17/12/2025
देश विकास हुनको लागि सबैभन्दा पहिला त नेता सच्चा हुनुपर्छ। भिजन भएको नेतृत्व गर्न सक्ने र इमान्दारिता नैतिकता मा प्रष्ट भएको व्यक्ति मात्र नेता बन्न सक्छ। तर आजको परिवेशमा त्यस्तो नभई अनैतिक क्रियाकलाप गर्ने भ्रष्ट र सुशासन दिन नसक्ने नेताहरूले गर्दा देशको अवस्था खराब भएको छ। जेन जी आन्दोलनको दिनपछि नवगठित सरकारले पनि खासै अर्थ देखाउन सकेको छैन। झन् ठूलो ठूलो भ्रष्टाचारको फाइल हरू सरकारकै आउँदैछ। र जसले देशको रक्षाको निम्ति सहिद हुनुभयो उहाँहरुलाई नै अपमान जनक व्यवहार भइरहेको छ घाइतेहरु छटपटाइरहेका छन् न्यायको ढोका अझै पनि खोल्न सकेको छैन घाइतेलाई निःशुल्क स्वास्थ्य शिक्षा र रोजगारीको अवसर सिर्जना गर्नु नै यो सरकारको प्रमुख लक्ष्य हो। तर लक्ष्यहीन परिस्थितिबाट सरकार हिँड्दा एकदम दुःख लागेको छ।