उर्लावारीका बिमल गुरुङ घोषित भए । गुरुङलाई नगद १५ सय रुपैया सहित ट्रफि प्रदान गरियो । यस्तै,खेल अबधिमा सर्वाधिक गोलकर्ता धरानका मनिष तामाङलाई २ हजार रुपैंया सहित ट्रफिले सम्मान गरियो । म्यान द सिरीज धरानका गणेश लिम्बू घोषित भए । लिम्बूलाई ५ हजार रुपैंया र ट्रफि प्रदान गरियो । बिजेता तथा उपबिजेतालाई कार्यक्रमका प्रमुख अतिथी एन्फाका केन्द्रयि उपाध्यक्ष सन्तोष बानियाँ,नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ९ का सभापति खड्ग फागो,जिल्ला फुटवल संघ मोरङका अध्यक्ष दिपेन्द्र धिमाल,एनआईसी एसिया बैक दमक साखाका प्रमुख सुजन राई लगायतले पुरस्कार बितरण गरे । जेठ २ गतेदेखी सुरु भएको प्रतियोगितामा आयोजक टिम राजघाट मोरङ सहित दमक लखनपुर भेट्रान फुटबल क्लव झापा, बिराटचोक भेट्रान फुटबल क्लव मोरङ, बिर्तामोड भेट्रान फुटबल क्लव झापा, धरान भेट्रान फुटबल क्लव मोरङ, उर्लावारी युनाइटेड भेट्रान फुटबल क्लव मोरङ, चौधरी ढुवानी सेवा चाँदबेला झुम्का सुनसरी र युनाइटेड भेट्रान फुटबल क्लव बिराटनगर मोरङ गरी जम्म ८ वटा टिमको सहभागीता जनाएका थिए । राजघाट भेट्रानका अध्यक्ष अर्जुन नाल्बोले फुटवल प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्नुहुने शुभेच्छुक तथा दाताहरुमा धन्यवाद तथा आभार प्रकट गरे ।

बिद्यालय स्तरका फूटबल खेलाडीका लागी सुबर्ण अवसर
21/05/2016

बिद्यालय स्तरका फूटबल खेलाडीका लागी सुबर्ण अवसर

Receiving M.O.M AwardsRajghat Veteran Championship 2073Our Promising Veteran Defender Bhakta Magar
19/05/2016

Receiving M.O.M Awards
Rajghat Veteran Championship 2073
Our Promising Veteran Defender
Bhakta Magar

आजको पहिलो सेमिफाइनल खेलको उत्कृष्ट खेलाडी दमक लखनपुर भेट्रान फूटबल क्लबका भक्त मगर ।।धेरै धेरै बधाई ।।।
19/05/2016

आजको पहिलो सेमिफाइनल खेलको उत्कृष्ट खेलाडी दमक लखनपुर भेट्रान फूटबल क्लबका भक्त मगर ।।
धेरै धेरै बधाई ।।।

प्रथम राजघाट भेट्रान फुटबल प्रतियोगिता २०७३ मोरङ मासडन डेथमा दमक लखनपुर भेट्रान क्लबलाइ ४-३गोल  अन्तरले पराजित गर्दै उर्...
19/05/2016

प्रथम राजघाट भेट्रान फुटबल प्रतियोगिता २०७३ मोरङ मा
सडन डेथमा दमक लखनपुर भेट्रान क्लबलाइ ४-३गोल अन्तरले पराजित गर्दै उर्लाबारी युनाइटेड भेट्रान क्लब फाइनलमा प्रबेश गरेको छ ।

राजघाट भेट्रान च्याम्पियनसिप अन्तर्गत आज दमक लखनपुर भेट्रान फूटबल क्लबले आफ्नो सेमिफाइनल खेलमा उर्लाबारीको युनाइटेड भेट्...
19/05/2016

राजघाट भेट्रान च्याम्पियनसिप अन्तर्गत आज दमक लखनपुर भेट्रान फूटबल क्लबले आफ्नो सेमिफाइनल खेलमा उर्लाबारीको युनाइटेड भेट्रान क्लबको समना गर्दैछ ।
दमक लखनपुर क्लबलाई जितको सुभकामना ।।

पहिलो हाफको २-० ले पछी परेको स्थितीलाई उल्टाउदै दोस्रो हाफमा २ गोल गरेर बराबरी भएपछी टाइब्रेकरमा ५-३ को गोल अन्तरले दमक ...
16/05/2016

पहिलो हाफको २-० ले पछी परेको स्थितीलाई उल्टाउदै दोस्रो हाफमा २ गोल गरेर बराबरी भएपछी टाइब्रेकरमा ५-३ को गोल अन्तरले दमक लखनपुर भेटरान क्लबले युनाइटेड भेटरान क्लब बिराटनगरलाई पराजित गरेको छ । दमक लखनपुरका लागि कृष्ण श्रेष्ठ र देउमान लिम्बूले गोल गरे । आउदो ६ गते झुम्का र उर्लाबारी को बिजेता सङ सेमिफाइनल खेल्ने छ ।।।

09/05/2016
"प्रथम राजघाट भेटरान फूटबल प्रतियोगिता २०७३"हामी दमक लखनपुर भेट्रान क्लबको उत्घाटन खेल युनाइटेड भेटरान क्लब बिराटनगर विर...
08/05/2016

"प्रथम राजघाट भेटरान फूटबल प्रतियोगिता २०७३"
हामी दमक लखनपुर भेट्रान क्लबको उत्घाटन खेल युनाइटेड भेटरान क्लब बिराटनगर विरुद्ध येहि मिति २०७२/0२/२ गते आइतबार ठिक दिनको २ बजे राजघाट को अरनिको उच्च मा. बि. को खेल मैदानमा ।

५औ मदन भण्डारी इस्मृती अन्तरास्ट्रिय आमन्त्रित गोल्ड कप २०७३
05/05/2016

५औ मदन भण्डारी इस्मृती अन्तरास्ट्रिय आमन्त्रित गोल्ड कप २०७३

सताक्षि गोल्डकप २०७३ को खेल तालिका
25/04/2016

सताक्षि गोल्डकप २०७३ को खेल तालिका

Address

Damak
Jhapa District
00977

Telephone

9852675238

Website

Alerts

Be the first to know and let us send you an email when Damak-Lakhanpur Veteran FC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category