Cricket Association of Dang

Cricket Association of Dang This page is all about Dangali Cricket.

02/06/2026
❤️
31/05/2026

❤️

क्रिकेटको चमकधमक आज केन्द्रका रंगशाला र ठूला प्रतियोगितामा देखिन्छ। तर क्रिकेटको वास्तविक कथा भने यस्ता दृश्यहरूले सुनाउँछन्।

तस्बिरमा देखिनुहुने व्यक्ति नेपाल क्रिकेट संघ (CAN) का केन्द्रीय सदस्य तथा दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाँ हुनुहुन्छ। हिजो सम्पन्न दाङ यू–१३ क्रिकेट च्याम्पियनसिपमा उहाँ स्वयं मैदानमा पिचमा पेन्ट लगाउँदै, व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै खटिनुभएको दृश्यले क्रिकेटप्रतिको उहाँको समर्पण झल्काउँछ।

एक समय थियो, जब प्रदीप मजगैयाँ र उहाँको टोलीले आफ्नै पहलमा पिच बनाउने, म्याट आफैं ठोक्ने र सीमित स्रोतसाधनबीच दाङमा क्रिकेटलाई जोगाएर अघि बढाउने काम गर्थे। आज उहाँ जिल्ला र केन्द्र दुवै तहमा नेतृत्वको भूमिकामा पुग्नुभएको छ।

उहाँहरूको निरन्तर मेहनतकै परिणामस्वरूप दाङमा अहिले ३ वटा खेल्नयोग्य क्रिकेट मैदान र ११ वटा टर्फ पिच निर्माण भएका छन्। तर नियमित मर्मत, पिच क्युरेटर, उपकरण व्यवस्थापन तथा आवश्यक प्राविधिक जनशक्तिको अभाव भने अझै यथावत् छ।

विड'म्बना के छ भने, “ग्रासरुट डेभलपमेन्ट” का ठूला भाषण धेरै सुनिन्छन्, तर मैदानमा संघर्ष गरिरहेका जिल्लाहरूको आवश्यकता अझै पनि प्राथमिकतामा पर्दैन। आवश्यकता, सम्भावना र उपलब्धिका आधारमा होइन, पहुँच र सम्बन्धका आधारमा स्रोत र बजेट बाँडिने प्रवृत्ति कायम रहँदासम्म दाङजस्ता जिल्लाहरूले अपेक्षित गति लिन सक्दैनन्।

क्रिकेटको भविष्य केवल केन्द्रका रंगशालामा लगानी गर्दैमा बन्दैन। भविष्य तब बन्छ, जब ग्रासरुटका मैदान, पिच, उपकरण र खेलाडी उत्पादन गर्ने आधारभूत संरचनामा लगानी गरिन्छ।

किनभने केन्द्रको चमक जति आकर्षक देखिए पनि, नेपाली क्रिकेटको वास्तविक आधार अझै पनि यस्तै धुलाम्मे मैदान र निस्वार्थ रूपमा खटिरहेका पात्रहरूको काँधमा अडिएको छ। ❤️🏏

31/05/2026
हार्दीक बधाई ! दाङ यू–१३ क्रिकेट च्याम्पियनसिप २०८३ को उपाधि पुरनधाराले जितेको छ! फाइनलमा लमहीलाई ७२ रनको  अन्तरले पराजि...
30/05/2026

हार्दीक बधाई !
दाङ यू–१३ क्रिकेट च्याम्पियनसिप २०८३ को उपाधि पुरनधाराले जितेको छ! फाइनलमा लमहीलाई ७२ रनको अन्तरले पराजित गर्दै पुरनधाराले च्याम्पियनसिप ट्रफी आफ्नो नाम गरेको हो।

ङ यू–१३ क्रिकेट च्याम्पियनसिप अन्तर्गत 5th  खेल पूरनधारा र तुलसीपुर बिच भएको खेलमा पूरनधारा 5 विकेटले विजयी हुँदै फाइनल ...
30/05/2026

ङ यू–१३ क्रिकेट च्याम्पियनसिप अन्तर्गत 5th खेल पूरनधारा र तुलसीपुर बिच भएको खेलमा पूरनधारा 5 विकेटले विजयी हुँदै फाइनल प्रबेश गरेको छ ! #

दाङ क्रिकेट संघको आयोजनामा जारी दाङ यू–१३ क्रिकेट च्याम्पियनसिप अन्तर्गत सम्पन्न आज को दोश्रो खेल!
28/05/2026

दाङ क्रिकेट संघको आयोजनामा जारी दाङ यू–१३ क्रिकेट च्याम्पियनसिप अन्तर्गत सम्पन्न आज को दोश्रो खेल!

Address

Ghorahi Sub Metro-Politian City/17, Gulariya, Dang
Ghorahi
22400

Opening Hours

Monday 08:00 - 17:00
Tuesday 08:00 - 17:00
Wednesday 08:00 - 17:00
Thursday 08:00 - 17:00
Friday 08:00 - 17:00
Saturday 10:00 - 05:00
Sunday 08:00 - 17:00

Telephone

+9779803007881

Alerts

Be the first to know and let us send you an email when Cricket Association of Dang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Cricket Association of Dang:

Share