Nepal Cricket.com

Nepal Cricket.com This page is officaly designed for cricket lovers...so like it have a fast score update and fixtures.

10/10/2025
And now, a moment which no RCB fan will never ever forget. The IPL trophy is handed over to the Royal Challengers Bengal...
03/06/2025

And now, a moment which no RCB fan will never ever forget. The IPL trophy is handed over to the Royal Challengers Bengaluru and the pop goes the confetti! The Women did it in the WPL in 2024 and the Men have followed suit in 2025. This win will be talked about for ages, because patience has finally borne fruit. They have got a team which has been pretty consistent in all departments not only this year, but for the last 3-4 years now and with the first title under the belt, maybe, it is now time to give the likes of Chennai Super Kings and Mumbai Indians a run for their money, in terms of consistency. Punjab Kings have a bitter pill to swallow, but you never lose - you either win or you learn. They will take inspiration from RCB and come back stronger and more determined in 2026, to try and cross that one final step. And on that note, we end our coverage of the 2025 Indian Premier League as well. An extended season, but we enjoyed it nevertheless. We thank you for your company and hope that you enjoyed as well. IPL is done but cricket is not. Because international cricket is already ready to open up its wings with England and West Indies involved in a tussle for now, in the UK. But later in June, the main game starts with the World Test Championship final between South Africa and Australia and later, which every Indian is eager to see - the future of Indian cricket as India's tour of England will start off. You can catch all the action right here, by just switching the tabs. Until next time then, ADIOS! TAKE CARE!

04/04/2025

Australia Success Secret!!!

आइपीएलको १८ औं संस्करण आजबाट सुरुक्रिकेटको उत्सवचैत ९, २०८१ शनिबार आइपीएलको १८ औं संस्करण आजबाट ! १८ औं संस्करणको इन्डिय...
22/03/2025

आइपीएलको १८ औं संस्करण आजबाट सुरु
क्रिकेटको उत्सव

चैत ९, २०८१ शनिबार

आइपीएलको १८ औं संस्करण आजबाट !
१८ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) शनिवारबाट सुरु हुँदै छ। यसमा १० वटा टिमले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको उद्घाटन खेल कोलकातास्थित इडन गार्डेनमा हुनेछ।

उद्घाटन खेलमा कोलकाता नाइट राइडर्स(केकेआर) र रोयल च्यालेन्जर्स बैंगलुरु(आरसीबी) ले खेल्नेछन्। कोलकाताले घरेलु मैदानमा आफ्नो समर्थकमाझ सुखद् सुरुवात गर्न चाहन्छ। आइपीएलमा विराट कोहलीको टिमको नामले प्रसिद्धि जमाएको आरसीबी पनि नतिजा आफ्नो पक्षमा पार्ने लक्ष्यमा हुनेछ।

यस प्रतियोगितामा जम्मा ७४ वटा खेल हुनेछन्। यो पालीको आइपीएल भारतका २३ वटा राज्यका ५० वटा सहरमा हुनेछ। यो संस्करणको आइपीएल १० हप्ता लामो हुनेछ। आइपीएल पहिलोपटक काकीनाडा(आन्ध्र प्रदेश), दीमापुर(नागाल्यान्ड), कराइकल(पुडुचेरी), मानभूम पुरुलिया (पश्चिम बंगाल), रोहतक र तिनसुकियामा पनि खेल हुनेछ।

नयाँ प्रयोगको रूपमा भारतको हरेक कुनामा क्रिकेटलाई पुर्याउन आइपीएल टिमले यो कार्य गरेको हो। भारतमा आइपीएल एक उत्सवको रूपमा हेरिन्छ। यसले छिमेकमा रहेको नेपालमा पनि क्रिकेट समर्थकहरूको मन जितेको छ।

यस संस्करणका केही नयाँ विषयहरू

२०२५ को आइपीएल संस्करण नयाँ छ। सुरुमा त टिममा भएको खेलाडी परिवर्तनको कुरा गरौं। २०२५ मा पाँच वटा टिममा नयाँ कप्तान छन्। पछिल्लो सिजन केकेआरलाई उपाधी दिलाएका कप्तान श्रेयस अय्यर यस पटक पञ्जाब किङ्ग(पीके)को कप्तान छन्। उनको ठाउँमा अजिङ्क्य राहाणेले केकेआरको कप्तानी गर्नेछन्।

दिल्ली क्यापिटल्सले अक्सन अगाडि नै रिसभ पन्तलाई रिलिज गर्दा एक तरङ्ग आएको थियो। हाल उनी लखनउ सुपर जायन्ट्स(एलएसजी)को कप्तान छन्। अब दिल्लीको कप्तानी अक्षर पटेलले गर्नेछन्। आरसीबीको कप्तानी हालसम्म भारतीय टिममा डेब्यु समेत नगरेका रजत पटिदारले गर्नेछन् ।

मुम्बई इन्डियन्सको स्थायी कप्तान हार्दिक पाण्ड्याले चेन्नाई सुपर किङ्स(सीएसके)सँगको पहिलो खेल गुमाउनेछन्। जसमा मुम्बईको कप्तानी सुर्य कुमार यादवले गर्नेछन्।

राजस्थान रोयल्सको कप्तानी सन्जु सामसनको जिम्मामा हुनेछ। तर पहिलो ३ खेलमा भने उनको स्थानमा कप्तान रियान परागले गर्नेछन्।

केही ठूला नामहरु एक टिम छोडी अन्य टिममा गएका छन्। जस्तै, केएल राहुल दिल्ली क्यापिटल्समा छन्। युजवेन्द्र चहल पञ्जाबमा गएका छन्। मोहम्मद सिराज गुजरातको टिममा पुगेका छन्।

फर्म्याटमा परिवर्तन हुने छैन

यस पटकको आयपीएल पनि गत सिजनको जस्तै २ समुहमा विभाजन गरेर खेलाइनेछ।

समुह एः चेन्नाई सुपर किङ्स, कोलकाता नाइट राइडर्स(केकेआर), रोयल च्यालेन्जर्स बैंगलुरु(आरसीबी), राजस्थान रोयल्स र पञ्जाब किङ्स(पीबीकेएस)

समुह बीः मुम्बई इन्डियन्स(एमआई), सनराइर्जस हैदरबाद, गुजरात टाइटन्स्, दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट

हरेक टिमले समुहका टिमसँग २–२ खेल खेल्नेछन्। प्रत्येक टिमले लिग चरणमा १४ खेल खेलिसकेपछि शिर्ष ४ टिमले प्लेअफ खेल्नेछन्। खेलमा टिमले होम एण्ड अवे खेल खेल्नेछन्।

खेल समय

साँझका खेलहरु ७:४५ (नेपाली समयअनुसार) हुनेछ भने डबल हेडर भएको खेलमा पहिलो खेल ३:४५(नेपाली समयअनुसार)मा हुनेछ। खेलमा १२ वटा डबल हेडर खेलहरु रहेका छन्।

केही नयाँ र केही छुटेको

यस पटकको आइपीएपलमा एउटा नयाँ नियम थपिएको छ। जसमा दोस्रो इनिङ्समा फिल्डिङ गर्ने टिमले १० ओभरपछि एउटा बल परिवर्तन गर्न पाउनेछ। अर्को भनेको यदि बलरले चाहेको खण्डमा बल चम्बाउन थुकको प्रयोग गर्न पाउनेछ। यो अघिल्लो सिजनमा प्रतिबन्धित नियम थियो। तर यो पटक भने यसलाई आइपीएल टिमले फुकुवा गरेको छ।

अहिले अफ साइड र हाइ हेड वाइड नो बललाई हेर्न ह्वाक आई प्रविधि प्रयोग गरिनेछ।

आइपीएलका केही सुरुवाती खेलमा जसप्रित बुमराह मैदान बाहिर हुनेछन्। ढाडको चोटको रिकभरी गरिरहेका बुमराहले च्याम्पियन्स ट्रफीमा पनि भारतको टिमबाट बाहिर रहेका थिए। उनी पछि भने टिममा फर्किने सम्भावना रहेको मुम्बई टिमले जानकारी दिएको छ।

प्रत्येक टिमका घरेलु मैदानहरू

चेन्नाई सुपर किंग्सः एम. ए. चिदम्बरम स्टेडियम, चेन्नाई

दिल्ली क्यापिटल्सः अरुण जेटली स्टेडियम, दिल्ली

गुजरात टाइटन्सः नरेन्द्र मोदी स्टेडियम, अहमदाबाद

रोयल च्यालेन्जर्स बेंगलुरुः एम. चिन्नास्वामी स्टेडियम, बैंगलुरु

कोलकता नाइट राइडर्सः इडेन गार्डेन, कोलकाता

लखनउ सुपर जायन्ट्सः बी.आर.एस.ए.बी.भी एकाना स्टेडियम, लखनउ

मुम्बई इन्डियन्सः वाङ्खेडे स्टेडियम, मुम्बई

पञ्जाब किंग्सः महाराजा यादविन्द्र सिंह इन्टरनेसनल स्टेडियम, पञ्जाब

राजस्थान रोयल्सः सवाई मान सिंह स्टेडियम, जयपुर

सनराइजर्स हैदराबादः राजीव गान्धी इन्टरनेशनल स्टेडियम, हैदराबाद

न्युट्रल भेन्यु

डा. वाई.एस राजशेखर रेड्डी ए.सी.ए – भि.डी.सी.ए. क्रिकेट स्टेडियम, विशाखापट्टनम

बर्सापारा क्रिकेट स्टेडियम, गुवाहाटी

एच.पी.सी.ए स्टेडियम, धर्मशाला, हिमाञ्चल प्रदेश

पुरस्कार

विजेताः २.३२ मिलियन डलर

उपविजेताः १.५ मिलियन डलर

तेस्रो स्थानः ८,१०,८०० डलर

चौथो स्थानः ७,५२,८९४ डलर

SPR Vs JB SPR=184/9 Target 185 ,who will win??
21/12/2024

SPR Vs JB
SPR=184/9
Target 185 ,who will win??

Points Table..
02/12/2024

Points Table..

Karnali yalk Vs janakpur Bolts...Janakpur won by 8 wickets..
02/12/2024

Karnali yalk Vs janakpur Bolts...
Janakpur won by 8 wickets..

02/12/2024

KARNALI YAKS VS JANAKPUR BOLTS| NEPAL PREMIER LEAGUE 2024| NPL 2024 | LIVE SCORE AND COMMENTARY ...

Address

Madhesh
Gaur
44500

Telephone

+9779810286408

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Cricket.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Cricket.com:

Share

Category