13/06/2026
२०८३/२/३० शनिबार ११ बजे होटल एयरपोर्ट सभाकक्षमा भद्रपुर झापा गोल्डकप दोस्रो अधिवेशनको निर्वाचन समिति संयोजक अधिवक्ता दिपेन्द्र भट्टराईज्यूको अध्यक्षता तथा नगरप्रमुख गणेश पोखरेलज्यूको प्रमुख आतिथ्य संचालन भएको छ।
कार्यक्रममा बिशिस्ट अतिथिहरु वडाध्यक्षहरु: गौरब सुब्बा ,अभिशेक ढुंगाना,राम दहाल,बन्धु कार्की ,रतिया राजवंशी , निवर्तमान नगर प्रमुख जीवनकुमार श्रेष्ठ , पुर्व प्रदेश माननिय बसन्तकुमार बानिया, झापा उबासंघ अध्यक्ष प्रज्वल राइ, नेपाल चिया उत्पादक संघ अध्यक्ष आदित्य पराजुली,,अतिथिहरु राजबाबु शंकर, इषा प्रधान नेपाल पत्रकार महासंघ सदस्य ,हुलासचन्द्र सरिया,बिनय गोयल, शिवकुमार गुप्तासमेतको उपस्थिति रहेको छ।
निर्वाचन समिति संयोजकले नवनिर्वाचित अध्यक्ष दिपेश ढकाललाई सपथग्रहण गराउनुभयो र अन्य पदाधिकारी सदस्यहरुलाई अध्यक्षज्यूले सपथगहण गराउनु भएको छ।
निर्वाचन समितिका सदस्य रोहित काफ्लेले संचालन र सदस्य गोपाल गिरीले स्वागत गर्नुभएको सो कार्यक्रममा नव निर्वाचित सम्पूर्णलाई प्रमाणपत्र बितरण गरिएको छ ।
उक्त कार्यक्रममा टिकाराज ढकाल , अभिशेक ढुंगाना, नगर प्रमुखज्यूले शुभकामना मन्तब्य, अध्यक्ष दसपेश ढकालले धन्यवाद ज्ञापन र प्रतिबद्धता मन्तब्य राख्नुभएको छ।
दोस्रो सत्र: पदभार गहण तथा पहिलो बैठक आजै अध्यक्ष दिपेश ढकालको अध्यक्षतामा र महासचिव जीवनकुमार श्रेष्ठको संचालन गरिएको छ।
बैठकले कार्यसमितिमा पहिलोपटक निर्वाचित हुनुभएका सदस्यहरुको परिचय कार्यक्रम गर्दै यस अघिको समिति रहनु भई खेलकुद गतिविधि गर्न गराउन महत्त्वपूर्ण योगदान पुर्याउनु भएका गणेशलाल राजभण्डारी लगायतका समिति सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्दछ।
पहिलो बैठकले पदभार ग्रहणकै दिन १) निर्वाचन समिति, निर्वाचन समितिका कर्मचारी , कार्यालय कर्मचारीहरु, पुर्व सदस्यज्यूलाई धन्यवाद ज्ञापन गर्दछ, २) भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता २०८३ तेस्रो संस्करण नेपाली राष्ट्रिय स्तरका ए डिभिजन क्लब, बिभागिय टिम, भारत ,बंगलादेश ,भुटान र जापानका क्लबहरुले सहभागिता गर्ने गरि मिति २०८३/११/७-१६ बिगतकै मितिमा मेची रंगशालामा सम्भव भए रात्री कालिन भव्य सफल फुटबल प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता सहित सहयोगका लागि अपिल गर्ने निर्णय गरिएको छ । अखिल नेपाल फुटबल संघ ललितपुर सात दोबाटोमा खेल तालिकामा राख्न अनुरोध गर्ने । ३) तेस्रो संस्करण फुटबल प्रतियोगिता संचालनका लागि झापाका सबै पालिकाहरुमा, कोशी प्रदेश सरकारका बिभिन्न मन्त्रालयहरु, खेलकुद विकास बोर्ड र संघीय सरकार तथा संघीय सरकारमातहतका खेलकुद सम्वन्धि संस्था राखेप त्रिपुरेश्वरसमेतमा साथै दाता,उद्यमी व्यबसायीहरुसंगसमेत सहयोग माग गर्ने निर्णय गरियो । ४) राष्ट्रिय बाणिज्य बैंक भद्रपुर र एक्सेल डेभलपमेन्ट बैंकमा रहेको बैंक खाता संचालन गर्न नवनिर्वाचित अध्यक्ष दिपेश ढकाल,कोषाध्यक्ष अजयकुमार साहेवाला र सचिव तिर्थराज ढकालको हस्ताक्षरमा खाता संचालन गर्ने र कोषाध्यक्षको अनिवार्य दस्तखत र अध्यक्ष सचिवमध्ये कुनै एकको दस्तखतले खाता संचालन गर्ने निर्णय गरियो । ५) दोस्रो अधिवेशन सन्दर्भमा भएका खर्चहरु जानकारी तथा अनुमोदन र निर्वाचन समितिलाई निर्वाचन कार्यक्रम संचालन गरिए बापत समिति संयोजकसंग सरसल्लाह गरी रकम तोकि भुक्तानी दिने निर्णय गरियो ।
सहभागी सम्पूर्ण आजसवन सदस्य ,अतिथि पत्रकारहरु, अतिथिहरुमा आभार तथा धन्यवाद ज्ञािन गर्दै बैठक समापन गरिएको छ।