सफलताको नियम

सफलताको नियम Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from सफलताको नियम, Sports, Janakpur.

19/09/2021
05/04/2020

👨‍👨‍ यी खानेकुरा ले रोग प्रतिरोध क्षमता घटाउछ !

शरीरमा शक्ति प्राप्त गर्न खाना आवश्यक हुन्छ। केही खाद्यपदार्थ यस्ता छन्, जसबाट प्रतिरोधी क्षमता कम हुन्छ र स्टामिना घट्छ। रोगप्रतिरोधी क्षमता कमजोर हुँदा भाइरल इन्फेक्सन चाँडो हुन्छ।

सफ्ट ड्रिंक

सामान्यतः सफ्ट ड्रिंकले स्वास्थ्यलाई असर गर्नेबारे हामी ख्याल गर्दैनौं। तर विशेषज्ञका अनुसार बढी सफ्ट ड्रिंक सेवनले स्टामिना बिस्तारै कमजोर हुन्छ। खासगरी बडी बिल्डिङका बेला यसको अधिक सेवनबाट बँच्नुपर्छ।

क्याफिन र अल्कोहल
क्याफिन र अल्कोहल सेवनले इम्युनिटी अर्थात् प्रतिरोधी क्षमतामा नकारात्मक असर गर्छ र स्टामिना कम हुन्छ। यसको अधिक सेवनले शरीरको दैनिक चक्र बिग्रन्छ र इनर्जी लेभल झर्न थाल्छ।

मैदाजन्य पदार्थ
मैदाजन्य खाद्यपदार्थले पाचन प्रक्रिया गडबड हुन्छ। यस्तो पदार्थ खानाले शरीरलाई उर्जा त मिल्दैन नै, ब्लड सुगर पनि बढ्छ। वर्कआउटका बेला यस्तो खानबाट बच्नुपर्छ। मैदाजन्य पदार्थ र फास्टफुडमा ‘पोलिडिमल्सिलोक्सेन’ नामक तत्व हुन्छ, जो स्वास्थ्यका लागि हानिकारक हुन्छ र स्टामिना कम हुन्छ।

कार्बोहाइड्रेटमुक्त आहार
न्यून पोषण र कार्बोहाइड्रेटयुक्त चिजलाई नियमित रुपमा खानामा समावेश गर्नाले स्टामिना कम हुनसक्छ। अमेरिकाको न्यूयोर्क र हवाईका पोषणविद् जेनी गिबलिन भन्छन्, ‘कार्बोहाइड्रेट हानिकारक हुन्छ भन्ने भ्रम मानिसमा छ, यसैले कार्बोहाइड्रेट सेवन पूर्ण रुपमा बन्द गर्नुको साटो सही कार्बोहाइड्रेट चयन गर्नु आवश्यक हुन्छ।’

उच्च वोसोयुक्त आहार
उच्च वोसोयुक्त आहारले शरीरमा बोसोको मात्रा बढ्छ। यसबाट मोटोपनालगायतका कयौं प्रकारका रोग लाग्छ। शरीर स्वस्थ राख्न बोसो आवश्यक पर्ने भएपनि बढीमात्रामा सेवनबाट बच्नुपर्छ। तर बोसोबाट शरीर उर्जावान हुन्छ, छालामा निखार आउछ, कपाल मजबूत हुन्छ र यसमा पाउने भिटामिन र खनिज पदार्थले विभिन्न रोगबाट बचाउँछ।
राम्रो लागियो भने Like share गर्न न भुल्नु होला ! धन्यवाद

05/04/2020

☠️☠️खाना खाँदा धेरै पानी पिउने बानी छ भने तुरुन्तै बदल्नुहोस्👨👨

यदि तपाईंमा खाना खाँदा धेरै पानी पिउने बानी छ भने तुरुन्तै बदल्नुहोस् किनकि त्यसले तपाईंको स्वास्थ्यमा फाइदा गरिरहेको हुँदैन। पानी पिउनु कति फाइदाजनक छ भनेर त हामी सबैलाई थाहा नै छ। तर, कतिबेला पिउने वा नपिउने भन्ने जानकारी नहुन सक्छ। वैज्ञानिक दृष्टिकोणबाट हाइड्रसन र पाचन प्रणालीलाई अति आवश्यक पदार्थ हो पानी। खाना खाएको बेला धेरै पानी पिउँदा यस्ता हानि देखिन सक्छन् :

- यदि तपाईं खानासँग धेरै पानी पिउनुहुन्छ भने यसले पित्त र पेटमा अम्लको आवश्यक स्तरमा असर पार्न सक्छ। यसबाट तपाईंको खाना ठिक तरिकाले पचाउन नसकेर पेटमा अन्य विषाक्त तत्व जम्मा हुन थाल्छन्।

- खाना खानभन्दा ३० मिनेट पहिला पानी पिउनु राम्रो हुन्छ । खाना खानुभन्दा ३० मिनेट पहिले पानी पिउँदा त्यसले बीचबीचमा पानी पिउने बानी हट्दै जान्छ। खाना पचाउने रसले त्यसपछि आफ्नो काम राम्रोसँग गर्न सक्छ।

- सात्विक आहार नै हाम्रो स्वास्थ्यको लागि उत्तम हो। जबकि चर्को मसाला, पिरो, धेरै नुन भएको खाना खाँदा पानी खानुपर्ने आवश्यकता हुने भएकाले सादा खाना खानुपर्छ।

- यदि खाना खाँदा पानी नभई नहुने बानी छ भने थोरै पानीको सहारा भने लिन सक्नुहुन्छ। यदि पानीमा कागती मिलाइएको छ भने यसबाट पाचन क्रिया छिटो हुन मद्दत गर्दछ।

- यदि तपाईंले दिनभर एक पटक पनि पानी पिउनु भएको छैन भने खानासँग थोरै पानी पिउन सक्नुहुन्छ किनकि शरीरमा पानीको मात्रा कम भयो भने खाना सजिलै पचाउन गाह्रो हुन्छ साथै एसिडिटी पनि हुन जान्छ।

- खाना खाएको ३० मिनेटपछि पानी पिउनुपर्छ। यसले खाना सजिलोसँग पचाउन मद्दत गर्छ र शरीरलाई चाहिने आवश्यक पानीको मात्रा पनि पुग्छ।

29/03/2020

आधा टाउको दुख्ने, बेलाबेलामा बेस्सरी टाउको दुख्ने, कन्चट दुख्ने, चक्कर लाग्ने, वाक वाक लाग्ने, वान्ता हुने, घाम वा भीडभाडमा जाँदा टाउको दुख्ने, रिस उठ्ने जस्तो लक्षण माइग्रेनका हुन सक्छन् ।

माइग्रेनको समस्या भएकाहरुले यी कुरामा ध्यान दिनुपर्छ ।
१ गुन्द्रुक, सिन्की, तामा तथा बोतलको पुरानो अचार नखाने ।
२ दही, मही, पनिर, आइसक्रिम, कफी चकलेट नखाने ।
३ कोक, बियर, रक्सी, वाइन (बन्द बोतल पेय पदार्थ )को सेवन नगर्ने ।
४ चम्किलो प्रकाश र भीडभाडबाट टाढै रहने ।
५ अति दुर्गन्ध तथा बास्ना आउने ठाउँ नजिक नजाने ।
६ भोको पेट नबस्ने, पानी तथा फलफूल प्रशस्त मात्रामा खाने ।
७ चिन्तामुक्त भएर बस्ने कोशिश गर्ने
८ कम्तिमा पनि ६ देखि आठ घन्टा आरामले सुत्ने ।

29/03/2020

चिसो पानीमा नुहाउने कि तातो पानीमा ? त्यो तपाईंको इच्छा । धेरैजसो मानिस तातै पानी रोज्लान् । तर अनुसन्धानकर्ताहरु भन्छन्, ‘चिसो पानीमा नुहाउनु स्वास्थ्यका लागि फाइदाजनक छ।’

चिसो पानीमा नुहाउनाका धेरै फाइदा छन् । जस्तो ः रक्तसन्चार राम्रो हुन्छ, तनाव कम हुन्छ, उत्साह र जागरुकता बढ्छ आदि । यसका अतिरिक्त शरीरको बोसो कम गर्न र रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्न पनि मद्धत हुन्छ।

चिसो पानी हाम्रो शरीरमा पर्दा शरीरमा झनझनाहट उत्पन्न हुन्छ, तनावमा शरीरले यस्तो प्रतिक्रिया गर्छ, जसबाट मुटुको धड्कन र रक्तसन्चार बढ्छ । चिसो पानीले नुहाउनु सुरक्षित पनि छ । कम्पन हुनेुवाहेक यसले शरीरमा कुनै नराम्रो असर गर्दैन । बीबीसीको कार्यक्रम ‘ट्रस्ट मी आइएम डाक्टर’ मा डा. क्रिस वान टोलेकन भन्छन्, ‘तर ख्याल गर्नुपर्ने कुरा के हो भने यदि तपाईं बुढो हुनुहुन्छ या मुटुको रोगी हुनुहुन्छ भने तपाईं बेहोस हुन सक्नुहुन्छ या हर्ट अट्याक पनि हुन सक्छ।’

चिसो पानीले नुहाउँदा तनाव र चिन्ता कम हुन्छ भन्नेबारेमा हालसम्म क्लिनिकल परीक्षण नभएपनि विशेषज्ञको भनाईमा यसले चिन्ता हटाउन मद्धत गर्छ । चिसो पानीले शरीरको हानिकारक रसायन र हर्मोन शरीरबाट बाहिर निकाल्छ, जसबाट तनाव घटेको महसुस हुन्छ।

सन् २०१३ मा ‘टीइडी टक’ मा धावक जोयल रनयोनले आफ्नो अनुभवका आधारमा भनेका थिए, ‘मानिस जुन परिस्थितिबाट डराइरहेको छ या असहज महसुस गरिरहेको छ, चिसो पानी या कोल्ड सावरमा नुहाउँदा त्यस्तो परिस्थितिसंग लड्ने तरिका बदल्न सकिन्छ।’

अर्कोतिर के पनि तर्क दिइन्छ भने चिसो पानीले नुहाउँदा दिमागमा अचानक झट्का लाग्छ, जो एक एन्टीडिप्रसेन्ट प्रभाव हुन सक्छ।

२०१६ मा ‘प्लस वान’ पत्रिकामा कोल्ड सावरले स्वास्थ्यमा पार्ने प्रभावका बारेमा छापिएको थियो । अध्ययनअनुसार ९० दिनमा दिनहुँ चिसो पानीमा नुहाउने २९ प्रतिशत मानिसमा रोग लाग्ने दर कम देखिएको थियो । अध्ययनमा सामेल मानिसहरुलाई तातोपानीको सावरको अन्त्यमा ३०, ६० या ९० सेकेन्डका लागि चिसो पानीले नुहाउन भनियो । अध्ययनका क्रममा के पाइयो भने कोल्ड सावर लिनेमा न रुघा लाग्यो, न अन्य खालका गलत असर नै । जतिबेर चिसो पानीमा नुहाएपनि कुनै नकारात्मक असर भएन।

बरु उनीहरुले शरीरमा उर्जा महसुस गरेका थिए ।

चिसो पानीले नुहाउँदा व्यायामपछि हुने पीडामा आराम मिल्छ । तर यसो किन हुन्छ भनेर वैज्ञानिकहरुसंग कुने तथ

Address

Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when सफलताको नियम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category