Yadab Raut

Call Directions Website Contact the business

Yadab Raut 💼 Governance Researcher and Innovator | 🧘 Yoga Enthusiast | ✍️ yaadab.com.np | 📍Japan Art of Living Facilitator,
Civil Servant,
Mr.
(3)

Nepal 2017 Makeover subtitle winner

जीवनको सुरुवात नै प्रेमबाट हुन्छ र यसको अन्तिम गन्तव्य पनि प्रेम नै हो।सोच्नुहोस् त, यदि तपाईंसँग संसारका सम्पूर्ण सुख-स...
20/08/2026

जीवनको सुरुवात नै प्रेमबाट हुन्छ र यसको अन्तिम गन्तव्य पनि प्रेम नै हो।

सोच्नुहोस् त, यदि तपाईंसँग संसारका सम्पूर्ण सुख-सयल, धन-सम्पत्ति र शक्ति छ—तर तपाईंलाई प्रेम गर्ने, तपाईंको दुःखी मनमा मलम लगाउने, वा तपाईंको सफलतामा खुसी हुने कोही छैन भने त्यो जीवनको के अर्थ?

त्यस्तो प्रेमविहीन जीवन एउटा निष्ठुरी मरुभूमि जस्तै हो, जहाँ सबैथोक भएर पनि केही नभए जस्तै हुन्छ। मानिसलाई बचाएर राख्ने, हरेक बिहान उठ्ने साहस दिने र जीवनलाई साँच्चै जिउनयोग्य बनाउने एउटै मात्र उज्यालो तत्व भनेकै प्रेम हो।

17/08/2026

An ordinary train station... with a dark wartime past and a highly restricted hidden track. What rolls through here at midnight isn’t for passengers. 🤫 Watch till the end to find out! 👇
एउटा साधारण स्टेशन... जहाँ एउटा यस्तो 'प्रतिबन्धित ट्र्याक' छ, जसको रहस्य सुन्दा तपाईँको होस उड्नेछ। यहाँ मध्यरातमा गुड्ने रेल यात्रुहरूका लागि होइन! पूरा हेर्नुहोस्। 🔥
一見、どこにでもあるの駅。でも、深夜にだけ動く「立入禁止の線路」の先には、教科書には載っていない巨大な秘密が隠されていました…👀

17/08/2026

An ordinary train station... with a dark wartime past and a highly restricted hidden track. What rolls through here at midnight isn’t for passengers. 🤫 Watch till the end to find out! 👇
एउटा साधारण स्टेशन... जहाँ एउटा यस्तो ट्र्याक छ। यहाँ मध्यरातमा गुड्ने रेल यात्रुहरूका लागि होइन! पूरा हेर्नुहोस्। 🔥
一見、どこにでもあるの駅。でも、深夜にだけ動く「立入禁止の線路」の先には、教科書には載っていない巨大な秘密が隠されていました…👀

सारै चित्त बुझ्यो 😊 एक पटक पढौ 😊अबको १०/२० वर्षमा एउटा पुस्ताले यो संसार छाड्ने छ, जो ज्येष्ठ नागरिक हुन्, जसको उमेर अहि...
17/08/2026

सारै चित्त बुझ्यो 😊 एक पटक पढौ 😊
अबको १०/२० वर्षमा एउटा पुस्ताले यो संसार छाड्ने छ, जो ज्येष्ठ नागरिक हुन्, जसको उमेर अहिले ६०-७० वर्षको हाराहारीमा छ ।

यस पुस्ताका मानिसहरु बिल्कुलै फरक छन्...

जो राति चाँडै सुत्छन्, बिहान सबेरै उठ्छन्, बिहानै बाहिर निस्किन्छन् ।
आँगन र बोटबिरुवामा पानी हाल्ने, देवताको पुजाका लागि फूल टिप्ने, पुजा गर्ने, दिनहुँ मन्दिर जान्छन् ।

बाटोमा भेट्नेसँग कुरा गर्ने, सुख-दुःख सोध्ने ,घर परिवार सोध्ने, तिमि फलानाको छोरा छोरि नाति हैन भन्ने , नाता केलाउने हात जोडेर नतमस्तक हुनेहरू पूजा नगरी खाना नखाने ।।

उहाहरुको अनौठो संसार...
दसैँ तिहार, अतिथि शिष्टाचार, अन्न बालिको चिन्ता , तीर्थयात्रा, धर्म को वरिपरि घुम्ने।

पुरानो फोनमा मोहित, फोन नम्बरहरु डायरीमा राख्ने, रङ नम्बर आउदा पनि कुरा गर्ने, पत्रीका दिनभरमा दुइ तिन पटक पढ्ने , रेडियोमा समाचार सुन्ने ।।

एकादशी औसि , पुर्णिामा सधै याद गर्ने , भगवानमा दृढ आस्था, समाजको डर, पुरानो चप्पल,टोपि चस्मा कलम सधै साथमा हुने ।।

गर्मीमा अचार, सिन्कि बनाउने, घरमा पकाएको मसला प्रयोग गर्ने र सधैँ बारीकै सागसब्जी खोज्ने आफनै बारीमा काँक्रा, फर्सी, धनिया, मेथि, टमाटर, लाउने ।

ज्वोरो टाउको दुखेको पेट दुखेको फुकेर सन्च पारिदिने ।।

हजुरहरुलाइ थाहा छ यी सबै मानिसहरु बिस्तारै हामीलाइ छोडेर जादैछन् ।
तपाईको घरमा यस्तो कोहि ब्यक्ति हुनुहुन्छ ?
यदि हुनुहुन्छ भने उहाहरुलाइ सम्मान साथ राख्नुस असल व्यबहार गर्नुस , सायद उहा हरुको कुरा हामिलाइ मन पर्दैन होला ठुलो बोल्नुहुन्छ होला झर्किनुहुन्छ होला तेहि पनि उहाबाट केहि लिनुस ।।
अन्यथा, एउटा महत्त्वपूर्ण पाठ उहाहरूसँग जान्छ ... त्यो हो, सन्तुष्ट जीवन, एक सरल जीवन, एक प्रेरणादायी जीवन, एक मिसावट र बनावट रहित जीवन, धर्म को मार्ग पछ्याउने जीवन र सबैको ख्याल गर्ने एक आत्मीय जीवन। ।

तपाईंको परिवारमा जो कोही जेठो छ, उनीहरूलाई सम्मान र आफ्नो सम्बन्ध, समय र माया दिनुहोस्, र सम्भव भएमा उनीहरूको पाइला पछ्याउने प्रयास गर्नुहोस्।

यो मानव इतिहासको अन्तिम पुस्ता हो, जसले आफ्ना ठूलाको कुरा सुने र अहिले आफ्ना सानाको कुरा सुनिरहेका छन्, यिनीहरू जेष्ठ नागरिक हुन् हाम्रा माता पिता हुन हाम्रो सस्कार हुन।

14/08/2026

Historical background of tanabata in Fussa

05/08/2026

नमस्कार सबैमा🙏
आशा छ सबै आरामै हुनुहुन्छ।
मेरो अध्ययन ("Social Capital and Natural Disasters in Nepal") को लागि एउटा सानो Pilot Survey तयार पारिएको छ। इलाम जिल्लाका घरधुरीहरूमा आधारित यो अध्ययनको प्रश्नहरू कत्तिको स्पष्ट र उपयुक्त छन् भनेर जाँच्न (Pilot Test गर्न) मलाई तपाईंको सानो सहयोग चाहिएको छ।
यो प्रश्नावली भर्न लगभग १५-२० मिनेट मात्र लाग्नेछ। तपाईंको अमूल्य प्रतिक्रिया (Feedback) ले मेरो मूल सर्वेक्षणलाई अझ राम्रो बनाउन ठूलो मद्दत पुर्याउनेछ।
👉 https://conjointly.online/study/664734/ty5z0dwgaiedyauizlcr
कृपया फारम भरेर प्रश्नहरू बुझ्न कत्तिको सजिलो वा अप्ठ्यारो भयो, कमेन्ट वा मेसेजमा बताइदिनुहोला है। समय र सहयोगको लागि धेरै धेरै धन्यवाद! 💐

Survey

जापानको “Nagasaki” को अविस्मरणीय यात्रा! 🇯🇵✨इतिहास, प्राकृतिक सौन्दर्य र जापानी संस्कृतिको अद्भुत सङ्गम रहेको नागासाकी (...
27/07/2026

जापानको “Nagasaki” को अविस्मरणीय यात्रा! 🇯🇵✨
इतिहास, प्राकृतिक सौन्दर्य र जापानी संस्कृतिको अद्भुत सङ्गम रहेको नागासाकी (Nagasaki) क्षेत्रको भ्रमणका केही खास पलहरू 📸👇
🌋 Mt. Unzen Volcanic Area UNESCO Global Geopark & Gamadas Dome
सन् १९९०-१९९५ को ज्वालामुखी विस्फोटको ऐतिहासिक दस्तावेज र अवशेषहरू। तातो हावाले पग्लिएका कोका-कोलाका बोतलहरू, खरानी र हिलोमा पुरिएका सवारी साधनहरू तथा घरहरू प्रत्यक्ष देख्दा प्रकृतिको शक्ति र त्यसपछिको पुनर्निर्माणको अद्भुत नमुना महसुस भयो।
🏯 Shimabara Castle (शिमाबारा दरबार)
ऐतिहासिक ५-तल्ले सेतो दरबारको अवलोकन! यहाँ प्राचीन सामूराई पोशाक (Kabuto टोप र Jinbaori ज्याकेट) पहिरिएर सामूराई अवतारको मज्जा लिइयो। दरबारको माथिल्लो तल्लाबाट देखिने शिमाबारा सहर र पोखरीको दृश्य साँच्चै लोभलाग्दो थियो।
🌊 Mizunashi Base Park & Scenic Coastline
ज्वालामुखीको लेदो (Debris flow) ले पुरिएका घरहरूलाई सुरक्षित राखिएको पार्क र अ्रियाके समुन्द्र (Ariake Sea) को मनमोहक दृश्यसँगै बिताएका केही सुन्दर क्षणहरू।
जापानको इतिहास र प्रकृतिलाई नजिकबाट बुझ्ने उत्कृष्ट अवसर! 💙🌸

विवशताका आँधीले उड्ने पखेटा काटिदियो,बाँच्ने एउटै अभिलाषा खुट्टाको जन्जिर बनियो।तर भुइँको यो अँध्यारोले मेरो साहसलाई रोक...
10/07/2026

विवशताका आँधीले उड्ने पखेटा काटिदियो,
बाँच्ने एउटै अभिलाषा खुट्टाको जन्जिर बनियो।
तर भुइँको यो अँध्यारोले मेरो साहसलाई रोक्ने छैन,
परिस्थितिको यो दासताले मलाई सदा बाँध्ने छैन।
तोडेर सारा बन्धनहरू, आफ्नै गन्तव्य रोज्नेछु,
बाचा भयो आफैँसँग, कुनै न कुनै दिन म अवश्य जानेछु।

Address

Ilam

573

Alerts

Be the first to know and let us send you an email when Yadab Raut posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Yadab Raut:

Shortcuts

  • Want your business to be the top-listed gym/sports facility?

Share