04/09/2026
🦚 श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना 🦚
धार्मिक मान्यताअनुसार भगवान् श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण पक्षको अष्टमी तिथिमा मथुरामा देवकी र वासुदेवका पुत्रका रूपमा भएको थियो। कंसको अत्याचारबाट जनतालाई मुक्त गर्दै धर्मको संरक्षण र अधर्मको अन्त्य गर्न श्रीकृष्णको अवतार भएको विश्वास गरिन्छ। महाभारतको युद्धमा अर्जुनलाई प्रदान गर्नुभएको श्रीमद्भगवद्गीताको ज्ञान कर्म, सत्य, कर्तव्य र धर्मको मार्गदर्शनका रूपमा आज पनि महत्वपूर्ण मानिन्छ।
🙏 श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूमा हार्दिक मंगलमय शुभकामना!
भगवान् श्रीकृष्णको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सद्भाव र सफलताको वास होस्।
🌸 शुभकामना प्रशिक्षण केन्द्र,📍 जनकपुरधाम
|| जय श्री कृष्ण || 🦚🙏