03/06/2026
इलाम जिल्ला अन्तर विद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा स्वर्णिम मोडल एकेडेमी विद्यालयले पहिलो पटक माई नगरपालिका बाट सहभागिता जनाउँदै प्रतियोगिताको फाइनलसम्म पुगेर उपविजेता (दोस्रो) स्थान हासिल गर्न सफल भएकोमा विद्यालय परिवारलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।यस उपलब्धिका लागि मेहनत, समर्पण र उत्कृष्ट खेल प्रदर्शन गर्ने सम्पूर्ण खेलाडीहरू, प्रशिक्षकहरू, शिक्षकहरू तथा विद्यालय व्यवस्थापनप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। पहिलो सहभागितामै यस्तो गौरवपूर्ण सफलता हासिल गर्नु सम्पूर्ण विद्यालय परिवारका लागि गर्वको विषय हो।आगामी दिनहरूमा पनि स्वर्णिम मोडल एकेडेमीले खेलकुद, शिक्षा तथा अन्य सिर्जनात्मक गतिविधिहरूलाई निरन्तर प्रोत्साहन दिँदै विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने कार्यलाई अझ सशक्त रूपमा अगाडि बढाओस् भन्ने शुभकामना व्यक्त गर्दछु। साथै, युवा खेलाडीहरूलाई निरन्तर उत्साह, प्रेरणा र अवसर प्रदान गर्दै विद्यालय अझ उन्नति र प्रगतिको बाटोमा अघि बढोस् भन्ने कामना गर्दछु।
सम्पूर्ण स्वर्णिम मोडल एकेडेमी परिवार तथा खेलाडी भाइबहिनीहरूलाई पुनः हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना! 🎉🏆🏏👏