25/06/2024
एक जना व्यक्तिको भेट आफ्नो पुरानो मित्रसँग भयो । भेट हुँदा साथ पहिलो मित्रले आफ्ना पुरानो दोस्रो मित्रसँग सोधे — “तिमी आज भोलि कहाँ काम गर्दैर्छौ ?"
दोस्रो मित्रले पहिलो मित्रलाई आफू काम गर्ने पसलको नाम बतायो !
पहिलो मित्रले फ़ेरि सोधे — "मालिकले तलब कति दिन्छन् ?"
दोस्रो मित्रले जवाफ दिए — "२५ हजार रूपैयाँ मासिक ! "
पहिलो मित्रले भने — "मात्र २५००० रूपैयाँ ? यति पैसामा तिम्रो जिन्दगी कसरी चल्छ? "
दोस्रो मित्रले गहिरो सास लिँदै भन्यो — "कुरा नगर साथी, जिन्दगी जेनतेन चलेकै छ, तिमीलाई के बताऊँ?”
उनीहरूको भेटघाट सकियो । तर पहिलो मित्रको प्रश्न दोस्रो मित्रको दिमागमा विषालु हावा बनेर घुसिसकेको थियो । केही दिन पछि दोस्रो मित्रको आफ्नो काम प्रति लगाब कम हुँदै जान थाल्यो । उसले तलब बढाउनु पर्ने माग मालिक सामु राख्यो ! तर उसको माग मालिकले ठाडै अस्वीकार गरिदियो ! अन्तमा दोस्रो मित्रले नोकरी छाड्यो । अब उ बेरोजगार छ ! पहिले उससँग काम थियो ! अब उसँग कुनै काम छैन ! अहिले ऊ मात्र होइन उसको परिवार नै समस्यामा छ !
हामीले गर्ने केही प्रश्नहरू हामीलाई सामान्य लाग्न सक्छन् तर यसले अरूको जीवनमा विषालु हावाको काम गर्ने गर्छ । अनजानमा वा जानीजानी गरिने यस्ता प्रश्नहरूले अरूको जीवनमा घृणाको बीउ रोप्न सक्छ । अरूको जीवननै बर्बाद गर्न सक्छ । आज हाम्रा वरिपरि जुन तनाव भइरहेका छन् त्यसको जडसम्म पुग्यौं भने अक्सर त्यसको पछि अन्य व्यक्तिहरूले फैलाएका यस्तै कुनै विषालु हावा हुने गर्छ ।
यस्ता विषालु हावालाई नजरअन्दाज गर्न सिकौं ! यस्ता विषालु हावा फैलाउने कारक बन्नबाट बचौं ! अन्य मानिसहरूको घरमा जाँदा अन्धा बनेर जाऔं र निस्कदा लाटो-गुँगो बनेर निस्कौं ।
स्रोत : सामाजिक सञ्जाल