Janakpur news

Janakpur news we given all news from Janakpur

09/04/2017

आइतबारबाट शुरु हुने मोसफलको सबैभन्दा ठूलो क्रिकेट लिगले सुदूरपश्चिम नेपालमा बढ्दो क्रिकेट मोहलाई थप उजागर गर्ने ठानिएको छ।

09/04/2017

Rip

25/03/2017

https://www.facebook.com/janakireflab/
Plz must share....

JRL - Janaki Reference Laboratory Pvt. Ltd. | ISO-Certified Diagnostic Center
📍 First Floor, Opposite Janakpur Zonal Hospital, Janakpur, Nepal
📞 +977-41-523450, +977-9808963310
📧 [email protected]
🕒 Open Daily: 7:00 AM – 6:30 PM

मलेसियामा गुन्डागर्दी गर्ने यी नेपालीहरुको अनुहार राम्रो हेर्नुहोस । अब मलेसियाको कानुन अनुसार यिनिहरुको कार्भाइ अघिबड्न...
18/02/2017

मलेसियामा गुन्डागर्दी गर्ने यी नेपालीहरुको अनुहार राम्रो हेर्नुहोस । अब मलेसियाको कानुन अनुसार यिनिहरुको कार्भाइ अघिबड्ने छ।मलेसियामा नेपाली गिरोह पक्राउ, नेपालीबाटै जबरजस्ती रकम असुलेको आरोप

६ फागुन, काठमाडौं । जबरजस्ती पैसा असुली र डकैतीमा संलग्न नेपालीहरुको एउटा गिरोहलाई मलेसिया प्रहरीले पक्राउ गरेको छ । गिरोहका ११ जना पक्राउ परेका हुन् । उनीहरु मध्ये दुई जना महिला पनि छन् ।

Advertisment

मलेसियाको सेबेराङ पेराइ तेन्गाहका प्रहरी प्रमुख एसीपी निक रोस अजहान निक अब्दुल हामिदका अनुसार २२ वर्षदेखि ३६ वर्षको उमेरबीचका सबै आरोपीहरु बुधबार जुरु र तामान पेरविरामा छापा मार्दा पक्राउ परेका हुन् ।

‘क्वालालम्पुर बस्ने ३६ वर्षीय समूहको नेता सबै सदस्यहरुबाट संकलित रकम लिनका लागि यहाँ आएर बसेको हाम्रो अनुमान छ,’ हामिदले बिहिबार भने ।

‘पेनाङ योङ स्टार ग्याङ’ को नामले परिचित यो गिरोहले एक वर्षयता आफ्नै देशका नेपाली साथीहरुबाट मासिक २५ रिङ्गेटका दरले ‘सुरक्षा शुल्क’ असुल गर्दै आएको अनुसन्धानबाट खुलेको छ । गिरोहका व्यक्तिहरु यो राज्यभित्र थुप्रै मारपिटमा संलग्न रहेको पनि पत्ता लागेको हामिदले बताए ।

‘सबै आरोपीहरुको शरीरमा थुप्रै टाटु थिए, त्यसमा पनि एउटा विशेषखालको साझा टाटु थियो, जसले उक्त गिरोहको सदस्य भनेर पहिचान गर्न सकिन्थ्यो । गिरोहले आफ्ना सदस्यहरुका लागि विशेष समारोह आयोजना गर्ने गथ्र्यो र छापा मारिएको एउटा घर नयाँ सदस्यहरुलाई भर्ति गर्ने स्थान थियो,’ उनले भने ।

छापा मारेपछि प्रहरीले खुकुरी, नेपाली झण्डा, व्वाँसोको टाउको भएको मुर्ति, सांगीतिक उपकरण बरामद गरेको हामिदले जानकारी दिएका छन् । उनीहरु कसैसँग पनि यात्राको वैध कागजात नभएको उनको भनाइ छ ।

Which one is best humepipe or dhalan...humepipe in janakpur & dhalan in birgunj plz comment...both are same project...
08/12/2016

Which one is best humepipe or dhalan...humepipe in janakpur & dhalan in birgunj plz comment...both are same project...

को हुन सन्जय साह (टाकला) ??सार्वजनिक अपराधमा पक्राउ पर्दै छुट्दै आएका निलम्बित सांसद सञ्जयकुमार साह ‘टकला’ अन्तत: पाँच ज...
07/12/2016

को हुन सन्जय साह (टाकला) ??

सार्वजनिक अपराधमा पक्राउ पर्दै छुट्दै आएका निलम्बित सांसद सञ्जयकुमार साह ‘टकला’ अन्तत: पाँच जनाको मृत्यु र ३२ जना घाइते बनेको जनकपुर विस्फोट काण्डमा मुछिएर प्रहरी नियन्त्रणमा परे, वैशाख ०७१ मा । पक्राउ परेसँगै उनी संलग्न थप अपराधका रहस्य मात्रै खुल्दै छैनन्, उनले यसबीचमा कमाएको अवैध आर्जनको ग्राफसमेत अचम्मसँग बढेको छ ।

०६९ को जनकपुर बम विस्फोट काण्डदेखि ०६६ मा भएको सञ्चार उद्यमी अरूण सिंघानियाको हत्यासम्मका घटनाका मुख्य योजनाकार भनिएका साहले आपराधिक दुनियाँबाटै आर्थिक साम्राज्य खडा गर्न सफल भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानले देखाएको छ । सामान्य किसान पृष्ठभूमिका साहको परिवार डेढ दशकमै करिब एक अर्ब रुपियाँबराबरको सम्पत्तिको मालिक बन्न सफल भएको छ, जसप्रति अनुसन्धान अधिकारीहरू नै अचम्भित छन् । ब्युरोका प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम पराजुली भन्छन्, “सामान्य परिवारको मानिस एकाएक अर्बको मालिक बनेको देखिन्छ । जुन अस्वाभाविक मात्रै होइन, हाम्रो सन्दर्भमा त असम्भव नै हो ।”

५२ करोडको घरजग्गा
आपराधिक जालो जतिजति फिँजिदै गयो, उनको सम्पत्ति पनि अस्वाभाविक रूपमा बढ्दै गएको देखिन्छ । ०५५ अघिसम्म साह परिवारका नाममा जनकपुर नगरपालिका क्षेत्रमा एक टुक्रा जग्गा थिएन । त्यतिन्जेल जनकपुरबाट दक्षिणपूर्व करिब सात किलोमिटर टाढा रहेको उनको पुख्र्यौली गाउँ लोहनामा १५ कठ्ठा २ धुर जग्गा उनीसँग रहेको कागजातबाट देखिन्छ । अहिले भने उनको आर्थिक साम्राज्य धनुषादेखि काठमाडौँसम्म फैलिएको छ । मुख्यमुख्य सहरका महँगा क्षेत्रमा प्रशस्तै जग्गाजमिन छ । ब्युरोले तयार पारेको अनुसन्धान प्रतिवेदन अनुसार साहले आफ्नोबाहेक बुबा साधु साह सुढी, श्रीमती रंगिलादेवी साह र आमा दुलारीदेवी साहका नाममा चल/अचल सम्पत्ति जोडेका छन् ।
धनुषामा मात्रै साह परिवारको दुई बिघा जमिन छ । जनकपुर नगरपालिकाभित्रै १० ठाउँमा गरी उनले करिब १० कठ्ठा जग्गा जोडेका छन् । घरजग्गा व्यवसायीहरूका अनुसार जनकपुर बजार क्षेत्रमा अहिले प्रतिधुर १५ देखि ३० लाख रुपियाँमा जग्गा किनबेच हुन्छ । प्रतिधुर औसत २० लाख रुपियाँ मान्दा १० कठ्ठा जग्गाको मूल्य ४० करोडबराबर हुन्छ ।

जनकपुरको मुटु मानिने जनकपुरधाम क्षेत्रमा मात्रै ३४ धुर जग्गा जोडेका छन् र यहीँ उनले आलिसान घर पनि बनाएका छन् । धनुषाकै भरतपुर–४ मा एक बिघा जमिन भेटिएको छ भने नक्टाझिज–८ मा १० कठ्ठा । यो क्षेत्रमा प्रतिकठ्ठा सालाखाला १५ लाख रुपियाँ पर्छ । यस हिसाबले साहको जग्गा यी क्षेत्रमा मात्रै डेढ करोड रुपियाँको छ ।

उनले सर्लाहीको विष्णुपुरमा पूर्वपश्चिम राजमार्ग किनारमै करिब नौ कठ्ठा घडेरी जोडेका छन् । यस क्षेत्रमा प्रतिकठ्ठा जग्गाको ४० लाख रुपियाँ बेसी पर्छ । यस हिसाबमा उनको जग्गा करिब ४ करोड रुपियाँ बराबरको हुन्छ । यो गाउँ हरिवन नगरपालिकामा गाभिएपछि त झनै जग्गाको भाउ अकासिएको छ ।

उनकै नाममा ललितपुरको नखिपोटमा १ रोपनी २ आना जग्गामा साढे दुई तलाको घर छ । यस जग्गाको मूल्य मात्र प्रचलित दर २० लाख प्रतिआनामा हिसाब गर्दा ३ करोड ६० लाख हुन्छ । उनीसँग घरजग्गा मात्र करिब ५२ करोड रुपियाँबराबरको रहेको देखिन्छ । “वैध आम्दानीको स्रोतले यति छोटो समयमा ठूलो सम्पत्ति जोड्ने अवस्था देखिँदैन । त्यसैले यो सबै आपराधिक क्रियाकलापबाट कमाएको पुष्टि हुन्छ,” सीआईबीका निर्देशक प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवाल भन्छन् ।

दर्जन कम्पनीका मालिक
चल/अचल सम्पत्ति जोड्ने क्रममा उनले थुप्रै कम्पनीमा लगानी पनि गरेको पाइएको छ । साहका नाममा मात्र नौवटा कम्पनी दर्ता छन् । कम्पनीहरू हेर्दा यस्तो लाग्छ, उनीजति विविधतायुक्त क्षेत्रमा दख्खल भएको अर्को व्यवसायी नै यो मुलुकमा छैन । निर्माण व्यवसाय, वित्तीय कम्पनी, पेट्रोल पम्पदेखि मेडिकल क्षेत्रसम्म उनले व्यापारिक पहुँच बनाएका छन् । केही कम्पनीका त विभिन्न ठाउँमा शाखा कार्यालयसमेत खोलिएका छन् ।

धु्रवतारा कन्स्ट्रक्सन, मिथिला मनी ट्रान्सफर, वीरेन्द्र इन्स्टिच्युट अफ मेडिकल एन्ड टेक्नोलोजी, केबी पेट इन्डस्ट्रिज, सारस इन्भेस्टमेन्ट प्रालि, क्लाउड नाइन नेपाल, गंगासागर गु्रप अफ इन्स्टिच्युसन, कर्णाली बिल्डर्स र मिथिला आयल स्टोर्समा साहको लगानी भेटिएको छ । यीमध्ये धु्रवताराको चितवनमा, केबी पेटको लगनखेल, ललितपुरमा शाखा कार्यालय छन् । बाँकी सबै धनुषा जिल्लाबाटै कारोबार गर्ने कम्पनी हुन् ।

यी कम्पनीमा साहको लगानी २० करोड रुपियाँभन्दा माथि देखिन्छ । धु्रवताराले निर्माणसम्बन्धी कामको ठेक्कापट्टा लिन्छ । मिथिला आयल स्टोर्स नामक पेट्रोल पम्प उनले बुबा साधु साह सुढीका नाममा दर्ता गरेर चलाइरहेका छन् । यही फर्मका नामबाट साहले नेपाल प्रहरीको रासन ठेक्काको कामसमेत गर्थे ।

साहसँग आफू चढ्नका लागि विलासी गाडी एसयूभी (स्पोर्ट्स युटिलिटी भेहिकल) र टाटा एरिया प्राइड छ । यसको मूल्य अहिले नेपाली बजारमा ५० लाख रुपियाँभन्दा बढी छ । उनीसँग महिन्द्राकै दुईवटा एक्जाभेटरसमेत रहेका छन्, जसको मूल्य दुई करोड रुपियाँभन्दा माथि पर्छ । त्यसबाहेक उनको अर्को गाडी निसान पिकअपको बजार मूल्य करिब ६० लाख छ ।

प्रहरीका अनुसार ठेक्कापट्टाबाट प्राप्त रकमबाट उनले आफ्नो आपराधिक जालो निर्माण गरे र हत्या, फिरौती, अपहरणजस्ता घटनाका समेत योजना बुन्न थाले । उनको आपराधिक सञ्जाल नेपालको सीमाभन्दा बाहिरसम्म फैलिएको छ । र, सीमापार अपराधका धेरै घटनामा उनी मुछिएका छन् । “अपराधको कमाइबाटै सबैतिर लगानी वृद्धि गर्दै गएको देखिन्छ,” डीआईजी सिलवाल भन्छन्, “अपराधबाट कमाएको पुँजी उनले मोजमस्तीमा ।

०६९ को जनकपुर बम विस्फोट काण्डदेखि ०६६ मा भएको सञ्चार उद्यमी अरूण सिंघानियाको हत्यासम्मका घटनाका मुख्य योजनाकार भनिएका साहले आपराधिक दुनियाँबाटै आर्थिक साम्राज्य खडा गर्न सफल भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानले देखाएको छ ।

good thinking ...
23/11/2016

good thinking ...

मिथिला राज्यको माग गरदै जनकपुरको रामानन्द चौकमा शान्ती पुर्न धारनामा गराइएको बम बिस्फोटको आबाज र मृतक तथा घाइतेहरुको वेद...
18/11/2016

मिथिला राज्यको माग गरदै जनकपुरको रामानन्द चौकमा शान्ती पुर्न धारनामा गराइएको बम बिस्फोटको आबाज र मृतक तथा घाइतेहरुको वेदनाको सम्झ्ना आउदा आज पनि शरीर काप्छ।मन सुनिएर आउँछ।
#केहिले भन्छ म निर्दोष छु बुझ्यो हे पहिचानबादिहरु।मिथिलाको सहिदहरुलाइ नमन।
#दोसिलाइ_फासी_दिनुपर्छ।

Address

Janakpur
28262

Alerts

Be the first to know and let us send you an email when Janakpur news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share